युवा नेता विश्वप्रकाश शर्मा प्रवक्ता बनेपछि गगन थापाले के भने ? देउवालाई पनि छाडेनन्

नेपाल पाना प्रकाशित: २०७४-९-२६ गते | 2412 पटक हेरिएको
युवा नेता विश्वप्रकाश शर्मा प्रवक्ता बनेपछि गगन थापाले के भने ? देउवालाई पनि छाडेनन्

काठमाडौं। नेपाली कांगेसका नेता गगन थापाले युवा नेता विश्‍वप्रकाश शर्मा पार्टी प्रवक्तामा नियुक्त भएकामा बधाई तथा शुभकामना दिएका छन् ।

निर्वाचनमा पराजयपछि प्रधानमन्त्री एवं पार्टी सभापतिको आलोचना गर्दै आएका गगनले यसपटक भने युवालाई जिम्मेवारी दिएकोमा धन्यवाद भनेका छन्। प्रवक्ता मनोनित विश्वप्रकाशले प्रभावकारी कार्यसम्पादन गर्ने अपेक्षा राख्दै गगनले ट्वीटरमार्फत नयाँ पुस्तालाई पार्टी सभापतिले दिएको जिम्मेवारीप्रति धन्यवाद दिएका हुन् ।

उनले ट्विट गरेका छन्– विश्वप्रकाश दार्इ नेपाली कांग्रेसको प्रवक्ता हुनु भएकोमा बधाई तथा प्रभावकारी कार्यसम्पादनको शुभकामना । नयाँ पुस्तालाई जिम्मेवारी दिनुभएक‍ोमा पार्टी सभापतिलाई धन्यवाद।’ कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार युवा नेता शर्मालाई प्रवक्ता नियुक्त गरेका हुन् ।

देउवाले पार्टीको १२औँ महाधिवेशनपछि रिक्त प्रवक्ता पदमा काँग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्तामा मनोनित गरेको कांग्रेसले जनाएको छ।


बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह
बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह

काठमाडाैं । नेपालमा जन्मिएका गाैतम बुद्धलाई भारतमा जन्मिएको भन्ने कार्यक्रममा सांसद गयो भन्दै नेपालका केहि मानिसहरु भारतको गुलामी गर्न खोजेको भन्दै कपिलवस्तु क्षेत्र..

डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !
डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !

काठमाडाैं । विखण्डनकारी सिके राउतले देश टुक्र्याएरै छाड्ने चेतावनी दिएका छन् ।  मधेस नेपाल होइन र हुने छैन भन्दै हिडेका राउतले आफूलाई युरोपिएन यूनियनको बलियो साथ रहेका..

मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !
मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !

काठमाडाैं । तराई मधेसमा मुस्लिम र मधेसी समुदायमा एकलाैटी राज गर्ने भित्री गेमप्लान रचेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले 'मदरसा बोर्ड' गठन गर्न प्रद..

उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !
उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी सचिवालय बैठक केहि समयकालागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आय..