ओलीे बैंकक जाँदा ‘रअ’का प्रमुखले दिल्ली छाडे, प्रचण्ड शसंकित

नेपाल पाना प्रकाशित: २०७४-९-२७ गते | 2267 पटक हेरिएको
ओलीे बैंकक जाँदा ‘रअ’का प्रमुखले दिल्ली छाडे, प्रचण्ड शसंकित

काठमाडौं । माओवादीसँगको पार्टी एकीकरण प्रक्रियालाई एमालेका दोस्रो तहका नेताहरूले नरुचाएपछि अध्यक्ष केपी ओली संकटमा परेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महाधिवेशन अगाडि एकीकृत पार्टीको अध्यक्ष दिन ओली नै सकारात्मक नदेखिएको बताइएको छ । एमालेका महासचिव ईश्वर पोखरेलले अहिले पनि एकीकृत पार्टीको अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री एउटै व्यक्ति रहने भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

एमालेले तीन वटै पद आफूसँग राख्ने हो भने किन पार्टी एकीकरणको अवाश्यकता प¥यो भनेर माओवादीका नेताहरूले प्रश्न गर्न थालेका छन् । मंगलबार बालकोटमा बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठकमा माओवादीका नेताहरूले पार्टी एकीकरणमा लिखित प्रतिवद्धता गरेर जान प्रस्ताव गरेका थिए । तर, ओलीले आफू उपचारका लागि बैंकक जान लागेको भनेर माओवादीको लिखित प्रतिवद्धतालाई पन्छाइदिएका थिए । माओवादीका एक नेताले भने,‘पार्टी एकीकरण गर्ने कुरा चलेको छ । पार्टी एकीकरण गर्नेबारे लिखित प्रतिवद्धता गरेर जाऔँभन्दा एमालेका नेताहरू मान्दैनन् ।’

एमालेले लिखित प्रतिवद्धता नगरेकै कारण विशेष मौकामा धोका दिने हो कि भनेर माओवादी नेताहरू डराइ रहेका छन् । एमाले र माओवादी केन्द्रको नयाँ सरकार बन्ने पक्का छ । यदि माओवादीले धोका दियो भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाललाई लिएर सरकार बनाउने योजनामा ओली छन् । एमालेका एक नेताले भने,‘माओवादीले धेरै निहूँ नखोजे पनि हुन्छ । एमालेसँग अनेक बिकल्प छन् ।’ यो कुरा थाहा पाएरै माओवादीले एमालेसँग बारम्बार लिखित प्रतिवद्धताको कुरा उठाउने गरेको हो ।

एकहप्तासम्म बैंककमा रहने ओली उताबाट कुन मुडमा फर्कने हुन् माओवादीका नेताहरू चिन्तित बनेका छन् । स्रोतका अनुसार स्वास्थ्य उपचारसँगै भारतीय गुप्तचर संस्था ‘रअ’को प्रमुख अनिल धसमानलाई भेट्न ओली बैंकक गएका हुन् । अनिल धसमान मंगलबार नयाँदिल्लीबाट बैंकक प्रथान गरेको उच्च स्रोतले जनाएको छ ।

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले केही दिन अगाडि केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोप्य रुपमा भेटेका थिए । सो भेटमा ओलीले मधेस केन्द्रित दल राजपा नेपाललाई सरकारमा ल्याइदिन आग्रह गरेको स्रोतको भनाई छ । त्यसपछि भारतले भने अनुसार आफू काम गर्न तयार रहेको ओलीले राजदूत पुरीलाई आश्वासन दिएका थिए । \

ओली बुधबार बैंकक प्रस्थान गरिसकेका छन् । 
 

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..

यी हुन मधेसमा इयुका असली एजेण्ट, जातीय द्धन्द्ध मच्चाउन जर्मन राजदूतबाट पाए खतरनाक मिसन

काठमाडौं । त्रिभुवन विश्व विद्यालयको प्राध्यापक समेत रहेका एनजिओकर्मी विजयकान्त कर्णका गतिविधिले ठूलो प्रश्न र आशंका उब्जाएको छ । मधेस र मधेसीका नाममा युरोपियन युनियनबाट ठूलो..

एमाले–कांग्रेसको सरकार बनाउने जेन्टलमेन सहमति, सञ्जय गौतमलाई उपप्रधामन्त्रीमा प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेसबीच संयुक्त सरकार बनाउनेबारेमा गृहकार्य तीब्र रुपमा चलेको छ । दुबै दलका सीमित नेताहरूले नयाँ सरकार गठनका बारेमा तयारी थालेका हुन् ।..


ओलीका विशेष दूतद्वारा प्रचण्डका माग अस्वीकार, अटेन्सन पोजिशनमा आयो एमाले 
ओलीका विशेष दूतद्वारा प्रचण्डका माग अस्वीकार, अटेन्सन पोजिशनमा आयो एमाले 

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच दुई महिना अगाडि पार्टी एकीकरणका विषयमा जुन स्प्रिटमा कुराकानी भएको थियो पछिल्लो समयमा कटुवा गतिमा वार्ता र सम्वाद हुने गरेको छ । पार्ट..

ओलीसँग माओवादी नेताको साँठगाँठ, एमालेको चंगुलमा यसरी फसे प्रचण्ड
ओलीसँग माओवादी नेताको साँठगाँठ, एमालेको चंगुलमा यसरी फसे प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी, शक्ति बस्नेत र जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टी एकीकरणका लागि ठ..

नेपालको मुटुमा चीनले गाड्यो आफ्नो देशको झण्ड, ओली सरकारले किन दियो अनुमति ?
नेपालको मुटुमा चीनले गाड्यो आफ्नो देशको झण्ड, ओली सरकारले किन दियो अनुमति ?

काठमाडौं। नेपालका दुई छिमेकी राष्ट्र भारत र चीनको बढ्दो चलखेलका कारण नेपाली जनता आजित बनेका छन् । भारतले नेपाललाई दवावमा राखेको भनेर दिनहुँ आरोप लाग्ने गरेका छन् । भारतको सार्..

एमाले–कांग्रेसको नयाँ सरकार बनाउने गोप्य गृहकार्य, भारतमा बनेको थियो खतरनाक ‘प्लान’
एमाले–कांग्रेसको नयाँ सरकार बनाउने गोप्य गृहकार्य, भारतमा बनेको थियो खतरनाक ‘प्लान’

काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार बनाउनका लागि प्रधानमन्त्री केपी ओलीले भित्री तयारी गरेको खुलासा भएको छ । ओलीले कांग्रेसका नेताहरूसँग नयाँ सरकार बनाउ..