आफै फस्ने देखेपछि सुन तस्करीको अनुसन्धान रोक्ने अाेलीको निर्णय, गृहमन्त्री रिसले क्रुद्ध

नेपाल पाना प्रकाशित: २०७५-३-१४ गते | 660786 पटक हेरिएको
आफै फस्ने देखेपछि सुन तस्करीको अनुसन्धान रोक्ने अाेलीको निर्णय, गृहमन्त्री रिसले क्रुद्ध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान रोक्ने तयारी थालेका छन्। तस्करीमा संलग्न भरियादेखि ठूल्ठूला व्यापारी पक्राउ परिसकेको अवस्थामा अब आफ्नै पार्टी सत्तारुढ नेकपाका ठूलै नेताहरु फस्न सक्ने संकेत पाएपछि ओलीले गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समिति विघटन गर्ने तयारी गरेको सिंहदरबारनिकट उच्च स्रोतले बतायो। यसअघि संसदमा समेत सुन तस्करी प्रकरणबारे सांसदहरुले ठूलो माछा कतै प्रधानमन्त्री ओली त होइन भनि प्रश्न उठाएका थिए। ओलीको पछिल्लो तयारीले सांसदहरुको शंकालाई बल पुर्याएको छ। 

यता प्रधानमन्त्रीको यो तयारीमा गृहमन्त्री रामबहादुर थापा बादलले विरोध जनाएका छन्। उनी अनुसन्धान किनारा लाएरै छाड्ने पक्षमा छन्। 

सनम शाक्य हत्या प्रकरणपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। समितिले अहिले अनुसन्धान गरिरहेको छ, केही हदसम्म सफलता पनि हात पारिसकेको छ। तर, अझै अनुसन्धान बाँकी रहेका बेला कम्युनिष्ट सरकारका प्रधानमन्त्री ओली भने समिति नै विघटन गरेर अनुसन्धान रोक्ने निष्कर्षमा पुगेका छन्।

यसअघि जेठमा समितिको म्याद थप्ने बेला पनि प्रधानमन्त्री ओलीले खासै रुचाएका थिएनन्। गृहमन्त्री थापाकै जोडबल र अडानका कारण मन्त्रिपरिषदले छानविन समितिको म्याद एक महिना थपेको थियो। 

अब समितिको म्याद नथप्ने र निष्क्रिय बनाउने तयारी प्रधानमन्त्री ओलीको रहेको स्रोतको दाबी छ। ‘ठूला नेताको पनि संलग्नता रहेको भन्ने रिपोर्ट समितिबाट प्राप्त भएपछि प्रधानमन्त्रीज्यूले अनुसन्धान रोक्ने मनस्थिती बनाउनुभएको छ। यसबारे गृहमन्त्रीसँग परामर्श भइरहेको छ’, स्रोत भन्छ– ‘तर गृहमन्त्रीज्यूले मान्नुभएको छैन। उहाँ अनुसन्धान पुरा हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ।’

सुन तस्करीको अनुसन्धान रोक्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले गृहमन्त्रीका हरेक सकारात्मक कदममा भाँजो हालेको खबरहरु पछिल्लो समय आइरहेका छन्। सिण्डिकेट हटाउन ज्यान फालेर लागेका कर्मचारीलाई कारवाही, यातायात व्यवसायीसँग मन्त्री रघुवीर महासेठमार्फत साँठगाँठ, ठेकेदार पक्राउ र गैरसरकारी संस्थामाथि कडाई गर्ने गृहमन्त्रीका निर्णय कार्यान्वयन नगर्न दबाब नदिनु लगायत कारणले प्रधानमन्त्री ओली जनता भन्दा पनि निश्चित समूहको लागि काम गरिरहेको प्रष्ट भएको छ। समृद्धि र विकासका लागि वाम गठबन्धनलाई भोट दिएका जनता ओली सरकारका पछिल्ला गतिविधिबाट निराश भएका छन्।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

श्रममन्त्री बिष्टले गरे सनसनी पूर्ण खुलासा, 'अब कतार जान एक रुपैयाँ पनि तिर्नु पर्दैन'

गृहमन्त्री थापाले सुन तस्करी बारे सुशासन समितिलार्इ दिएको जवाफ सरासर झुठ, प्रहरीले नै झुठको यसरी गरे पर्दाफास !

