सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास

नेपाल पाना प्रकाशित: २०७५-३-३२ गते | 159814 पटक हेरिएको
सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास

काठमाडौँ । २०४० सालमा स्थपना भएको पप्पु कन्ट्रक्सनले आर्थिक चलखेल गरी अहिले देशभरिको नै ठेक्का हात पार्ने गरेका छन् ।

देशभरिको ठेक्का हात परेर समयमा काम नगर्नु र जुन काम गरे त्यो कमसल खालको बस्तु प्रयोग गरेर गर्दै आएको छ, जुन कुरा हालै महालेखा नियन्त्रक कार्यालयले सार्वजानिक गरेको प्रतिवेदनले पुष्टि गरेको छ।

पप्पु कन्ट्रक्सनले १० वर्ष वित्दा पनि लिएको ठेक्को निर्माण काम सम्पन्न गर्न सकेको छैन् । तर नियमन गर्ने सम्बन्धित निकायले केही कारवाही गर्ने आँट गरेको छैन् ।

स्रोतका अनुसार पप्पु कन्ट्रक्सन संस्थापक बाबु (सांसद) हरि नारायण रौनियार पप्पु कन्ट्रक्सनकै संचालक सुमित रौनियार छोरा मिलेर आर्थिक चलखेल गरी देशभरि नै आफ्नो सिक्का जमाइरहेका छन् । पप्पु  पश्चिमसम्मको लागि पर्ने टेण्डर पप्पु कन्ट्रक्सनले भर्न छुटाउँदैन् । किनभने आर्थिक चलखेलमा जसरी पनि ठेक्का हात परी नै हाल्छन् । पप्पु कन्ट्रक्सनको लापरवाहीहरुको पर्दाफाश हुन र आलोचना हुन थालेपछि संसद रौनियारले आफ्नो संग्लनता नरहेको भन्दै पत्रकार सम्मेलन गरेर झुठो प्रचार गरेका थिए । जबकि सुमित रौनियार संसद रौनियारकै छोरा हुन् ।

केहि समय अघि गृहमन्त्री रामबहादुर थापा बादल ‘कामचोर’ ठेकेदारहरुलार्इ कारवाही गर्ने भाषण गर्दै आएका थिए। जसका लागि जिल्ला-जिल्लाबाट सूची मगाएका उनी आजभोलि जहाँ पुग्छन्, ‘कामचोर’ ठेकेदारहरुलाई जेल हाल्ने चेतावनी दिन छाड्दैनन् तर यो चेतावनी आवाजमा मात्र सिमित छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीको निर्देशनमा गृहमन्त्री थापाले यो अभियानलार्इ सेलाउँदै लगेका छन् । १० अर्ब भन्दा बढीको ठेक्का हत्याएर बसेको पप्पु कन्स्ट्रक्सनका संस्थापक रौनियार हाल उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम नेपालका तर्फ बाट पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य छन् ।  पार्टीलाई सहयोगको नाममा मोटो रकम दिएर टिकट लिएका थिए रौनियारले । 

कुनै पनि काम समयमा नगरेका र काममा सन्तोषजनक प्रगति समेत देखाउन नसकेका बरु कामको गुणस्तरीयतामाथि पटकरपटक प्रश्न उठेको छ ।

सडक बिभागका कर्मचारीहरुलाई डर र धम्की देखाउने रौनियारको पुप्पु कन्स्ट्रक्सनले ‘लोएष्ट बिडर’ बनेर सडक तथा पुलको ठेक्काहरु हात पार्छ र कहिल्यै तोकिएको समयमा काम सम्पन्न गर्दैन ।

‘पप्पुलाई बेलैमा काम भएन भनेर कारवाही गर्ने चेतावनी दिनै हुन्न, अदालत पुगेर स्टेअर्डर ल्याइहाल्छ,’ एक अधिकारीले भने, ‘पावरवाला सांसदको कम्पनी भन्ने भएपछि त झन् डिभिजनका हाकिमहरु पप्पुविरुद्ध बोल्दै बोल्दैनन् ।’

सडक विभागको तथ्यांकअनुसार सडकका अधिकांश पुलको ठेक्का पप्पु कन्स्ट्रक्सनले हात पारेको छ । सार्वजनिक खरिद ऐनमा भएको व्यवस्थालाई टेकेर उनी सबैभन्दा कम बोलकबोलसहित टेण्डर हाल्छन् । सडकका हाकिमहरु पनि उनको क्षमतामाथि प्रश्न उठाएर क्रस गर्ने आँट गर्दैनन् र पप्पुले ठेक्का पाउँछ । तर, जब ठेक्का पाएर १० प्रतिशत मोबिलाइजेशन खल्तीमा पर्छ, पप्पुले काम गर्न छाड्छ ।


पप्पु कन्ट्रक्सनको खराब रेकर्ड

सडक विभागका अधिकारीहरुका अनुसार पप्पु कन्स्ट्रक्सनले बनाउनु पर्ने सबै पुलको लम्बाइ जोड्ने हो भने सात किलोमिटर नाघ्छ । काठमाडौंको तीनकुनेको पुल होस् वा टेकु र कालिमाटीलाई जोड्ने पुल होस्, पप्पुले नै ठेक्का पाएको छ ।

पप्पु कन्स्ट्रक्सनले पर्सामा नौरन्जीया, तिलाव, बेदाहा र  हेरियाडी नदीमा पुल बनाउँदैछ । यसमध्ये नौरन्जीया र तिलाव ०७० सालमै सक्नुपर्ने थियो भने बेदाहा र हेरियाडीको निर्माण ०७३ मै । तर, अझै काम सकिएको छैन ।

रौतहटमा निर्माण हुँदै गरेको चाँदी नदी पुलको म्याद असारमा सकिँदैछ । तर, भौतिक प्रगतिले भने पुल बन्न अझै लामो समय लाग्ने देखिएको छ । रौतहटकै लमाहखोला र तरहरा झाँद्ध नदीपुल पनि म्याद गुज्रि सकेको छ ।

कञ्चनपुरको दाईजीखोला पुलमा पनि पप्पुले यस्तै लापर्वाही दोहोर्याकएको छ । यो पुल ०७४ को पुसमै निर्माण सक्ने गरी सम्झौता भएको थियो ।

पप्पु कन्स्ट्रक्सनले बाँके, सिराहा, धनुषा, सुर्खेत, सप्तरीलगायतका जिल्लामा पनि पुलका ठेक्का लिएर अलपत्र पारेको विभागका अधिकारीहरु बताउँछन् ।

हुलाकी मार्गमा पर्ने झापाको कन्काई पुलको निर्माणमा पनि पप्पुको लापरवाही कायमै छ । २०७२ जेठ मसान्तसम्ममा निर्माण सक्नुपर्ने पुल अझै बनिसकेको छैन । त्यस्तै सिन्धुली–सिन्धुलीको कमला नदीमा पक्की पुल निर्माण कार्य अलपत्र परेको छ ।

सिन्धुलीको दुधौली नगरपालीका वडा नम्बर ३ मा विगत करिब ८ वर्ष अघिदेखि निर्माण कार्य सुरु भएको कमला नदीको पक्की पुलको निर्माण कार्य अलपत्र परेको हो ।

बि.सं. २०६७ मा  पप्पु कन्ट्रक्सनले निर्माणको जिम्मा लिएको सो पक्की पुल बि।सं २०७३ सालमा सम्पन्न गर्ने पप्पु कन्ट्रक्सन र नेपाल सरकारबीच सहमती भएको थियो । तर  निर्माण समय अवधीी सकिदा समेत पुलको निर्माण कार्य सम्पन्न भएको छैन ।

पुलसँगै सडकको अवस्था पनि त्यस्तै छ । कम्पनीले पर्साको सिर्सिया सुख्खा बन्दरगाह९परवानीपुर सडकसहित दुई वटा खण्ड निर्माणको ठेक्का पनि लिएको छ । हुलाकी राजमार्गको एउटा खण्डमा डेढ अर्बको ठेक्का पनि पप्पुकै जिम्मामा छ ।

समयमा काम नसक्ने तथा गुणस्तरीयता कायम गर्न नसक्ने ठेकेदार कम्पनीका रुपमा आलोचित बन्दै आएको छ पप्पु कन्स्ट्रक्सन। सडक विभागका अधिकारीहरु नै उक्त कम्पनीको कामप्रति असन्तुष्ट छन्। तर कालोसुचीमा राख्ने र कारबाही गर्ने आँट कसैले गर्न सकेको छैन ।

पप्पु कन्स्ट्रक्सनसँग अहिले १० अर्ब बढीको ठेक्का छ । तर, कुनै पनि काम न समयमा भएको छ, न प्रगति सन्तोषजनक छ । बरु कामको गुणस्तरीयतामाथि पटक-पटक प्रश्न उठेको छ ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

श्रममन्त्री बिष्टले गरे सनसनी पूर्ण खुलासा, 'अब कतार जान एक रुपैयाँ पनि तिर्नु पर्दैन'

गृहमन्त्री थापाले सुन तस्करी बारे सुशासन समितिलार्इ दिएको जवाफ सरासर झुठ, प्रहरीले नै झुठको यसरी गरे पर्दाफास !

