चीनले हस्तक्षेप गर्न खाेज्याे माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनामा, अायाेजनाले गुहार्‍याे सरकारलार्इ

नेपालपाना प्रकाशित: २०७५-३-२६ गते | 6554 पटक हेरिएको
चीनले हस्तक्षेप गर्न खाेज्याे माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनामा, अायाेजनाले गुहार्‍याे सरकारलार्इ

काठमाडाैँ । माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाले काम गरिरहेकाे नदिमा चीनले हस्तक्षेप गर्न खाेजेपछी अायाेजनाले सरकारलार्इ गुहारेकाे छ। ‘पिकिङ रन अफ दि रिभर’ प्रणलीमा बन्न लागेको यो आयोजनाले असर पर्ने भन्दै माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाले विद्युत विकास विभागलाई सहयाेगकाे लागि पत्र लेखेको छ ।

चीनकाे कम्पनीले  पनि साेही  नदीलार्इ प्रयाेग गरी माथिल्लो मर्स्याङ्दी -२ जलविद्युत आयोजना निर्माण गर्न खाेजेपछि  माथिल्लो  मर्स्याङ्दी ‘ए’ विभागलाई सहयाेगकाे लागि पत्र लेखेको हाे ।

यसरी हेर्दा  चिनियाँ लगानीमा बन्न लागेको माथिल्लो मर्स्याङ्दी-२ जलविद्युत आयोजना निर्माण सुरु नहुँदै विवादमा तानिन पुगेकाे छ। एउटै नदीमा दुई चिनियाँ लगानीका आयोजना बीच विवाद हुने संकेत देखिएकाे छ।

माथिल्लो मर्स्याङ्दी-‘ए’ को प्रवर्द्धक सिनोहाइड्रो-सगरमाथा पावर कम्पनीले ६ सय मेगावाटको आयोजनालाई ‘पिकिङ रन अफ रिभर’ (पीआरओआर) प्रणालीमा बनाउँदा आफ्नो आयोजना सञ्चालनका लागि पानी नपुग्ने भन्दै पत्र लेखेको हो ।

माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजना ५० मेगावाट आयोजना सन् २०१७को जनवरीबाट सञ्चालनमा आएको हो । कम्पनीले अहिले माथिल्लो मस्र्याङ्दी-२ कै प्रस्तावित क्षमता र मोडलमा निर्माण भए आफ्नो आयोजना प्रभावित हुने दावी गरेको छ ।

त्यसैले आफ्नो आम्दानी घटेर लगानी खेर जाने अवस्था आउने कम्पनीले बताएको छ । कम्पनीले नयाँ बन्न लागेको आयोजनाले आफूलाई असर नगर्ने ग्यारेन्टी मागेको छ ।

माथि नदीलाई थुन्दै छोड्दै गर्दा बनिसकेको आयोजना प्रभावित हुने अवस्था रहेको दावी सिनोहाइड्रो-सगरमाथा पावरको छ ।

हिमताल हाइड्रोपावरबाट प्रवर्द्धित माथिल्लो मर्स्याङ्दी-२ आयोजनालाई हाल लगानी बोर्डले सहजीकरण गरिरहेको छ । आयोजनालाई सरकारले अहिले उत्पादनको प्रमाणपत्र (जेनेरसन लाइसेन्स) दिन लागेको छ । यो लाइसेन्स जारी भएलगत्तै आयोजना निर्माणको काम सुरु हुनेछ ।

सूचना अधिकारी निशा रिजालले बनिसकेको आयोजनालाई असर नगर्ने गरी माथिल्लो मर्स्याङ्दी-२ बन्नु पर्ने बताइन् । त्यसको लागि समन्वय गर्न भन्दै हामीले लगानी बोर्डलाई जानकारी गराएका छौं,’ रिजालले भनिन्,’यस्ता विषयहरुको सम्बोधन गरेर आयोजना बन्छ ।’


सरकारको असफलतामाथि टोपबहादुर रायमाझीको घुमाउरो व्यङग्य, दिए यस्तो दनक !
सरकारको असफलतामाथि टोपबहादुर रायमाझीको घुमाउरो व्यङग्य, दिए यस्तो दनक !

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा आेली नेतृत्वको सरकार रकेट जस्तै स्पिडमा जाने भन्दै 'पिक..

'नेटवर्क आर्क ब्रिज' निर्माणमा मोटो रकम झ्वाम पार्दै पप्पुको चरम ढिलासुस्ती !
'नेटवर्क आर्क ब्रिज' निर्माणमा मोटो रकम झ्वाम पार्दै पप्पुको चरम ढिलासुस्ती !

काठमाडाैं । नेपाल मै पहिलो पटक बन्न लागेको 'नेटवर्क आर्क ब्रिज'को निर्माणमा समेत पप्पु कन्ट्रक्सनले ढिलासुस्ति गर्दै आएको पाइएको छ ।  ठेक्काको मिति सकिए पनि ति..

पोखरामा छठ पर्वको तयारी शुरु
पोखरामा छठ पर्वको तयारी शुरु

पोखरा । यमपञ्चक पर्व सम्पन्न हुनासाथ पोखरामा छठ पर्व मनाउनेहरु उत्साहका साथ तयारीमा जुटेका छन् ।  पोखरी, तलाउ, नदी, खोला वा जलाशय भएको क्षेत्रमा यो पर्व मनाइने गरिएकाल..

आइतबार सार्बजनिक बिदा
आइतबार सार्बजनिक बिदा

बनियानी । झापाको दमक नगरपालिकाले आइतबार फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।  नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने निर..