आतंकवादी होदाको भोली अदालतमा पेशी हुँदै, छुटाउन कसले रिझाउँदै छ अदालत र सरकारलाइ ?  

नेपाल पाना प्रकाशित: २०७५-३-२७ गते | 30534 पटक हेरिएको
आतंकवादी होदाको भोली अदालतमा पेशी हुँदै, छुटाउन कसले रिझाउँदै छ अदालत र सरकारलाइ ?  

बारा । कलैया निवासी समसुल होदा पाकिस्तानी आतंकवादी समूहसँग मिलेर भारतविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी डेढ वर्षदेखि  जिल्ला कारागार बारामा राखेर अनुसन्धान गरिरहेको छ ।

डेढ वर्षको अन्तरालमा अनुसन्धानकै दौरान प्रहरीले अदालतबाट पटक पटक म्याद थप गराउँदै अनुसन्धानलार्इ निरन्तरता दिएको थियो।

प्रहरीको अनुसन्धान पश्चात भोली बिहीबार जिल्ला अदालतमा  होदाको पेशी रहेको उच्च स्रोतले बताएको छ।  स्रोतका अनुसार उक्त पेशीमा होदालार्इ आरोप मुक्त गरार्इ छुटाउन अन्तराष्ट्रिय शक्ति लगायत देश भित्रै रहेका उच्च गिरोहले सरकारदेखि अदालतलार्इ रिझाउने काम जुटेको छन्। त्यो गिरोह यदि होदालार्इ छुटाउन सफल भयो भने नेपालमा पुनस् आतंकवादी समुहहरु विस्तार हुने निश्चित नै देखिएको छ।

त्यसैले सरकारले समेत फेला परिएको प्रमाणको आधारमा सजाय दिलाउन कदम चाल्नु पर्ने देखिएको छ।

कलैया नगरपालिका ८ का होदालार्इ प्रहरीले २०७३ माघ २५ गते पक्राउ गरेको थियो । उनी पक्राउ पर्नुभन्दा एक वर्षअघि दुबई गएका थिए। प्रहरीले अथक प्रयास  होदालार्इ पक्राउ गर्न सफल भएको थियो ।

मलेसिया,इराक आवतजावत गरिरहने होदा शरतसिंह भण्डारीको तत्कालिन पार्टी राष्ट्रिय मधेस समाजवादी पार्टीको तर्फबाट संविधान सभाको दोस्रो निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेको समेत पक्राउ परेपछि प्रहरीले पत्रकार सम्मेलनमा खुलाएको थियो। निर्वाचनमा पराजित भए पनि उनी दुबई जानु अगाडिसम्म राजनीतिमा सक्रिय थिए। 

भारतको रेल्वे ट्रयाकमा बम पड्काउने योजनामा संलग्न देखिएका होदाको पाकिस्तानी सम्पर्कमा रहेको समेत प्रहरीले पत्ता लगायो। प्रहरीले अनुसन्धानको क्रममा होदाको सम्पर्क पाकिस्तानमा रहेका सफी नामका पाकिस्तानी नागरिकसँग रहेको खुल्यो। सफीले होदालाई पैसा पठाएको र उनले त्यही पैसा अर्को समूहलाई दिएर भारत बिहारको घोडासनमा रहेको रेल्वे ट्रयाकमा विष्फोट गराउने प्रयास गरेको देखिएको प्रमाण फेला परको प्रहरीले जनाएको छ ।

प्रहरीले होदासँगै कलैया–नगरपालिका–१० का ३५ वर्षीय सुमो चालक मोजाहिर अन्सारी, आपराधिक कार्यमा फोन सम्पर्क भएका व्यक्ति कलैया–४ का २४ वर्षीय आशिष सिंह र २३ वर्षीय उमेश कुर्मीलाई सार्वजनिक गरेको थियो ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

राजदुतमा सिफारिस भएका उप्रेती नेपालका यसकारण 'एपी जे अब्दुल कलाम' हुन !

