अचानक चन्द्रागिरी किन पुगे प्रधानमन्त्री ओली?

रासस प्रकाशित: २०७५-३-३१ गते | 6360 पटक हेरिएको
अचानक चन्द्रागिरी किन पुगे प्रधानमन्त्री ओली?

काठमाडौँ ।  आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुट्नुभएको छ । 

प्रधानमन्त्री ओलीले आफ्नो एक साहित्यिक सिर्जनासमेत गरी कार्यक्रममा प्रस्तुत गर्ने तयारी गर्नुभएको छ भने सहभागी स्रष्टाहरुले स्थलगत अवलोकनपछि साहित्य सिर्जना गर्नुहुनेछ । 

प्रधानमन्त्री ओलीले कार्यक्रममा सङ्क्षिप्त शुभकामना मन्तव्य व्यक्त गर्दै समृद्ध नेपालका लागि हरेकले कर्मीमौरी झैँ काम गरेर देश बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल वास्तवमा गरीब नभएको र बलजफ्ती गरीब बनाइएकाले अब समृद्धिको यात्रामा लाग्नुपर्दछ भन्नुभयो । 

चन्द्रागिरिलाई पहिल्यै पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा त्यसो हुन नसके तापनि अब पर्यटकीय गन्तव्य बनेको प्रधानमन्त्रीले बताउनुभयो । 

प्रधानमन्त्री ओलीले भालेश्वर मन्दिरको दर्शन गर्नुका साथै पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गर्नुभएको थियो । (तस्बिर संलग्न छ) 


सडक दुर्घटनामा दुई जनाको मृत्यु, सात घाइते
सडक दुर्घटनामा दुई जनाको मृत्यु, सात घाइते

रामेछाप – रामेछाप नगरपालिका–२ खरानेपाखामा शनिबार साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।  मृत्य..

दशैंका दिन हराए पत्रकारका छोरा, प्रहरी परिचालन
दशैंका दिन हराए पत्रकारका छोरा, प्रहरी परिचालन

काभे्रपलाञ्चोक । पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन् । सम्राट बिहान ढुंग..

कम्युनिस्ट शासनमा बढ्यो असुरक्षा, दशैंको राति खुकुरी हानेर युवकको हत्या
कम्युनिस्ट शासनमा बढ्यो असुरक्षा, दशैंको राति खुकुरी हानेर युवकको हत्या

उर्लाबारी । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट शासनमा दण्डहीनता बढ्दै गएपछि आपराधिक घटनामा पनि बढोत्तरी भएको छ । बलात्कार, हत्या, हिंसाका घटना बढिरहेका बेला..

दशैंको दिन ग्यास सिलिन्डरले लियो एक जनाको ज्यान, दुई घाइते
दशैंको दिन ग्यास सिलिन्डरले लियो एक जनाको ज्यान, दुई घाइते

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिन्डर विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका..