डा. केसीलार्इ साथ दिने चिकित्सक संघलार्इ याेगेशले दिए यस्ताे चुनाैति, संघमा खैलाबैला

नेपालपाना प्रकाशित: २०७५-३-२७ गते | 20668 पटक हेरिएको
डा. केसीलार्इ साथ दिने चिकित्सक संघलार्इ याेगेशले दिए यस्ताे चुनाैति, संघमा खैलाबैला

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले जायज मागलाई सकारात्मक रुपमा लिन सकिने बताएपनि डा. केसीले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले लगानी गरेको कलेजलाई सम्बन्धन नदिने खेल खेलेको आरोपसमेत लगाए ।

बुधबार अायाेजित एक कार्यक्रममा आक्रोषित हुँदै भट्टराईले भने,“फलानो मेडिकल कलेजलाई सम्बन्धन देउ, ढिस्कानोलाई नदेउ भन्ने अधिकार गोविन्द केसीलाई कसले दियो ? देशभर नेपाली कांग्रेसका नेताहरुले १८ वटा मेडिकल कलेज खोल्दा चुप लागेर बस्ने, नेकपाका नेताहरुको कलेजले सम्बन्धन पाउने बेलामा अनशन बस्ने ? मनमोहनसँग के दुश्मनी छ ?”

भट्टराईले थप्दै भने,“मेडिकल कलेज सञ्चालन गर्ने नेपाली कांग्रेसका नेताहरु चाँही राम्रो अनि नेकपाका नेताले मेडिकल कलेज खोल्न खोज्दा चाँही माफिया ?”

अहिलेसम्म खुलिसकेका मेडिकल कलेजको पनि छानबिन गर्नुपर्ने भट्टराईको तर्क छ । संसदीय छानबिन समिति बनाएर सबै मेडिकल कलेजलाई छानबिनको दायरामा ल्याइने भट्टराईले बताए ।

माथेमा प्रतिवेदन सुझाबमात्रै भएकाले हुबहु त्यसैका आधारमा नियम बनाउनुपर्छ भन्ने कुरा जायज नभएको उनको भनाई छ ।

नेपाल चिकित्सक संघले केसीको मागप्रति समर्थन जनाउँदै आन्दोलन गरेकामा भट्टराइले आपत्ति जनाएका छन् । “गोविन्द केसीलाई लडाएर अनशन बस्न लगाउने अनि आफू आन्दोलन गर्ने ? अरुको जीवनमाथि किन खेलवाड ? सक्नुहुन्छ भने तपाईहरु आफै अनशन बस्नुस् ।” उनले चुनौति दिए ।


सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त

सदूरपश्चिम प्रदेशमा भर्खरै बर्खास्त गरिएका सामाजिक विकास मन्त्री दीर्घ सोडारीको ठाँउमा कृष्ण सुवेदी नियुक्त हुने भएका छन् । प्रदेश इन्चार्ज भीम रावलको निर्देशनमा हटाइएका मन..

फाल्गुनन्दको जन्मजयन्तीमा यस्तो छ प्रधानमन्त्रीको सन्देश !
फाल्गुनन्दको जन्मजयन्तीमा यस्तो छ प्रधानमन्त्रीको सन्देश !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि शुरु गर्नुभएको अभियान आज पर्यन्त स्मरणीय रहेको बत..

धरमरायो कम्युनिस्ट सरकार, आफ्नै दलका यी शीर्ष नेताले थाले ओली फाल्ने तयारी !
धरमरायो कम्युनिस्ट सरकार, आफ्नै दलका यी शीर्ष नेताले थाले ओली फाल्ने तयारी !

काठमाडौं । सांसद बन्ने बाटोमा केपी ओली बाधक बनेको चालपाएपछि वामदेव गौतमले पनि नयाँ चाल चलेका छन् । अझै पनि सांसद बन्ने चाहना गौतमको मनबाट हराएको छैन । गौतमको सांसद बन्ने योजना..

प्रदेश मन्त्रीको जिप दुर्घटना, तीनजना घाइते
प्रदेश मन्त्रीको जिप दुर्घटना, तीनजना घाइते

कैलाली । कैलाली जिल्लामा जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेशका चढ्ने गरेको बा २ झ ३१२५ नम्बरको गाडी शुक्रबार राति पौने ९ बजे गौरीगंगा नगरपालिका&nd..