प्रमद्वारा विदेशी साहित्यकारको सम्मानमा रात्रीभोज

रासस प्रकाशित: २०७५-३-३० गते | 1362 पटक हेरिएको
प्रमद्वारा विदेशी साहित्यकारको सम्मानमा रात्रीभोज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन —२०७५ का सहभागी विदेशी साहित्यकारहरुको सम्मानमा आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोजको आयोजना गर्नुभयो । 

प्रधानमन्त्री ओलीले आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा आयोजित तीन दिनसम्म चल्ने सम्मिलनका क्रममा विदेशी साहित्यकारहरुको नेपाल बसाइ सुखमय रहने अपेक्षा व्यक्त गर्दै सम्मिलनको सफलताको कामना गर्नुृभयो । 

प्रधानमन्त्री ओलीले आज अपराह्न सो सम्मिलनको उद्घाटन गर्नुभएको थियो । सम्मिलनकै पहिलो दिन आज जमलस्थित राष्ट्रिय नाचघरमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । 

सम्मिलनमा भारतको गुवाहाटी, उत्तराखण्ड, सिक्किम, कोलकाता, हिमाञ्चल प्रदेश, देहरादुन, दार्जिलिङ, वाराणसी, विहार, सिलाङलगायतका स्थानका साहित्यकारहरुको सहभागिता रहेको छ । 

सम्मिलनको दोस्रो दिन शनिबार हिमवत्खण्डका संस्कृति र सभ्यतासम्बन्धी कार्यपत्रहरुको प्रस्तुति, बहुभाषिक कवि गोष्ठी, सांस्कृतिक कार्यक्रम र हास्यव्यङ्ग्य साँझ हुनेछ । 


सडक दुर्घटनामा दुई जनाको मृत्यु, सात घाइते
सडक दुर्घटनामा दुई जनाको मृत्यु, सात घाइते

रामेछाप – रामेछाप नगरपालिका–२ खरानेपाखामा शनिबार साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।  मृत्य..

दशैंका दिन हराए पत्रकारका छोरा, प्रहरी परिचालन
दशैंका दिन हराए पत्रकारका छोरा, प्रहरी परिचालन

काभे्रपलाञ्चोक । पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन् । सम्राट बिहान ढुंग..

कम्युनिस्ट शासनमा बढ्यो असुरक्षा, दशैंको राति खुकुरी हानेर युवकको हत्या
कम्युनिस्ट शासनमा बढ्यो असुरक्षा, दशैंको राति खुकुरी हानेर युवकको हत्या

उर्लाबारी । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट शासनमा दण्डहीनता बढ्दै गएपछि आपराधिक घटनामा पनि बढोत्तरी भएको छ । बलात्कार, हत्या, हिंसाका घटना बढिरहेका बेला..

दशैंको दिन ग्यास सिलिन्डरले लियो एक जनाको ज्यान, दुई घाइते
दशैंको दिन ग्यास सिलिन्डरले लियो एक जनाको ज्यान, दुई घाइते

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिन्डर विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका..