के हुनसक्छ पूर्वराजा शाह र योगी आदित्यनाथ भेटको अर्थ ?

मणि दाहाल प्रकाशित: २०७४-९-२५ गते | 1856 पटक हेरिएको
के हुनसक्छ पूर्वराजा शाह र योगी आदित्यनाथ भेटको अर्थ ?

पूर्व राजा ज्ञानेन्द्र शाहले सोमबार भारतको उत्तरप्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् । पश्चिम नेपालका तराईका जिल्ला भ्रमणमा गएका शाह सडकमार्गबाट लखनउ पुगेर आदित्यानाथलाई भेटेका हुन् । आदित्यानाथले ट्विट गर्दै पूर्वराजा शाहसँग सोमबार बिहान सरकारी निवासमा भेट भएको र उनलाई अंगबस्त्र र कुम्भको लोगो प्रदान गरेको बताएका छन् ।

मुख्यमन्त्री हुनुअघि योगी आदित्यनाथ पटकपटक नेपाल आएर हिन्दु र हिन्दु राजाका पक्षमा आफ्नो धारणा राख्दै आएका थिए । योगी आदित्यनाथको दरबार र नेपाली हिन्दुवादी शक्तिसँग लामो समयदेखि सम्पर्क रहँदै आएको थियो । नेपालको सीमा जोडिएको गोखरपुरस्थित गोखरनाथ मन्दिरका महन्त हुन् । गोखरानाथलाई नेपाली राजाको कुल देवताका रूपमा लिइन्छ ।

चैतमा उत्तर प्रदेशका हिन्दु राष्ट्रवादी दल भारतीय जनता पार्टीले उत्तरप्रदेश राज्यमा जितपछि सो पार्टीभित्र पनि कट्टरपन्थी धारका योगीलाई मुख्यमन्त्री बनाएको थियो । भारत, गोरखपुरस्थित गोरखनाथ मन्दिरका महन्त रहेका योगी आदित्यनाथले नेतृत्व गरिसकेको ‘अखिल भारत वर्षिय बारपन्त योगी महासभा’मा नेपालका धेरै योगी सदस्य छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बलियो सम्बन्ध भएका योगी आदित्यनाथ नेपालमै आएर हाकाहाकी राजतन्त्र फर्काउन आह्वान गर्ने कट्टर हिन्दुवादी तथा राजावादी नेता हुन् । करिब साढे तीन वर्षअघि भारतीय जनता पार्टी र भारतका हिन्दुवादी नेताको योजनामा आदित्यनाथले नेपालका हिन्दुवादी तथा दरबारीयालाई विराट हिन्दु महासम्मेलन आयोजना गर्न लगाएका थिए ।

पछिल्लो समय गत वर्षको कात्तिकमा काठमाडौं बनकालीमा आयोजित एक समारोहमा उपस्थित उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उत्साहित हुनेगरी अभिव्यक्ति दिएका थिए । समारोहमै आदित्यनाथले ‘हाम्रो मिसन हिन्दु राजा, हिन्दु प्रजा’ भनिदिएपछि ज्ञानेन्द्रलेसमेत पुनः राजा हुने आकांक्षा प्रकट गरेका थिए ।

आदित्यनाथ महन्त रहेको गोरखपुरको गोरखनाथ मन्दिरसँग नेपालका चन्दननाथ (जुम्ला), शिद्ध रत्ननाथ (दाङ), थापाथली मन्दिर, मृगस्थलीको नाथ अखडासँग पुरानो सांस्कृतिक सम्बन्ध छ । यी मठमन्दिरमा कान चिरेर कुण्डल लगाउने ‘कनफट्टा जोगी’ महन्त हुन्छन् । नेपालसँग राजनीतिक तथा सांस्कृतिक सम्बन्ध रहेको योगी आदित्यनाथ र पूर्व राजाको भेटलाई विभन्नि दृष्टिकोणले चासोका साथ हेरिएको छ ।

परराष्ट्र मामिलाका विज्ञ रहेका सांसद दीपकप्रकाश भट्ट दीर्घकालीन उद्देश्य हुनसक्ने बताउँछन् । ‘पूर्व राजाले अहिले नभए पनि १०– १५ वर्षपछि पुनस्र्थापित गराउन सकिन्छ कि भनेर सहयोग पनि खोजेका हुनसक्छन्,’ भट्टले भने, ‘तर यो सफल हुँदैन । नेपालको राजनीति अस्थिर रहेको समयमा हिन्दुवादी राजनीतिलाई विस्तार गर्ने विभिन्न प्रयास भए पनि सफल हुनसकेको छैन ।’

भारतका विभिन्न हिन्दुवादी संगठन बरगंज दल, राष्ट्रिय स्वयमसेवक संघ, विश्व हिन्दु महासंघसहित कट्टरपन्थी हिन्दुवादी संगठनको माध्यमबाट राजनीति गर्न यसअघि प्रयास भएका थिए । भारतलाई हिन्दु राष्ट्र बनाउने अभियानमा रहेको राष्ट्रिय स्वयं सेवक संघको राजनीतिक मोर्चा भारतीय जनता पार्टी (भाजपा)का केन्द्रमा शासन रहेको छ ।

भारतमा हिन्दुवादी संगठनको मुख्य उद्देश्य सके भारतलाई हिन्दु राष्ट्र बनाउने नसके अर्को कुनै स्थानमा हिन्दु बनाउने रहँदै आएको छ । ‘भारत र नेपाली समाज निकै फरक छ । भारतमा हिन्दु मुस्लिमबीचको विभाजन शताब्दीऔं पूरानो हो । १३ औं शताब्दी यता एकले सकेको समयमा अर्कोलाई जबरजस्ती धर्म परिवर्तन गराउने कामले गर्दा विभाजन लामो समयदेखि चल्यो,’ भट्टले भने ।

भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले भने स्वतन्त्र व्यक्ति र पदमा रहेको व्यक्तिको भूमिका फरक हुने बताए । ‘यो पुरानो सम्बन्धका कारण शिष्टचार भेट हुनसक्छ । भारतीय संविधानले बाँधिएका व्यक्तिले स्वतन्त्र हुँदा जस्तो भूमिका हुँदैन ।

सरकारकै धारणाको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ,’ उपाध्यायले भने, ‘सांसदका रूपमा उनले हिन्दु राष्ट्र र हिन्दु राष्ट्रको बारेमा धारणा राखे पनि अहिले खेल्ने भूमिका त्यस्तो नहुन सक्छ ।’

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

शिक्षामन्त्रीले मुख नखाेलेपछि नेकपाकै विद्यार्थी संगठन अाेर्लिए, मन्त्री बचाउँ भन्दै पुगे अाेली कहाँ

डा.केसीका यी कमाण्डरले मागे कानुनमन्त्रीको राजीनामा, अाेली पर्ने भए फेरि सर्वाेच्चकाे झमेलामा

सांसद नविना लामा डा. केसीकाे पक्षमा बाेल्दै अाेलीलार्इ यसरी थर्काइन्, बालुवाटारमा खैलाबैला !!!

राजपाकाे साथ पाएपछि जहाँ नेकपाकाे पकड छैन् त्यहाँ गएर कांग्रेसले गर्दैछ अाेली विरुद्ध यस्ताे खतरनाक तयारी

जागिरको लाेभमा पर्दा दुई युवती भइन् बलात्कारकाे शिकार, युवा पक्राउ अधबैसेँ फरार

महिला अधिकारकर्मीहरुले झपारेपछि कानुनमन्त्री तामाङले ३ कराेड जनतासँग यसरी मागे माफी

‘चिकित्सक केसीको अनशन : स्वास्थ्यको मौलिक हकको उल्लङ्घन’

कानून मन्त्री तामाङ भन्छन्: बंगलादेशमा अध्ययनरत्त नेपाली चेली आफ्नो शरीर बेचेर प्रमाणपत्र लिन्छन् !

काठमाण्डौ । संघिय सरकारका कानून मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा अध्यनरतरत्त नेपाली चेलीहरु आफ्नो शरीर बेचेर एमबीबीएसको प्रमाणपत्र लिने गरेको बताएका छन् । राजधानीको एक..

डा. गोबिन्द केसीमाथि प्रधानमन्त्री ओलीले लगाए यस्तो संगिन आरोप, अब के गर्लान केसी?

काठमाडौँ। २१ दिनदेखि आमरण अनशनरमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलार्इ प्रधानमन्त्री केपी अाेलीले  भारतकाे इसारमा अनशन बसेकाे अारेाप लगएका छन्। प्रम अाेलीले&nbs..

पार्टी छाेडेपछि सभामुख महराले पहिलाे पटक अाेलीलार्इ साथ दिदैँ गरे सदनमा यस्ताे निर्णय!!!

काठमाडाैँ । चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछिकाे लागि सारिएकाे छ। सभामुख कृष्ण बहादुर महराले एक..


‘नेपालमा कम्युनिष्ट शासन होइन, पक्षपाती शासनको सुरु भयो’
‘नेपालमा कम्युनिष्ट शासन होइन, पक्षपाती शासनको सुरु भयो’

- रामचन्द्र पाैडेल जिल्ला सभापतिहरुको भेलाले अन्यौलता र निराशामा रहेका देशभरका कार्यकर्ताहरुलाई एकहदसम्म आश्वस्त पार्ने काम गरेको छ । सभापतिहरुले आफ्ना कुराहरु निर्धक्क राख..

राष्ट्रपति र प्रधानमन्त्री ज्यू ! मदन भण्डारीका हत्यारा पत्ता लगाउन किन डराउनुभएको ?
राष्ट्रपति र प्रधानमन्त्री ज्यू ! मदन भण्डारीका हत्यारा पत्ता लगाउन किन डराउनुभएको ?

बाबु नेपाली काठमाडौं । बहुदल आइसकेपछि एकाएक सर्वसाधारणको समीपमा रहेर नेकपा मालेका पूर्व महासचिव मदन भण्डारीले भाषण गर्दा यस्तो लाग्थ्यो कि नेपालमात्र होइन विश्वलाई नै समृद्..

ओलीको ईच्छा, मोदीको दिक्षा
ओलीको ईच्छा, मोदीको दिक्षा

दुई दिने राजकिय भ्रमणको सिलसिलामा भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदी नेपालमा छन । सन २०१४ मा प्रधानमन्त्रिमा निर्वाचित भए यता भारतिय प्रधानमन्त्रि मोदिको यो तेश्रो नेपाल भ्रमण..

प्रधानमन्त्रीद्वय ओली र मोदीलाई भुटानी मानवाधिकारवादी रिजालको यस्तो खुल्ला पत्र
प्रधानमन्त्रीद्वय ओली र मोदीलाई भुटानी मानवाधिकारवादी रिजालको यस्तो खुल्ला पत्र

काठमाडौं ।  विगत ३० वर्षदेखि भुटानबाट लखेटिएका नेपाली मूलका भुटानीहरु तथा स्थानीय भूटानी आदिवासीहरुको निर्वासन, मानवअधिकार तथा भुटान फिर्ति अभियानका अभियन्ता रिजालले भारत..