डा. केसीलाई काठमाण्डौ झिकाउने  यस्तो छ प्रधानमन्त्री ओलीको तयारी !

नेपाल पाना प्रकाशित: २०७५-३-२७ गते | 6898 पटक हेरिएको
डा. केसीलाई काठमाण्डौ झिकाउने  यस्तो छ प्रधानमन्त्री ओलीको तयारी !

काठमाण्डौ । १२ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाण्डौ ल्याउने विषयमा प्रधानमन्त्री केपी ओलीले छलफल सुरु गरेका छन् ।
आफ्ना माग पूरा नभएसम्म अनशन बसिरहने अडान लिएर जुम्लामा अनशन बसिरहेका केसीको अवस्था जटिल बन्दै गएपछि ओलीले काठमाण्डौ ल्याउने तयारी गरेका हुन् ।

ओलीले यस विषयमा वालुवाटारमा विभिन्न सरोकारवाला पक्षलाई बोलाएर छलफल गरेको बताइएको छ ।

केही दिनअघिसम्म केसीको माग पूरा गर्न नसकिने भन्दै अडान लिएका प्रधानमन्त्री ओलीले चौतर्फी दबाबपछि केसीको स्वास्थ्य अवस्थाप्रति चिन्ता देखाएका हुन् ।

केसीको जीवनरक्षाको माग गर्दैे मुलुकभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले बुधबारदेखि आन्दोलन गर्ने भएका छन् ।

चिकित्सकको छाता संस्था नेपाल चिकित्सक संघले देशभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आ–आफ्नो स्वास्थ्य संस्थामा बुधबारदेखि विरोध कार्यक्रम संचालन गर्न आव्हान गरेको हो ।

यता चिकित्सा क्षेत्र सुधारसम्बन्धी माग राखेर जुम्लामा आमरण अनशनरत डा. केसीले आफू वार्ताका लागि तयार रहेको बताएका छन् ।

वार्ताका लागि गोविन्द केसी तयार नभएको सरकारी भनाइ प्रकाशमा आइरहेका बेला केसीले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेका छन् । उनले आफू वार्ताका लागि सधैं तयार रहेको भन्दै सरकारलाई यसको गृहकार्यमा जुट्न आग्रह गरेका छन् ।

केसीले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “यतिका दिनसम्म संवेदनहीन र गैरजिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हामी कुनै पनि बेला वार्ताका लागि तयार छौं ।”

केसीले सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने समेत प्रष्ट पारेका छन् ।

दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी सोच्न पनि उनले सरकारलाई सुझाएका छन् ।

चिकित्सा शिक्षा ऐन तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत माग राखेर जुम्लामा डा। केसी अनशन बसेको आज १२ दिन पुगेको छ । उनको स्वास्थ्य बिग्रिँदै गएको छ ।


सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त

सदूरपश्चिम प्रदेशमा भर्खरै बर्खास्त गरिएका सामाजिक विकास मन्त्री दीर्घ सोडारीको ठाँउमा कृष्ण सुवेदी नियुक्त हुने भएका छन् । प्रदेश इन्चार्ज भीम रावलको निर्देशनमा हटाइएका मन..

फाल्गुनन्दको जन्मजयन्तीमा यस्तो छ प्रधानमन्त्रीको सन्देश !
फाल्गुनन्दको जन्मजयन्तीमा यस्तो छ प्रधानमन्त्रीको सन्देश !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि शुरु गर्नुभएको अभियान आज पर्यन्त स्मरणीय रहेको बत..

धरमरायो कम्युनिस्ट सरकार, आफ्नै दलका यी शीर्ष नेताले थाले ओली फाल्ने तयारी !
धरमरायो कम्युनिस्ट सरकार, आफ्नै दलका यी शीर्ष नेताले थाले ओली फाल्ने तयारी !

काठमाडौं । सांसद बन्ने बाटोमा केपी ओली बाधक बनेको चालपाएपछि वामदेव गौतमले पनि नयाँ चाल चलेका छन् । अझै पनि सांसद बन्ने चाहना गौतमको मनबाट हराएको छैन । गौतमको सांसद बन्ने योजना..

प्रदेश मन्त्रीको जिप दुर्घटना, तीनजना घाइते
प्रदेश मन्त्रीको जिप दुर्घटना, तीनजना घाइते

कैलाली । कैलाली जिल्लामा जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेशका चढ्ने गरेको बा २ झ ३१२५ नम्बरको गाडी शुक्रबार राति पौने ९ बजे गौरीगंगा नगरपालिका&nd..