सुशासनको धज्जी उदाउँदै पर्यटनमन्त्री अधिकारीले गरेको ठुलो "कर्तुत"को पर्दाफाश, अब के गर्लान प्रधानमन्त्रीले ?  

पत्रपत्रिकाबाट प्रकाशित: २०७५-३-२३ गते | 13772 पटक हेरिएको
सुशासनको धज्जी उदाउँदै पर्यटनमन्त्री अधिकारीले गरेको ठुलो "कर्तुत"को पर्दाफाश, अब के गर्लान प्रधानमन्त्रीले ?  

काठमाडौं । नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सुशासनका सवालमा ‘शून्य सहनशीलता’ को नीति अपनाउने घोषणा गरेको सरकारका प्रभावशाली मन्त्रीले नै बहुचर्चित घोटाला प्रकरणका मुख्य आरोपीलाई नै विज्ञ नियुक्त गरेका छन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बहुचर्चित लाउडा विमान भाडा प्रकरणका मुख्य आरोपी हरिभक्त श्रेष्ठलाई नागरिक उड्डयन विज्ञका रूपमा नियुक्त गरेका हुन् ।

श्रेष्ठले विशेष अदालतबाट सफाइ पाएको भए पनि उनीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । सरकारवादी मुद्दाका रूपमा हेर्दा सरकारले श्रेष्ठमाथिको भ्रष्टाचारको पुरानो आरोपमा कुनै दृष्टिकोण परिवर्तन गरेको छैन । मन्त्रीले एटीएम तथा हवाई कानुन विज्ञका रूपमा श्रेष्ठलाई नियुक्त गरेका हुन् । एकातिर उनीमाथिको सरकारवादी मुद्दा सर्वोच्चमा विचाराधीन छ भने अर्कोतर्फ श्रेष्ठले दिएको सल्लाह, सुझाव र राय पर्यटनमन्त्री र मन्त्रालयले ग्रहण गर्नुपर्ने अवस्था बनेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले गत वैशाख १४ गते जारी गरेको विज्ञप्तिमा पर्यटन क्षेत्रबाट २९ र नागरिक उड्डयन क्षेत्रबाट २० गरी ३९ जनाको विज्ञ समूह गठन गरिएको उल्लेख छ । ‘नेपालको नागरिक उड्डयन क्षेत्रको सुधारका लागि’ भनी गठित विज्ञ समूहको ५ औं वरीयतामा पूर्वसचिवसमेत रहेका श्रेष्ठको नाम उल्लेख छ । गत वैशाख १३ मा मन्त्री अधिकारीको एकल निर्णयबाट गठन भएको विज्ञका सदस्यहरूको काम सुधारको विषयमा राय परामर्श दिने र सरकारले गठन गर्ने कार्यदलमा विज्ञका रूपमा राय दिने भनी उल्लेख छ । दुवै विज्ञ समूहको नेतृत्व मन्त्री स्वयंले गर्नेसमेत जनाइएको छ ।

कानुन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार विशेष अदालतबाट सफाइ पाइसकेकाले श्रेष्ठको नियुक्तिमाथि कानुनी प्रश्न उठैन । तर भ्रष्टाचार आरोप लागेको, अन्तिम अदालतबाट मुद्दा किनारा नलागेको र उनीमाथिको आरोपमा समेत सरकारले पूर्ववर्ती धारणा यथावत् राखेको अवस्थामा ‘विज्ञ’ का रूपमा श्रेष्ठलाई नियुक्ति गर्नु नैतिक एवं जवाफदेहिताको प्रश्न भने हो । अझ लाउडा विमान भाडा प्रकरणलाई त तत्कालीन अवस्थामा संसदको प्रतिपक्षी दल एमालेले नै चर्को रूपमा सडक र सदन तताएको थियो ।

महान्यायाधिवक्ता कार्यालयका एक सरकारी वकिलका अनुसार भ्रष्टाचार आरोपीलाई नै सरकारले विज्ञ बनाएपछि उनीविरुद्धको मुद्दाको प्रतिरक्षाका विषयमा समेत अप्ठेरो बनेको छ । ‘केही दिनपछि मुद्दाको पेसी चढेपछि हामीले यी व्यक्ति भ्रष्टाचारी हुन्, सजाय हुनुपर्छ भनेर बहस गर्नुपर्ने हुन्छ,’ ती सरकारी वकिलले कान्तिपुरसित भने, ‘तिनै आरोपीको सल्लाह सुझावमा पर्यटनमन्त्री र मन्त्रालय चल्नुपर्ने भयो । सरकारको कानुनी प्रतिरक्षा गर्ने महान्यायाधिवक्ताले नै भ्रष्टाचारको सजाय हुनुपर्छ भनी बहस गर्नुपर्ने व्यक्तिलाई विज्ञ समूहमा सूचीकृत गर्नु पटक्कै सुहाउने विषय होइन । यस्ता सवालमा मन्त्रीज्यूले नैतिक दृष्टिकोणले पनि सोच्नुपर्ने हो ।’

हरिभक्त को हुन् ?

शाही नेपाल वायुसेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष हरिभक्त श्रेष्ठमाथि लाउडा विमान भाडा प्रकरणमा अख्तियारले ३८ करोड ९७ लाख ६७ हजार ३१ रुपैयाँ बिगो र जरिवाना मागदाबी गरेको थियो । त्यतिबेला तत्कालीन शानेवानिले चाइना साउथ वेस्ट एयरलाइन्सको बोइङ भाडामा लिइरहेको अवस्थामा त्यो फर्कन लागेको भन्दै अर्को जहाज भाडामा लिने निर्णय गरेको थियो । त्यस क्रममा श्रेष्ठले निगमलाई घाटा हुने सर्त मञ्जुर गर्नुका साथै अस्पष्टता राखी सम्झौता गरेको आरोप थियो ।

लाउडा विमान भाडाका कारण निगमलाई ठूलो आर्थिक क्षति भएको थियो । आफ्नो नियमित क्रुले लाउडा विमान सम्हाल्न नसक्दा निगमले लाउडाको एक सेट पाइलटलाई मासिक २१ लाख डलर तिरेर ल्याउनुपरेको थियो । लाउडा सञ्चालन गर्न ५ सेट पाइलट आवश्यक पर्ने भएकाले निगमलाई मासिक एक करोड डलर भार पर्ने देखिन्थ्यो । क्याबिन क्रु’दयगत सम्झौतामा कुनै उल्लेख नहुँदा पछि लाउडाले ७ हजार ५ सय डलर मासिक मागदाबी गरेको थियो । त्यस क्रममा जहाजको प्राविधिक निरीक्षणसमेत गरिएको थिएन । आजको कान्तिपुरमा खबर छ ।

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


अाेलीका यी दुत यसरी रित्याउँदैछन्  सरकारी ढुकुटी, श्रीमतीलार्इ नै लिएर पुगे अमेरिका!
अाेलीका यी दुत यसरी रित्याउँदैछन्  सरकारी ढुकुटी, श्रीमतीलार्इ नै लिएर पुगे अमेरिका!

सरकारले वेदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका गएका छन् ।  महानगरमा सुधारका काम न..

कञ्चनपुर हत्या प्रकरणमा तत्कालिन एसपी बिष्टले गरेको यस्तो दादागिरीको भयो सनसनीपूर्ण खुलाशा !
कञ्चनपुर हत्या प्रकरणमा तत्कालिन एसपी बिष्टले गरेको यस्तो दादागिरीको भयो सनसनीपूर्ण खुलाशा !

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले स्थानीय १७ वर्षीया किशोरीलाई पनि पक्राउ गरेर चरम मानसिक तथा शारीरिक यातना दिएको खुलेक..

बल्खुको तरकारी बजारमा बिहानै अनुगमन, व्यापारीहरुको भागभग, एक पक्राउ
बल्खुको तरकारी बजारमा बिहानै अनुगमन, व्यापारीहरुको भागभग, एक पक्राउ

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको टोलीले सोमबार बिहानै बल्खुस्थित तरकारी बजारमा अनुगमन गरेको छ ।  बिहान ४ बजे नै टोली तरकारी बजार पुगेको थिय..

किशोरी हत्या प्रकरण : कञ्चनपुरमा अाज ५ घण्टाका लागि हटाइयो कर्फ्यू , ब्यापक मात्रमा प्रहरी परिचालन
किशोरी हत्या प्रकरण : कञ्चनपुरमा अाज ५ घण्टाका लागि हटाइयो कर्फ्यू , ब्यापक मात्रमा प्रहरी परिचालन

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिकाको ४ र १८ नम्बर वडामा शुक्रबार रातिदेखि लगाएको कर्फ्यू आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि हटाएको छ । १३..