पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ जेल सजायँ भोग्न तयार

रासस/सिन्ह्वा प्रकाशित: २०७५-३-२४ गते | 542 पटक हेरिएको
पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ जेल सजायँ भोग्न तयार

इस्लामावाद । पकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आफू जेल सजायँ भोग्न तयार रहेको बताउनुभएको छ । 

पाकिस्तानी अदालतले शुक्रबार उहाँलाई दश वर्षको जेल सजायँको फैसला गरेकाले त्यो सवै सामना गर्न आफू तयार रहेको उहाँले बताउनुभएको हो ।

“देश र जनताको स्वतन्त्रताका लागि म जस्तो सुकै सङ्घर्ष गर्न तयार छु,” पूर्वप्रधानमन्त्री शरिफले लण्डनमा भन्नुभयो । 

आफ्नी श्रीमतीको उपचारका लागि लण्डनमा रहनुभएका शरिफ जेल सजायँ भोग्न चाडै स्वदेश फर्किने बताउनुभएको छ । तर कहिले स्वदेश फर्किने भन्ने बारेमा भने उहाँले स्पष्ट पार्नुभएको छैन । 

श्रीमतीको स्वास्थ्यमा सुधार भएपछि आफु स्वदेश फर्किने उहाँको भनाई छ । पूर्वप्रधानमन्त्री शरिफकी श्रीमती क्यान्सर रोगबाट पीडित हुनुहुन्छ । 

इस्लामावादको अदालतले शरिफलाई भ्रष्टाचार गरेको अभियोगमा दश वर्ष जेल सजायँ तोकेको हो । 

उहाँलाई दश वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ । 

यही जुलाई २५ मा हुनलागेको निर्वाचनको पूर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकीलहरूले बताएका छन् । 

नेता शरिफ गत वर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट अपदस्त हुनुभएको थियो । 

भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले उहाँ प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएपछि उहाँको बहिर्गमन भएको थियो । उहाँलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिवन्ध लगाइएको छ । 

उहाँमाथि लागेको आरोपको शरिफ र उहाँका समर्थकले अस्वीकार गर्दै आइरहेका छन् । उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा शरिफमाथि गलत अभियोग लगाइएको दाबी गर्दै आएका छन् । 

अदालतले शरिफसँगै उहाँकी छोरी मार्याम नवाजलाई पनि भ्रष्टाचार गरेकै अभियोगमा सात वर्षको जेल सँजाय तोकेको छ । 

त्यसैगरी मार्यामका श्रीमान् मोहम्मद सफडारलाई समेत सोही मुद्दामा एक वर्ष जेल सजाय हुनुपर्ने फैसला गरिएको छ । 

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

राजदुतमा सिफारिस भएका उप्रेती नेपालका यसकारण 'एपी जे अब्दुल कलाम' हुन !

प्रदेश २ मा मुख्यमन्त्री राउतको योजना लोकप्रिय बन्दै, बिपक्षीहरुको बिरोध कायमै

सरकारलाई सर्बोच्च अदालतको अर्को ठुलो झट्का, के मान्लान त दुईतिहाइको शक्तिशाली सरकारले?

देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !

ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)

अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?

बाढीपहिरो र डुबानबाट रु १२ करोड क्षति, ओली सरकारका मन्त्रीहरुको फाइभ स्टारमा मस्ती !

सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास

काठमाडौँ । २०४० सालमा स्थपना भएको पप्पु कन्ट्रक्सनले आर्थिक चलखेल गरी अहिले देशभरिको नै ठेक्का हात पार्ने गरेका छन् । देशभरिको ठेक्का हात परेर समयमा काम नगर्नु र जुन काम गर..

गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?

काठमाडौं । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद एवम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय नेत्री नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् ।..

यी हुन् सरकारी खर्चमा फाइभस्टार होटेलमा फूटवल हेर्ने कम्युनिष्ट मन्त्रीहरु !

काठमाडौं । तराई मधेश लगायत देशका विभिन्न ठाउँहरुमा जनता बाढी पहिरोले पिडित छन् भने यता सरकारका मन्त्रीहरु सरकारी खर्चमा मौजमस्ती गर्दै गरेको प्रमाण फेला परेको छ।  सुशा..


विश्वकप–सेमिफाइनलमा क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै
विश्वकप–सेमिफाइनलमा क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै

काठमाडौँ । फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् ।  रसियामा जारी विश्वकपमा दुवै टोली विजय लक्ष्यका साथ..

विश्वकपः सेमिफाइनल मंगलबारदेखि
विश्वकपः सेमिफाइनल मंगलबारदेखि

काठमाडौँ ।  रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुुने भएको छ ।  यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका..

ट्रम्पका विरोधी मेक्सिकोमा राष्ट्रपति, बन्ला त सीमामा पर्खाल ?
ट्रम्पका विरोधी मेक्सिकोमा राष्ट्रपति, बन्ला त सीमामा पर्खाल ?

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०१६ को निर्वाचन अभियानको एउटा बहुचर्चित तर विवादास्पद एजेण्डा थियो– मेक्सिकोको सीमामा पर्खाल । उहाँले..

उत्तर कोरियासँगको कुराकानी ‘निकै लाभकारी’ : अमेरिकी विदेशमन्त्री पोम्पेओ
उत्तर कोरियासँगको कुराकानी ‘निकै लाभकारी’ : अमेरिकी विदेशमन्त्री पोम्पेओ

टोकियो ।  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको दुई दिने भ्रमणका क्रममा उत्तर कोरियाली समकक्षीसँग भएको वार्ता प्योङयाङलाई आणविक रूपमा निशस्त्र बनाउ..