अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?

नेपालपाना प्रकाशित: २०७५-३-३२ गते | 14329 पटक हेरिएको
अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?

काठमाडौँ । पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूत सिफारिस गर्ने सरकारको निर्णय संवैधानिक विवादमा फसेको छ।

 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रिक्त रहेको भारतको राजदूतमा उप्रेतीको नाम सिफारिस गरेको थियो।  मन्त्रिपरिषद् बैठकले गरेको  सो सिफारिस  संविधान विपरित रहेको बताइएको छ ।

 

उनको सिफारिस संविधानको धारा २४५ को उपधारा ८ को व्यवस्था विपरीत देखिएकाे कानुनका जानकारहरु बताउँछन् ।

संविधानको उक्त धारामा ‘प्रमुख निर्वाचन आयुक्त वा आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी पदमा नियुक्तिका लागि ग्राह्य हुनेछैन’ भनिएको छ। तर, उक्त उपधारामा कुनै राजनीतिक पद वा कुनै विषयको जाँचबुझ, अनुसन्धान वा छानबिन गर्ने वा कुनै विषय अनुसन्धान गरी राज्यलाई राय पेस गर्ने विषयमा भने बाधा नहुने भनिएको छ।

संविधानको उक्त व्यवस्था अनुसार प्रमुख निर्वाचन आयुक्तले राजनीतिक सिफारिसको पद लिन मिल्दैन।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले उनको नियुक्ति संविधान विपरित रहेको भन्दै  सामाजिक संजालमार्फत बहसमा ल्याएका छन् ।

संवैधानिक कानुन विज्ञ चन्द्रकान्त ज्ञवालीले उप्रेतीको सिफारिस विवादास्पद भएको टिप्पणी गरे। संविधान अनुसार, सरकारी पदका लागि निर्वाचन आयुक्त वा प्रमुख आयुक्त ग्राह्य नहुने भएकाले सरकारको सिफारिस विवादमा परेको उनको भनाइ छ।

‘राजदूत कूटनीतिक पद भए पनि राज्कोषको सञ्चित रकमबाट तलब–भत्ता खाने हुनाले यो अब संवैधानिक व्याख्याको प्रश्न भएको छ’, डा ज्ञवालीले भने, ‘जनताको करको रकम खाने अनि संविधानले ग्राह्य नहुने भनेको पदमा नियुक्ति हुनु नमिल्ने कुरा नै हो।’

तर, यो विषय सर्वोच्च अदालतको संवैधानिक इजलासबाट व्याख्या हुनुपर्ने देखिएको ज्ञवालीको तर्क छ।


मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा
मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

–लक्ष्मीप्रसाद सापकोटा  पर्वत। लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन शुरु..

मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ
मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ

ताप्लेजुङ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका केही मन्त्रीलाई हटाएर युवा नेता योगेश भट्टराईलाई मन्त्री बनाउने चर्चा चलेसँग नेता भट्टराई सरकार र पार्टीक..

राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि
राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भएको आरोप लगाएका छन् । राजतन्त्रका प्रतिक चिह्न श्रीपेच लगायतलाई संग्रहालयमा सा..

रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी
रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले दुई जना मन्त्री थप्ने तयारी थालेको छ । विभिन्न कारणबाट असन्तुष्ट रहेका माधवकुमार नेपाललाई सन्तुष्ट बनाउने उद्येश्यले ओलीले नेता..