डा. केसीको एउटा माग पुरा नहुँदै फेरि उठाए यस्तो अर्को मुद्दा, के फेरि बस्लान अनसन?

नुवाकोट बस दुर्घटना अपडेट: ५७ घाइते, ८ जनाको अवस्था गम्भिर

बाढीले अनामनगर र बिजुली बजार प्रभावित

साउन २४ को एक निर्णयले नेकपामा ल्यायो यस्तो उथलपुथल, उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष सम्मले कुनै पद नपाउने

प्रचण्ड यसकारण उत्तर कोरियाको भ्रमण स्थागित गरेर जादैँछन भारत, खुल्याे भित्री रहस्य!

म अत्मसमर्पण गरेको होइन् भन्दै राज्यमन्त्री शर्माले गरे असई विकको हत्या बारे सनसनी पूर्ण खुलासा!

काठमाडौँ । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आफू फरार अपराधी नभएको दाबी गरेका छन् । सोमबार जिल्ला अदालत..

प्रकाण्डका छाेराले सर्वाेच्चकाे साथ पाएपछि अाेलीलार्इ दिए यस्ताे काउण्टर !

काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव नेतृत्व समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रवक्ता प्रकाण्डलाई ४८ घन्टाभित्र अ..

ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल

काठमाडौँ । पार्टी एकिकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई दुईवटा विषयले बेला–बेलामा झस्काइ रहेको हुन्छ । पहिलो घटना– एमाले&n..

यी सात राजनैतिक दलसँग मिलेर काँग्रेसले गर्यो ठुलो आन्दोलनको घोषणा, तनावमा परे ओली !

काठमाडौं । नेपाली कांग्रेससहित सात राजनीतिक दलले कर वृद्धिको विरोधमा चितवनमा आन्दोलन थालेका छन्। रत्ननगर नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले आइतब..


प्रचण्ड छोरी रेणुमाथि धावा बोल्ने तयारीमा अख्तियार, पद पर्‍यो धारापमा !
प्रचण्ड छोरी रेणुमाथि धावा बोल्ने तयारीमा अख्तियार, पद पर्‍यो धारापमा !

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको छोरी रेणु दहालमाथि अख्तियार दुरुपायोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने तयारी गरिरहको छ । स्थानीय निर्वाचनमा बिबादित रहेको&n..

बादललाई रक्षामन्त्री र पोखरेललाई गृहमन्त्री बनाउने यस्तो छ प्रधानमन्त्री ओलीको 'ग्रयाण्ड डिजाइन' !
बादललाई रक्षामन्त्री र पोखरेललाई गृहमन्त्री बनाउने यस्तो छ प्रधानमन्त्री ओलीको 'ग्रयाण्ड डिजाइन' !

काठमाडौँ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पूर्व एमालेबाट मन्त्री भएकाहरुको कामको गति र रवैया देखेर सन्तुष्टा छैनन् । स्रोतका अनुसार पूर्व माओवादीबाट मन्त्..

नेकपा फुटाउन नारायणकाजीले बनाए यस्ताे ठुलाे याेजना, अाेली र प्रचण्डकाे गयाे साताे !
नेकपा फुटाउन नारायणकाजीले बनाए यस्ताे ठुलाे याेजना, अाेली र प्रचण्डकाे गयाे साताे !

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएपछि उनी पार्टीमा नरहने याेजना बनाइरहेका छन्। अध..

जोशीको निर्णय रोक्न ओलीले समितिका सदस्यलार्इ नजरबन्द गर्दै गरे यस्तो ठुलो षड्यन्त्र
जोशीको निर्णय रोक्न ओलीले समितिका सदस्यलार्इ नजरबन्द गर्दै गरे यस्तो ठुलो षड्यन्त्र

काठमाँडौ । प्रधानमन्त्री केपी ओलीले सर्वसत्तावादी र अधिकनायकवादीको झल्को देखाउँदै संसदीय सुनवार्इ विशेष समितिका सदस्यहरुलार्इ नजरबन्द  गरेका छन्। स्रोतका अनुसार समितिक..