आफैँले ल्याएको कानुनविपरीत सम्बन्धन दिने शिक्षामन्त्री पोखरेलको तयारी

पत्रपत्रिकाबाट प्रकाशित: २०७५-३-१९ गते | 2878 पटक हेरिएको
आफैँले ल्याएको कानुनविपरीत सम्बन्धन दिने शिक्षामन्त्री पोखरेलको तयारी

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गत १३ वैशाखमा हस्ताक्षर गरेर राष्ट्रपतिलाई बुझाएको अध्यादेश भन्छ– स्वास्थ्यकर्मी उत्पादन गर्ने सबै संस्थालाई चिकित्सा शिक्षा आयोगले नियमन गर्ने छ ।

तर स्नातकभन्दा तलका नर्सिङ, ल्याब असिस्टेन्ट र फार्मेसीलगायतका क्षेत्रलाई अलग्याएर सिटिइभिटीबाट सम्बन्धन दिने प्रयासमा उनै शिक्षामन्त्री पोखरेल लागेका छन्

स्वार्थसिद्धि गर्न विधेयकको सहारा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल आफैँले हस्ताक्षर गरेर राष्ट्रपतिमार्फत जारी गरेको अध्यादेशविपरीत चिकित्सा शिक्षा संस्थालाई सम्बन्धन दिने प्रयासमा छन् ।

माथेमा कार्यदलको प्रतिवेदनअनुसार चिकित्सा शिक्षाका सबै कार्यक्रमको सम्बन्धन तथा नियमन गर्ने जिम्मेवारी चिकित्सा शिक्षा आयोगलाई दिने गरी अध्यादेश जारी भएको थियो ।

तर, अध्यादेश जारी भएकै वेला अध्यक्षको रूपमा सिटिइभिटीको बैठक राखेर मन्त्री पोखरेलले केही कलेजलाई सम्बन्धन दिने प्रयास गरेका थिए । कानुनको व्याख्या गर्दै सिटिइभिटीका पदाधिकारीले निर्देशन कार्यान्वयन गरेका छैनन् । तर, मन्त्रीको प्रयास जारी छ ।

पोखरेल शिक्षामन्त्री भएपछि १३ वैशाखमा अध्यादेश भएको थियो । अध्यादेशले स्पष्ट भनेको छ, ‘स्वास्थ्य सेवामा संलग्न सबै जनशक्ति स्वास्थ्यकर्मी हुन् र तिनीहरूको उत्पादन गर्ने शिक्षण संस्थालाई सम्बन्धन दिने तथा नियमन गर्ने काम अब चिकित्सा शिक्षा आयोगले गर्नेछ ।’

तर, लगत्तै सिटिइभिटीको बैठकमा मन्त्रीले कलेजहरूलाई सम्बन्धन दिने तथा नयाँ कार्यक्रम थप्ने प्रस्ताव तयार पार्न निर्देशन दिएका थिए ।

सिटिइभिटीका एक पदाधिकारीले भने, ‘सम्बन्धनका लागि आएका आवेदन टुंग्याउनुपर्छ, बैठकमा प्रस्ताव ल्याउनूस् भन्ने मन्त्रीज्यूको निर्देशन थियो, तर स्वयं कानुनविपरीत भएको भन्दै हामीले अस्वीकार गरेका छौँ ।’

तर, अब योजना विधेयकमार्फत पूरा गर्ने तयारी

नर्सिङ, ल्याब, एचए, फार्मेसीलगायतका कार्यक्रम सिटिइभिटीका नाममा आफैं अन्तर्गत राख्ने उद्देश्य पूरा गर्न मन्त्रीले अब भने विधेयकमै व्यवस्था गरेका छन् । अहिले विवादमा रहेको विधेयकले चिकित्सा शिक्षालाई स्नातक तल र माथि भन्ने छुट्याएको छ ।

विधेयकको परिच्छेद १ मा भनिएको छ, ‘चिकित्सा शिक्षा भन्नाले स्वास्थ्य पेसा सम्बन्धी स्नातक र सो भन्दा माथिल्लो तहका शिक्षा ९हेल्थ प्रोफेसन एजुकेसन० सम्झनु पर्छ ।’ तर, अध्यादेशमा सबैलाई समेटिएको थियो ।

०६८र०६९ अघि झण्डै तीन दर्जन संस्थाले बिभिन्न कार्यक्रम सञ्चालनका लागि आबेदन दिएका थिए । तीन दर्जनमध्ये दुई दर्जनलाई सम्बन्धन दिने तयारी मन्त्री पोखरेलको छ । ती मध्ये अधिकांस नर्सिङ कार्यक्रम रहेका छन् ।

अहिले देशभरमा नर्सिङको जनसक्ति बेरोजगार समेत छ । स्वास्थ्य मन्त्रालयका अधिकारीले समेत नर्सिङ विषयमा सम्बन्धन नदिन आग्रह गरेको सिटिइभिटिका अधिकारीले बताए । तर, मन्त्री विधेयकमार्फत पनि सम्बन्धको कोसिसमा छन् । आजको नयाँपत्रिकामा खबर छ ।

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


अाेलीका यी दुत यसरी रित्याउँदैछन्  सरकारी ढुकुटी, श्रीमतीलार्इ नै लिएर पुगे अमेरिका!
अाेलीका यी दुत यसरी रित्याउँदैछन्  सरकारी ढुकुटी, श्रीमतीलार्इ नै लिएर पुगे अमेरिका!

सरकारले वेदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका गएका छन् ।  महानगरमा सुधारका काम न..

कञ्चनपुर हत्या प्रकरणमा तत्कालिन एसपी बिष्टले गरेको यस्तो दादागिरीको भयो सनसनीपूर्ण खुलाशा !
कञ्चनपुर हत्या प्रकरणमा तत्कालिन एसपी बिष्टले गरेको यस्तो दादागिरीको भयो सनसनीपूर्ण खुलाशा !

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले स्थानीय १७ वर्षीया किशोरीलाई पनि पक्राउ गरेर चरम मानसिक तथा शारीरिक यातना दिएको खुलेक..

बल्खुको तरकारी बजारमा बिहानै अनुगमन, व्यापारीहरुको भागभग, एक पक्राउ
बल्खुको तरकारी बजारमा बिहानै अनुगमन, व्यापारीहरुको भागभग, एक पक्राउ

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको टोलीले सोमबार बिहानै बल्खुस्थित तरकारी बजारमा अनुगमन गरेको छ ।  बिहान ४ बजे नै टोली तरकारी बजार पुगेको थिय..

किशोरी हत्या प्रकरण : कञ्चनपुरमा अाज ५ घण्टाका लागि हटाइयो कर्फ्यू , ब्यापक मात्रमा प्रहरी परिचालन
किशोरी हत्या प्रकरण : कञ्चनपुरमा अाज ५ घण्टाका लागि हटाइयो कर्फ्यू , ब्यापक मात्रमा प्रहरी परिचालन

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिकाको ४ र १८ नम्बर वडामा शुक्रबार रातिदेखि लगाएको कर्फ्यू आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि हटाएको छ । १३..