व्यापार घाटा कम गर्न मन्त्री यादवको यस्तो छ नयाँ फर्मुला

रासस प्रकाशित: २०७५-३-२४ गते | 1959 पटक हेरिएको
व्यापार घाटा कम गर्न मन्त्री यादवको यस्तो छ नयाँ फर्मुला

काठमाडौँ  । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले स्थानीय उत्पादनको प्रवद्र्धन गरेर विद्यमान उच्चस्तरको व्यापारघाटा तथा बेरोजगारीलाई न्यून गर्दै लैजाने बताउनुभएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै उहाँले स्थानीय उत्पादन सम्बद्र्धन गर्ने उद्देश्यले विभिन्न प्रकारका तालीम सञ्चालन एवं प्रविधि हस्तान्तरण गर्ने कार्य भइरहेको तथा चिया, कफी अलैँची, अदुवाजस्ता निर्यातजन्य वस्तुलाई प्रवद्र्धन गरिने बताउनुभयो । 


व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमार्फत उद्योगी वाणिज्यका क्षेत्रका संस्थाका संस्थासँग सहकार्य गरिरहेको र आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शन गर्ने तयारी गरिएको मन्त्री यादवले जानकारी दिनुभयो । रुग्ण उद्योगको पुनःस्थापना र अन्य उद्योगलाई सञ्चालनका लागि नियमित छलफल भइरहेको उल्लेख गर्दै उहाँले निजीकरण र उदारीकरणका कारण उद्योग धराशायी भएको बतानुभयो । 

आयातकर्तासँग मिलेमतो गरेर गोरखकाली रबर उद्योगलगायत उद्योग बन्द भएकाले त्यस्ता उद्योग सञ्चालन गरी उत्पादन गर्ने र विद्यमान व्यापारघाटा कम गर्दै लैजाने उहाँले बताउनुभयो । 

देशका विभिन्न क्षेत्रका सम्भावित खानी सञ्चालन गर्ने तथा तनहँु, मकवानपुर, नवलपरासी, बझाङ र बैतडीमा फलाम खानीको उत्खनन गर्ने तयारीमा सरकार रहेको मन्त्री यादवले जानकारी दिनुभयो । 

दैनिक पाँच टोलीले बजार अनुगमन गरेको जानकारी दिँदै मन्त्री यादवले कर्णाली जिल्लालगायत खाद्य असुरक्षा भएका दुर्गम क्षेत्रमा खाद्य ढुवानीका लागि उचित व्यवस्था मिलाइएको जानकारी दिनुभयो । 

सिस्नु, कोदो र फापरका विशेषताका विषयमा चेतना बढाउनुपर्नेमा जोड दिँदै उहाँले खाने संस्कृतिका विषयमा पनि जनचेतना जगाउनुपर्नेमा बताउनुभयो । सीमा क्षेत्रमा भन्सार कार्यालयलाई स्तरोन्नति गर्ने काम प्राथमिकताका आधारमा मन्त्रालयले काम अगाडि बढाएको तथा लगानीकर्तालाई प्रविधि एवं उद्योगसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको यादवले बताउनुभयो । 

पारदर्शी र एकद्वार नीतिअनुसार अनलाइन प्रणालीमा सेवा प्रदान गरेर सेवालाई प्रभावकारी र पारदर्शी एवं व्यवस्थित बनाउन लागिएको तथा औद्योगिक क्षेत्रसहित सञ्चारमाध्यमलाई पनि अनुगमन गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । 


भाइटिकाको दक्षिणा मोबाइल बैंकिङबाट गरे एकसय बोनस !
भाइटिकाको दक्षिणा मोबाइल बैंकिङबाट गरे एकसय बोनस !

काठमाडौं । यस वर्षको भाइटीकामा मोबाइल बैंकिङबाट दक्षिणा ट्रान्सफर गरे १ सय रुपैयाँ बोनस प्राप्त हुने भएको छ । एनआईसी एसिया बैंकले दक्षिणा रकम बैंकको मो–बैंक नामक मोबा..

सुनको मूल्य चुलिएपछि बन्यो यस्तो रेकर्ड, यस्तो छ मुल्य !
सुनको मूल्य चुलिएपछि बन्यो यस्तो रेकर्ड, यस्तो छ मुल्य !

काठमाडौँ । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ३ सयले बढेको हो ।&..

घट्यो सूनको मुल्य, अति पुग्यो?
घट्यो सूनको मुल्य, अति पुग्यो?

काठमाडौं । आइतबार सूनको मुल्य घटेको छ । सूनको मुल्य तोलामा २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ६० हजार रुपैयाँ प्रतितोला रहेको सूनको मुल्य आइतबार ५९ हजार ड सय कायम गरि..

सून पाँच वर्षयताकै महंगो, दशैंको समयमा किन बढ्यो मुल्य?
सून पाँच वर्षयताकै महंगो, दशैंको समयमा किन बढ्यो मुल्य?

काठमाडौं । सूनको पछिल्लो समय पाँच वर्षयताकै महंगो भएको छ । शुक्रबार र शनिबार सूनको मुल्य प्रतितोला ६० हजार रुपैयाँ रहेको सूनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।..