देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !

नेपालपाना प्रकाशित: २०७५-३-३२ गते | 18501 पटक हेरिएको
देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १७ दिनदेखि चिकित्सा शिक्षा सुधारका लागि आमरण अनसनमा बसेका डा गोविन्द केसीको माग सम्बोधन गरी जीवनरक्षाका लागि तत्कालै ठोस निर्णय लिन सरकारसँग माग गरेका छन्।

डा केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै जाँदा पनि सरकार वार्ता मार्फत समाधानका लागि संवेदनशील नहुनुलाई आफूले गम्भीर रुपमा लिएको सोमबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले उल्लेख गरेका छन्।

‘डा केसीसँगको वार्ता, सरोकारवालाहरुसँगको छलफल, माथेमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन एवं आम नागरिकको भावनालाई मध्यनजर राखेर जारी त्यो अध्यादेशकै हुबहु विधेयक प्रस्तुत गर्नु नै विद्यमान जटिलताको विवेकसम्मत हल हुने मेरो दृढ निष्कर्ष छ’, देउवाद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

सभापति देउवाले शासन सञ्चालनका क्रममा सरकारले विवेक नअपनाउँदा त्यसले गम्भीर दुर्घटना निम्त्याउने भन्दै डा केसीको जीवनमा तलमाथि हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको आशंका उब्जिएको समेत टिप्पणी गरेका छन्।

 

 


मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा
मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

–लक्ष्मीप्रसाद सापकोटा  पर्वत। लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन शुरु..

मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ
मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ

ताप्लेजुङ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका केही मन्त्रीलाई हटाएर युवा नेता योगेश भट्टराईलाई मन्त्री बनाउने चर्चा चलेसँग नेता भट्टराई सरकार र पार्टीक..

राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि
राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भएको आरोप लगाएका छन् । राजतन्त्रका प्रतिक चिह्न श्रीपेच लगायतलाई संग्रहालयमा सा..

रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी
रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले दुई जना मन्त्री थप्ने तयारी थालेको छ । विभिन्न कारणबाट असन्तुष्ट रहेका माधवकुमार नेपाललाई सन्तुष्ट बनाउने उद्येश्यले ओलीले नेता..