प्रदेश २ मा मुख्यमन्त्री राउतको योजना लोकप्रिय बन्दै, बिपक्षीहरुको बिरोध कायमै

सरकारलाई सर्बोच्च अदालतको अर्को ठुलो झट्का, के मान्लान त दुईतिहाइको शक्तिशाली सरकारले?

देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !

ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)

अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?

बाढीपहिरो र डुबानबाट रु १२ करोड क्षति, ओली सरकारका मन्त्रीहरुको फाइभ स्टारमा मस्ती !

सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास

काठमाडौँ । २०४० सालमा स्थपना भएको पप्पु कन्ट्रक्सनले आर्थिक चलखेल गरी अहिले देशभरिको नै ठेक्का हात पार्ने गरेका छन् । देशभरिको ठेक्का हात परेर समयमा काम नगर्नु र जुन काम गर..

गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?

काठमाडौं । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद एवम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय नेत्री नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् ।..

यी हुन् सरकारी खर्चमा फाइभस्टार होटेलमा फूटवल हेर्ने कम्युनिष्ट मन्त्रीहरु !

काठमाडौं । तराई मधेश लगायत देशका विभिन्न ठाउँहरुमा जनता बाढी पहिरोले पिडित छन् भने यता सरकारका मन्त्रीहरु सरकारी खर्चमा मौजमस्ती गर्दै गरेको प्रमाण फेला परेको छ।  सुशा..


साेझाेलार्इ हेपेकाे भन्दै गगन थापाले प्रधानमन्त्रीलाई संसदमै यसरी थर्काए
साेझाेलार्इ हेपेकाे भन्दै गगन थापाले प्रधानमन्त्रीलाई संसदमै यसरी थर्काए

काठमाडौँ । नेपाली कांग्रेसका नेता सा‌ंसद गगन थापाले कसैको आवाजलाई नदबाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । उनले संख्या गनेर कसैलार्इ काखा कसैलार्इ पाखाको..

७ नं प्रदेशका मन्त्रीले मन्त्रालयमै राष्ट्रिय झण्डाको अपमान गरेपछि यसरी भयो हंगामा !
७ नं प्रदेशका मन्त्रीले मन्त्रालयमै राष्ट्रिय झण्डाको अपमान गरेपछि यसरी भयो हंगामा !

काठमाडाैँ । प्रधामन्त्री केपी अाेली नेतृत्वकाे प्रदेश सरकारमा यस्ता मन्त्री छन् जसलार्इ झण्डा झुण्याउन समेत अाउँदैन् । प्रदेश ७ को सामाजिक विकास मन्त्रालयको भवनमा नेपाली राष्ट..

नेविसंघले निषेधित क्षेत्र ताेड्दै अाेलीलार्इ दियाे कडा टक्कर, अाेलीले गुहारे गृहमन्त्रीलार्इ
नेविसंघले निषेधित क्षेत्र ताेड्दै अाेलीलार्इ दियाे कडा टक्कर, अाेलीले गुहारे गृहमन्त्रीलार्इ

काठमाडौँ। सरकारले काठमाडाैँमा लगाएकाे निषेधित क्षेत्रमा नेपाल विद्यार्थी संघले निषेधज्ञा ताेडेकाे छ। काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै निषेधज्ञा ताेडेकाे हाे। सरकारले प्रदर्..

लोकमान ढाल्ने ‘साहसी’ वकिलको निशानामा अब ओली, आयो डरलाग्दो चेतावनी
लोकमान ढाल्ने ‘साहसी’ वकिलको निशानामा अब ओली, आयो डरलाग्दो चेतावनी

काठमाडौं । डा गोविन्द केसीको अनशन र सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकबारे कानूनी वृत्तमा समेत बहस सुरु भएको छ। तानाशाही प्रवृति देखाएका शक्तिशाली लोकमान सिंह कार्कीलाई पर..