इलेप खोलाको विद्युत् खरिद सम्झौतामा हस्ताक्षर

रासस प्रकाशित: २०७५-३-२६ गते | 2263 पटक हेरिएको
इलेप खोलाको विद्युत् खरिद सम्झौतामा हस्ताक्षर

काठमाडौँ  ।  उत्तरी धादिङमा आयोजनास्थल रहेको इलेप तातोपानी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको छ । 

प्राधिकरणले दिएको जानकारीअनुसार धादिङको रुवी भ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाट क्षमताको सो आयोजनाको सोमबार विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको हो । 

प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र आयोजनाका तर्फबाट प्रवद्र्धक जलशक्ति हाइड्रो कम्पनीका अध्यक्ष तिलक लामाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । 

प्राधिकरणले आयोजनाबाट उत्पादित विद्युत् सुख्खायाम (१६ मंसिर–१५ जेठसम्म) र वर्षायाम (१६ जेठ–१५ मंसिरसम्म)मा प्रतियुनिट क्रमश ः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्ने छ । 

आयोजनाले वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म साधारण मूल्यवृद्धि पाउने छ । आयोजनाबाट वार्षिकरुपमा १४ करोड ४८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ । 

एक वर्षभित्रमा वित्तीय व्यवस्थापन गरी आयोजनाको निर्माण शुरु गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताउनुभयो । उहाँले आयोजनाको निर्माण तीन वर्षभित्रमा सक्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । 

सम्झौता अनुसार, आयोजनाले व्यापारिकरुपमा विद्युत् उत्पादन गर्नुपर्ने मिती सन् २०२४ डिसेम्बर तोकेको छ । निर्माण अवधिको ब्याजसहित आयोजनाको कूल अनुमानित लागत रु चार अर्ब ४७ करोड २९ लाख रहेको छ । हाल आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बनाउने लगायतका निर्माणपूर्वका काम भइरहेको कम्पनीका अध्यक्ष लामाको भनाइ छ । 

उत्पादित विद्युत् ३२ किलोमिटर लामो प्रसारण लाइन आयोजनाले नै निर्माण गरी नुवाकोटस्थित त्रिशूली ३ बी हव सवस्टेसनमा जोडिने कम्पनीले जनाएको छ । 


भाइटिकाको दक्षिणा मोबाइल बैंकिङबाट गरे एकसय बोनस !
भाइटिकाको दक्षिणा मोबाइल बैंकिङबाट गरे एकसय बोनस !

काठमाडौं । यस वर्षको भाइटीकामा मोबाइल बैंकिङबाट दक्षिणा ट्रान्सफर गरे १ सय रुपैयाँ बोनस प्राप्त हुने भएको छ । एनआईसी एसिया बैंकले दक्षिणा रकम बैंकको मो–बैंक नामक मोबा..

सुनको मूल्य चुलिएपछि बन्यो यस्तो रेकर्ड, यस्तो छ मुल्य !
सुनको मूल्य चुलिएपछि बन्यो यस्तो रेकर्ड, यस्तो छ मुल्य !

काठमाडौँ । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ३ सयले बढेको हो ।&..

घट्यो सूनको मुल्य, अति पुग्यो?
घट्यो सूनको मुल्य, अति पुग्यो?

काठमाडौं । आइतबार सूनको मुल्य घटेको छ । सूनको मुल्य तोलामा २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ६० हजार रुपैयाँ प्रतितोला रहेको सूनको मुल्य आइतबार ५९ हजार ड सय कायम गरि..

सून पाँच वर्षयताकै महंगो, दशैंको समयमा किन बढ्यो मुल्य?
सून पाँच वर्षयताकै महंगो, दशैंको समयमा किन बढ्यो मुल्य?

काठमाडौं । सूनको पछिल्लो समय पाँच वर्षयताकै महंगो भएको छ । शुक्रबार र शनिबार सूनको मुल्य प्रतितोला ६० हजार रुपैयाँ रहेको सूनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।..