शिक्षा मन्त्रालयकै छात्रवृत्ति शाखामा चरम अनियमितता

नेपाल पाना प्रकाशित: २०७५-३-२० गते | 902 पटक हेरिएको
शिक्षा मन्त्रालयकै छात्रवृत्ति शाखामा चरम अनियमितता

सारदादेबी सापकोटा 

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आउने अधिकांस छात्रवृत्तिहरु कर्मचारीकै मिलेमतोमा आफन्तलाई पार्ने गरिएको समाचार प्राप्त भएको छ ।

मन्त्रालय अन्तर्गतका छात्रवृत्ति शाखामा गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि आएको छात्रवृत्ति कोटामा  पुरानो मिति राखेर सबैलाई झुक्याएर एक दिन मन्त्रालयको वेभसाइटमा राख्ने गरिएको एक जना विद्यार्थीले बताए । श्रीलंका सरकार र युनिसेफद्वारा कृषि विज्ञान अध्ययनका लागि आएको छात्रवृत्ति कोटामा असार नौ गते वेभसाइटमा राखेर कसैको नामै नपरेको भन्दै १० गते नै छात्रवृत्ति शाखा प्रमुख रेवती पराजुलीले वेभसाइटबाटै सूचना  हटाएका थिए । यो मिलेमतोमा मन्त्रालयकै उपसचिव गुरु मैनाली पनि संलग्न रहेको स्रोतले बतायो । मन्त्री र सचिवले नै आफन्तका लागि केहि सिट खोज्न लगाउने गरेको एक जना कर्मचारीले नाम नबताउने शर्तमा उल्लेख गरे  । 

डायरी एक्सप्रेस साप्ताहिकका प्रतिनिधिले यहि विषयमा जानकारी माग्दा शाखा प्रमुख पराजुलीले आफुले तीन गते नै वेभसाइटमा राखेको बताएर विधि सम्मतै काम गरेको बताए । तर उक्त सूचना नौ गते मात्रै राखिएको र १० गते नै म्याद सकिएको सूचना जारी गरेका थिए  । तथापि शाखा प्रमुख पराजुलीले मिडियामा पनि आइसकेका कारण बचाउँ गर्दै नामै नपरेको भनि पुनः वेभसाइटमा राखेका छन् । विदेश पढ्नका लागि छात्रवृत्तिमा विभिन्न खालका तिकडम गरेर भएपनि मन्त्रालयका कर्मचारीहरुले आफन्तलाई नै पठाउने गरिँदै आइएको छ । 

त्यसो त भ्रष्टाचारको अभियोग खेपिरहेका पूर्व शिक्षामन्त्री गोविन्दराज जोशी, बलबहादुर केसी, अर्जुननरसिंह केसी र राजाकै समयमा मन्त्री बनेका राधाकृष्ण मैनालीहरु पनि अछुतो रहेनन् । जोशी र केसीले त गरिब तथा जेहेन्दारको कोटामा शिक्षामन्त्री भएकै कारण बुढानिलकण्ठ स्कूलमा समेत आफन्तहरु छात्रवृतिमा पढाउने व्यवस्था मिलाउने गरेका थिए । सरकारी स्कूलमा पढेको खण्डमा डी ग्रेडमा पनि पास गर्न नसक्ने बलबहादुर केसीको बहिनी गोमा केसीले पनि दाजुकै बाहुबलीमा छोरीलाई बुढानिलकण्ठ स्कूलमा पढाएकी थिइन् ।

शिक्षामन्त्री बनेका माओवादी नेता दिनानाथ शर्माले पनि बुहारी, छोरीलाई शिक्षाका लागि खाद्य कार्यक्रममा करारमा राखेर परिवारवादकोे दह्रो उपस्थिति जनाएका थिए । तर, सहिद, बेपत्ता र घाइते माओवादीका परिवारले भने उनी मन्त्री बनेका समयमा कुनै सेवा र सुविधा प्राप्त गर्न सकेनन् ।   त्यसो त आफै प्रश्नपत्र जाँचेर श्रीमतीलाई पास गराएपछि सरकारले कारबाही गर्दा निलम्बन भएका सहसचिब सूर्य गौतम  सर्वोच्च अदालतको आदेशले अहिले पनि मन्त्रालयमै बसेर काम गर्नुले कति अनियमितता भएका होलान् सहजै अनुमान गर्न सकिन्छ ।  पटक पटक जघन्य गल्ति गरेका कर्मचारीहरु रिजर्वपुलमा राख्नुपर्नेमा सोर्सफोर्सका भरमा कमाउँ शाखाहरुमा सरुवा हुनुले पनि समाजवाद उन्मुख शिक्षा नीति लागू गर्ने सरकारको माग चित्रलाई कहाँ पु-उाउने हो शिक्षविद्हरु नै आश्चर्यचकित परेका छन् ।  केहि महिना अघि घरेलु कामदारको रुपमा राखिएकी  बालिकालाई यौन दूब्र्यवहार गरेको भन्दै प्रहरीबाटै पक्राउ परेका बर्दियाका शिक्षा समन्वय शाखाका प्रमुख ज्ञानमणि नेपाललाई पनि बर्दिया जिल्ला  अदालतले सफा्इ दिएको छ । दुई श्रीमतीका धनी नेपाललाई कालीमाटीमा डेरा लिएर बस्दा जेठी श्रीमती तर्फकी छोरीले बाबुसँग बसेकी कान्छी सौताने आमालाई रामधुलाईसँग पिटेकी थिइन् । साथमा बसेकी कान्छी श्रीमतीलाई पिटेपछि ज्ञानमणिले छोरीका विरुद्ध प्रहरी कहाँ उजुरी गरेका थिए । जेठी श्रीमतीलाई उनले माना चामल पनि राम्ररी व्यवस्था गरेका थिएनन् । 

शान्त बहादुर श्रेष्ठ शिक्षा सचिव रहँदा पनि अत्याधिक अनियमितता भएका थिए । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र सचिव शान्त बहादुर श्रेष्ठ मिलेर  प्राविधिक कलेजहरुको स्वीकृतिका लागि १० लाख घुसको दर रेट नै राखिएको एक जना कलेज सञ्चालकले बताए । सचिव श्रेष्ठले कमिसनको कमाई सालाका नाममा  प्रेस सञ्चालन गरेर सेतो बनाउन लागेका छन् । उनको सालाको नाममा भक्तपुरको बालकोटमा छपाई प्रेस राखिएको छ । पूर्व सचिव श्रेष्ठका साला चाहिँ वर्षमा एउटा मुद्दामा बहस नगरेतापनि पेशामा वकिल बताउने गर्दछन् । 

 गोरखाको एक प्राविधिक कलेजलाई मनसाय पत्र दिँदा माओवादी कोटामा मन्त्री बनेका धनीराम पौडेलले पनि राम्रै शुभलाभ गरेको तथ्य बाहिर आएको थियो । माओवादी नेता समेत रहेका शिक्षामन्त्री पौडेल मन्त्रीबाट बाहिरिएपछि नयाँ र महंगो निजी गाडी  देखेर फेसबुकमा अर्का माओवादी नेताले कडा शव्दमा टिप्पणी गरेपछि अहिले भने बाहिरी आवरण पुरानै अवस्थामा देखाएका छन् । 

पटक पटक मन्त्री बनेका गिरिराजमणि पोखरेलले शिक्षाभित्रको भ्रष्टाचारको जालो तोड्न नसक्ने  शिक्षाविद्हरुले बताउने गरेका छन् । तथापि आमुल परिवर्तन गर्नुपर्ने शिक्षा क्षेत्रलाई दुई तिहाईको बहुमतको सरकारले सिण्डीकेट र बिचौलियाका भूमिकामा रहेका कर्मचारी र निजी क्षेत्रमा भएको मनपरीतन्त्रलाई कसरी सुधार गर्ने हो ? हेर्न बाँकी नै छ ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

राजदुतमा सिफारिस भएका उप्रेती नेपालका यसकारण 'एपी जे अब्दुल कलाम' हुन !

प्रदेश २ मा मुख्यमन्त्री राउतको योजना लोकप्रिय बन्दै, बिपक्षीहरुको बिरोध कायमै

सरकारलाई सर्बोच्च अदालतको अर्को ठुलो झट्का, के मान्लान त दुईतिहाइको शक्तिशाली सरकारले?

देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !

ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)

अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?

बाढीपहिरो र डुबानबाट रु १२ करोड क्षति, ओली सरकारका मन्त्रीहरुको फाइभ स्टारमा मस्ती !

सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास

काठमाडौँ । २०४० सालमा स्थपना भएको पप्पु कन्ट्रक्सनले आर्थिक चलखेल गरी अहिले देशभरिको नै ठेक्का हात पार्ने गरेका छन् । देशभरिको ठेक्का हात परेर समयमा काम नगर्नु र जुन काम गर..

गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?

काठमाडौं । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद एवम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय नेत्री नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् ।..

यी हुन् सरकारी खर्चमा फाइभस्टार होटेलमा फूटवल हेर्ने कम्युनिष्ट मन्त्रीहरु !

काठमाडौं । तराई मधेश लगायत देशका विभिन्न ठाउँहरुमा जनता बाढी पहिरोले पिडित छन् भने यता सरकारका मन्त्रीहरु सरकारी खर्चमा मौजमस्ती गर्दै गरेको प्रमाण फेला परेको छ।  सुशा..


सभामुख–उपसभामुख कहिलेसम्म एउटै दलको ?
सभामुख–उपसभामुख कहिलेसम्म एउटै दलको ?

काठमाडौं ३१ असार । संविधानको धारा ९१ (२) मा भनिएको छ, ‘प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।’ त्यस्तै, प्रदेशसभाको हकमा पनि स..

पूर्वसांसद खतिवडालाई गणेश थापाको धम्की
पूर्वसांसद खतिवडालाई गणेश थापाको धम्की

काठमाडौं २९ असार । विश्वकप फुटबलले सबैको ध्यानाकर्षण गराइरहेका बेला अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले एउटा तारे होटलमा आयोजित सामाजिक समारोहमा पूर्व..

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, 'जुनसुकै बेला जे पनि हुनसक्ने'
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, 'जुनसुकै बेला जे पनि हुनसक्ने'

काठमाडौं । रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा अनशनरत डा. गोविन्द केसीको मुुटुको चालमा गडबडी देखिएको छ। यस्तो अवस्थामा जटिलता थपिंदै जाँदा हृदय गति बन्द हुन सक्ने ख..

किन यस्तो हर्कत गर्छन् पूर्वयुवराज पारस शाह?
किन यस्तो हर्कत गर्छन् पूर्वयुवराज पारस शाह?

काठमाडौं । यही महिनामात्रै पूर्वयुवराज पारस शाहका विभिन्न कमजोरी र गल्ती बाहिर आएका छन् । उनी सुध्रिन थालेको बताइए पनि सार्वजनिक ठाउँमा उनले हर्कत देखाउन छाडेका छैनन् । बाब..