डा. केसीको एउटा माग पुरा नहुँदै फेरि उठाए यस्तो अर्को मुद्दा, के फेरि बस्लान अनसन?

नुवाकोट बस दुर्घटना अपडेट: ५७ घाइते, ८ जनाको अवस्था गम्भिर

बाढीले अनामनगर र बिजुली बजार प्रभावित

साउन २४ को एक निर्णयले नेकपामा ल्यायो यस्तो उथलपुथल, उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष सम्मले कुनै पद नपाउने

प्रचण्ड यसकारण उत्तर कोरियाको भ्रमण स्थागित गरेर जादैँछन भारत, खुल्याे भित्री रहस्य!

म अत्मसमर्पण गरेको होइन् भन्दै राज्यमन्त्री शर्माले गरे असई विकको हत्या बारे सनसनी पूर्ण खुलासा!

काठमाडौँ । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आफू फरार अपराधी नभएको दाबी गरेका छन् । सोमबार जिल्ला अदालत..

प्रकाण्डका छाेराले सर्वाेच्चकाे साथ पाएपछि अाेलीलार्इ दिए यस्ताे काउण्टर !

काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव नेतृत्व समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रवक्ता प्रकाण्डलाई ४८ घन्टाभित्र अ..

ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल

काठमाडौँ । पार्टी एकिकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई दुईवटा विषयले बेला–बेलामा झस्काइ रहेको हुन्छ । पहिलो घटना– एमाले&n..

यी सात राजनैतिक दलसँग मिलेर काँग्रेसले गर्यो ठुलो आन्दोलनको घोषणा, तनावमा परे ओली !

काठमाडौं । नेपाली कांग्रेससहित सात राजनीतिक दलले कर वृद्धिको विरोधमा चितवनमा आन्दोलन थालेका छन्। रत्ननगर नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले आइतब..


प्रचण्ड छोरी रेणुमाथि धावा बोल्ने तयारीमा अख्तियार, पद पर्‍यो धारापमा !
प्रचण्ड छोरी रेणुमाथि धावा बोल्ने तयारीमा अख्तियार, पद पर्‍यो धारापमा !

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको छोरी रेणु दहालमाथि अख्तियार दुरुपायोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने तयारी गरिरहको छ । स्थानीय निर्वाचनमा बिबादित रहेको&n..

बादललाई रक्षामन्त्री र पोखरेललाई गृहमन्त्री बनाउने यस्तो छ प्रधानमन्त्री ओलीको 'ग्रयाण्ड डिजाइन' !
बादललाई रक्षामन्त्री र पोखरेललाई गृहमन्त्री बनाउने यस्तो छ प्रधानमन्त्री ओलीको 'ग्रयाण्ड डिजाइन' !

काठमाडौँ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पूर्व एमालेबाट मन्त्री भएकाहरुको कामको गति र रवैया देखेर सन्तुष्टा छैनन् । स्रोतका अनुसार पूर्व माओवादीबाट मन्त्..

नेकपा फुटाउन नारायणकाजीले बनाए यस्ताे ठुलाे याेजना, अाेली र प्रचण्डकाे गयाे साताे !
नेकपा फुटाउन नारायणकाजीले बनाए यस्ताे ठुलाे याेजना, अाेली र प्रचण्डकाे गयाे साताे !

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएपछि उनी पार्टीमा नरहने याेजना बनाइरहेका छन्। अध..

जोशीको निर्णय रोक्न ओलीले समितिका सदस्यलार्इ नजरबन्द गर्दै गरे यस्तो ठुलो षड्यन्त्र
जोशीको निर्णय रोक्न ओलीले समितिका सदस्यलार्इ नजरबन्द गर्दै गरे यस्तो ठुलो षड्यन्त्र

काठमाँडौ । प्रधानमन्त्री केपी ओलीले सर्वसत्तावादी र अधिकनायकवादीको झल्को देखाउँदै संसदीय सुनवार्इ विशेष समितिका सदस्यहरुलार्इ नजरबन्द  गरेका छन्। स्रोतका अनुसार समितिक..