सप्तकोशी नदीमा पानीको बहाव बढ्दै

रासस प्रकाशित: २०७५-३-३१ गते | 1781 पटक हेरिएको
सप्तकोशी नदीमा पानीको बहाव बढ्दै

इनरुवा ।  पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । 

शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि केशी ब्यारेजको २९ वटा ढोका खुल्ला गरिएको र ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिनुभयो । 
उक्त ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक प्रतिसेकेण्डभन्दा माथि पानीको बहाव भएपछि खतराको बत्ती बालिने गरेपनि सुनसरीमा खतराको अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले राससलाई बताउनुभयो । 

कोशी ब्यारेज भएर पानी बग्ने क्षमता पाँच लाख क्युसेक प्रतिसेकेण्ड भएकाले दुई लाख क्युसेक पानीको बहाव हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको ब्यारेजको ढोका खोल्नका लागि कोशी ब्यारेज कन्ट्रोल रुमलाई निर्देशन दिइएको निरीक्षण पछि उहाँले जानकारी दिनुभयो । 


सडक दुर्घटनामा दुई जनाको मृत्यु, सात घाइते
सडक दुर्घटनामा दुई जनाको मृत्यु, सात घाइते

रामेछाप – रामेछाप नगरपालिका–२ खरानेपाखामा शनिबार साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।  मृत्य..

दशैंका दिन हराए पत्रकारका छोरा, प्रहरी परिचालन
दशैंका दिन हराए पत्रकारका छोरा, प्रहरी परिचालन

काभे्रपलाञ्चोक । पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन् । सम्राट बिहान ढुंग..

कम्युनिस्ट शासनमा बढ्यो असुरक्षा, दशैंको राति खुकुरी हानेर युवकको हत्या
कम्युनिस्ट शासनमा बढ्यो असुरक्षा, दशैंको राति खुकुरी हानेर युवकको हत्या

उर्लाबारी । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट शासनमा दण्डहीनता बढ्दै गएपछि आपराधिक घटनामा पनि बढोत्तरी भएको छ । बलात्कार, हत्या, हिंसाका घटना बढिरहेका बेला..

दशैंको दिन ग्यास सिलिन्डरले लियो एक जनाको ज्यान, दुई घाइते
दशैंको दिन ग्यास सिलिन्डरले लियो एक जनाको ज्यान, दुई घाइते

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिन्डर विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका..