डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, 'जुनसुकै बेला जे पनि हुनसक्ने'

पत्रपत्रिकाबाट प्रकाशित: २०७५-३-२६ गते | 1962 पटक हेरिएको
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, 'जुनसुकै बेला जे पनि हुनसक्ने'

काठमाडौं । रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा अनशनरत डा. गोविन्द केसीको मुुटुको चालमा गडबडी देखिएको छ। यस्तो अवस्थामा जटिलता थपिंदै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा चिकित्सकहरूले औंल्याएका छन् ।

डा. केसीको रगतमा चिनीको मात्रा कम हुँदै गएको र उनले ग्लुकोज लिन समेत नमानेकाले अहिले ग्लुकोज नभएका अन्य आइभी फ्लुड दिइएको उपचारमा संलग्न चिकित्सकत्रय प्रवीणकुमार गिरी, धिरज गुरुङ र सिद्धार्थ खातीले सोमबार जनाएका छन्। सेतो रक्तकोषको कमीले गर्दा अहिले संक्रमणबाट बचाउन उनलाई कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठानको स्पेसल केयर युनिटमा राखिएको छ।

वीर अस्पतालका मुटु विभाग प्रमुख प्राध्यापक डा. प्रकाशराज रेग्मीका अनुसार डा। केसीको स्वास्थ्य अवस्था जटिल हुँदै जाँदा हृदयगति बन्द हुने पहिलो खतरा रहन्छ। उनले भने, ‘रगतमा क्याल्सियम, म्याग्नेसियम, पोटासियम यी सबै चिजको कमी हुँदै गएपछि पहिला ढुकढुकीमा गडबडी आउँछ। ढुकढुकीमा आउने गडबडीले हृदय गति अन्ततः बन्द गराउँछ। सबैभन्दा ठूलो खतरा कुनै पनि समय हृदय गति बन्द हुन सक्छ।’

रगतमा ग्लुकोज र अक्सिजनको कमी हुँदा मस्तिष्क घात हुने खतरा पनि उस्तै छ। ‘मस्तिष्क घातको असर मुटुमा पनि देखा पर्न सक्छ। आकस्मिक मृत्युको एउटा कारणमा मस्तिष्क घात पनि हो’, उनले भने। सेता रक्तकोषको कमी, पिसाबमा किटोन बढी हुँदै जाँदा निमोनियाको जोखिम हुन्छ। निमोनियाका कारण पनि मृत्युको खतरा रहन्छ’, डा। रेग्मीले भने। अहिले उनको छातीको बीच भागमा दुखाइ रहेको बताइएको छ।

उपचारमा डा. केसीको तर्फबाट सहयोग नभएका कारण उपचार गर्न कठिनाइ भएको एक चिकित्सकले बताएका छन्। डा. केसीलाई जुनसुकै बेला पनि आईसीयूको आवश्यकता पर्न सक्ने भएपनि प्रतिष्ठानमा सो उपलब्ध नहुँदा समस्या पर्ने देखिएको छ।

डा. केसीको स्वास्थ्य जाँच गरी फर्किएका नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा। ढुण्डिराज पौडेलले स्वास्थ्यमा जटिलता आउँदा उनको उपचारमा समस्या पर्ने बताए। उनले भने, ‘सरकार अभिभावक हो। उनको माग सम्बोधन गर्न र तत्कालै उद्धार गर्न आवश्यक छ।’

काठमाडौं लैजान सुझाव

डा. केसीलाई एअरलिफ्टबाट काठमाडौं लैजान चिकित्सकहरूले सुझाव दिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दश दिनदेखि अनशनरत डा. केसीलाई काठमाडौं लैजानुको विकल्प नभएको चिकित्सकहरूले बताएका हुन्।

डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएपछि उनको उपचार जुम्लामा सम्भव नभएको भन्दै उनलाई जतिसक्दो छिटो काठमाडौंको सुविधासम्पन्न अस्पतालमा एअरलिफ्ट गर्न चिकित्सकहरूले सल्लाह दिएका हुन्। डा। केसीका लागि जुनसुकै समयमा पनि आईसीयू आवश्यक पर्ने उनीहरूको सुझाव छ।

डा. केसीको उपचारमा संलग्न प्रतिष्ठानका चिकित्सकहरूले सोमबार केसीको स्वास्थ्य अवस्था’दयगत पत्र जारी गर्दै संक्रमणबाट बचाउन विशेष कक्षमा राखेर उपचार भइरहेको उल्लेख गरेका छन् ।

उपचारमा डा. केसीले चिकित्सकहरूको सल्लाहभन्दा पनि आफैले निर्णय गर्ने गरेकाले कठिनाइ भएको चिकित्सक प्रवीणकुमार गिरीले बताए। ‘डा. केसी आफै यो औषधि लिन्छु, यो लिन्न भन्ने निर्णय गर्नुहुन्छ’ उनले भने, ‘यसले गर्दा एकातर्फ उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ, भने अर्कोतर्फ हामीलाई उपचार गर्न पनि कठिनाइ भएको छ।’ आजको अन्नपूर्णपोष्टमा खबर छ ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

राजदुतमा सिफारिस भएका उप्रेती नेपालका यसकारण 'एपी जे अब्दुल कलाम' हुन !

प्रदेश २ मा मुख्यमन्त्री राउतको योजना लोकप्रिय बन्दै, बिपक्षीहरुको बिरोध कायमै

सरकारलाई सर्बोच्च अदालतको अर्को ठुलो झट्का, के मान्लान त दुईतिहाइको शक्तिशाली सरकारले?

देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !

ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)

अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?

बाढीपहिरो र डुबानबाट रु १२ करोड क्षति, ओली सरकारका मन्त्रीहरुको फाइभ स्टारमा मस्ती !

सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास

काठमाडौँ । २०४० सालमा स्थपना भएको पप्पु कन्ट्रक्सनले आर्थिक चलखेल गरी अहिले देशभरिको नै ठेक्का हात पार्ने गरेका छन् । देशभरिको ठेक्का हात परेर समयमा काम नगर्नु र जुन काम गर..

गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?

काठमाडौं । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद एवम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय नेत्री नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् ।..

यी हुन् सरकारी खर्चमा फाइभस्टार होटेलमा फूटवल हेर्ने कम्युनिष्ट मन्त्रीहरु !

काठमाडौं । तराई मधेश लगायत देशका विभिन्न ठाउँहरुमा जनता बाढी पहिरोले पिडित छन् भने यता सरकारका मन्त्रीहरु सरकारी खर्चमा मौजमस्ती गर्दै गरेको प्रमाण फेला परेको छ।  सुशा..


सभामुख–उपसभामुख कहिलेसम्म एउटै दलको ?
सभामुख–उपसभामुख कहिलेसम्म एउटै दलको ?

काठमाडौं ३१ असार । संविधानको धारा ९१ (२) मा भनिएको छ, ‘प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।’ त्यस्तै, प्रदेशसभाको हकमा पनि स..

पूर्वसांसद खतिवडालाई गणेश थापाको धम्की
पूर्वसांसद खतिवडालाई गणेश थापाको धम्की

काठमाडौं २९ असार । विश्वकप फुटबलले सबैको ध्यानाकर्षण गराइरहेका बेला अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले एउटा तारे होटलमा आयोजित सामाजिक समारोहमा पूर्व..

किन यस्तो हर्कत गर्छन् पूर्वयुवराज पारस शाह?
किन यस्तो हर्कत गर्छन् पूर्वयुवराज पारस शाह?

काठमाडौं । यही महिनामात्रै पूर्वयुवराज पारस शाहका विभिन्न कमजोरी र गल्ती बाहिर आएका छन् । उनी सुध्रिन थालेको बताइए पनि सार्वजनिक ठाउँमा उनले हर्कत देखाउन छाडेका छैनन् । बाब..

सुशासनको धज्जी उदाउँदै पर्यटनमन्त्री अधिकारीले गरेको ठुलो "कर्तुत"को पर्दाफाश, अब के गर्लान प्रधानमन्त्रीले ?  
सुशासनको धज्जी उदाउँदै पर्यटनमन्त्री अधिकारीले गरेको ठुलो "कर्तुत"को पर्दाफाश, अब के गर्लान प्रधानमन्त्रीले ?  

काठमाडौं । नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सुशासनका सवालमा ‘शून्य सहनशीलता’ को नीति अपनाउने घोषणा गरेको सरकारका प्रभावशाली मन्त्रीले नै बहुचर्चित घोटाला प्रकरण..