सीप, कला र संस्कृतिका धनी विश्वकर्मा समुदाय

रासस प्रकाशित: २०७५-३-२४ गते | 888 पटक हेरिएको
सीप, कला र संस्कृतिका धनी विश्वकर्मा समुदाय

दाङ ।  सामाजिक विकासका क्रममा विश्वकर्मा समुदायको भूमिका महत्वपूर्ण रहेको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । 

कला सीप र कौशलताका धनी विश्वकर्मालाई समाज र राज्यले सम्मान गर्नुपर्ने सहभागीको भनाइ छ । 

एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज केन्द्रीय कार्यालय काठमाडौँको आयोजनामा दाङको तुलसीपुरमा शनिबार भएको प्रदेश नं ५ को स्तरीय भेलाका सहभागीले सो कुरा बताएका हुन् । 
सहभागीले विश्वकर्मा समुदायको परम्परागत सीप, कला, संस्कृति र उनीहरुमा रहेको प्रतिभाको आवश्यक अध्ययन गरी संरक्षण, संवद्र्धन र विकास गर्दै सीपको आधुनिकीकरण गर्न पनि माग गरेका छन् । 

प्रदेश नंं ५ का सभामुख पूर्ण घर्तीले विश्वकर्मा समुदाय कला र कौशलको धनी भएको भन्दै सीपलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने विचार व्यक्त गर्नुभयो । 

उहाँले छुवाछूत र विभेद अन्त्य भएको भए पनि सांस्कृतिक आदतमा अन्त्य नभएको बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विश्वकर्मा इञ्जिनियर हुन् भन्दै उनीहरुले विभिन्न वस्तुको आविस्कार गरेको बताउनुभयो । पाण्डेले सामन्ती अर्थव्यवस्थाका कारण छुवाछूत र जातीय विभेद पहिले रहेको भन्दै अब संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै अन्त्य हुने दाबी गर्नुभयो । 

कार्यपालिकाका सदस्य देवराज विश्वकर्माले दलितभित्र हुने छुवाछूतको पनि अत्य हुनुपर्ने भन्दै धर्म र थर परिवर्तनका कारण दलितको संख्यामा कमी आएको बताउनुभयो । एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज केन्द्रीय अध्यक्ष गोपालप्रसाद विश्वकर्माले नेपालमा छुवाछूत कानूनी रुपमा अन्त्य भए पनि सामाजिक र सांस्कृतिकरुपमा अन्त्य हुन नसकेको बताउनुभयो । 

सो अवसरमा राप्ती आँखा अस्पताल रक्षाचौरका डा सुरेश रसाइली, डा सविता विश्वकर्मा, इञ्जिनियर कृष्णबहादुर विश्वकर्मा, वसन्तकुमार दुलाल, जनप्रतिनिधि, पत्रकार गरी २५ जनालाई सम्मान गरिएको थियो । 

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

राजदुतमा सिफारिस भएका उप्रेती नेपालका यसकारण 'एपी जे अब्दुल कलाम' हुन !

प्रदेश २ मा मुख्यमन्त्री राउतको योजना लोकप्रिय बन्दै, बिपक्षीहरुको बिरोध कायमै

सरकारलाई सर्बोच्च अदालतको अर्को ठुलो झट्का, के मान्लान त दुईतिहाइको शक्तिशाली सरकारले?

देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !

ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)

अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?

बाढीपहिरो र डुबानबाट रु १२ करोड क्षति, ओली सरकारका मन्त्रीहरुको फाइभ स्टारमा मस्ती !

सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास

काठमाडौँ । २०४० सालमा स्थपना भएको पप्पु कन्ट्रक्सनले आर्थिक चलखेल गरी अहिले देशभरिको नै ठेक्का हात पार्ने गरेका छन् । देशभरिको ठेक्का हात परेर समयमा काम नगर्नु र जुन काम गर..

गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?

काठमाडौं । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद एवम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय नेत्री नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् ।..

यी हुन् सरकारी खर्चमा फाइभस्टार होटेलमा फूटवल हेर्ने कम्युनिष्ट मन्त्रीहरु !

काठमाडौं । तराई मधेश लगायत देशका विभिन्न ठाउँहरुमा जनता बाढी पहिरोले पिडित छन् भने यता सरकारका मन्त्रीहरु सरकारी खर्चमा मौजमस्ती गर्दै गरेको प्रमाण फेला परेको छ।  सुशा..


जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण
जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण

काठमाडौँ  । उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ ।  उपत्यकामा जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफ..

अचानक चन्द्रागिरी किन पुगे प्रधानमन्त्री ओली?
अचानक चन्द्रागिरी किन पुगे प्रधानमन्त्री ओली?

काठमाडौँ ।  आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७..

रसुवावासीको परिचयपत्र मात्र नवीकरण गर्न आग्रह
रसुवावासीको परिचयपत्र मात्र नवीकरण गर्न आग्रह

रसुवा ।  विगतमा अध्यागमन कार्यालयबाट जारी भएका नेपाल–चीन केरुङ सीमा परिचयपत्रमध्ये वास्तविक रसुवावासीको परिचयपत्र मात्र नवीकरण गर्न आग्रह गरिएको छ । ..

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै
सप्तकोशी नदीमा पानीको बहाव बढ्दै

इनरुवा ।  पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला..