अख्तियार प्रमुखका सहयोगीलाई किन भेटे अर्यालले, यस्तो छ ठुलो रहस्य?

युनाइटेड पोष्ट प्रकाशित: २०७४-९-२७ गते | 1126 पटक हेरिएको
अख्तियार प्रमुखका सहयोगीलाई किन भेटे अर्यालले, यस्तो छ ठुलो रहस्य?

काठमाडौं । भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा खेपिरहेका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले प्रमुख आयुक्त दिप बस्नेतका प्रेस संयोजकलाई भेटेर सेटिङ मिलाएको खुलासा भएको छ ।

अख्तियार स्रोतका अनुसार पुस २४ गते दिउसो अर्यालले प्रेस संयोजक भवानी सुवेदीसँग नक्सालको एक रेष्टुरेन्टमा गोप्य भेटवार्ता गरेका हुन् । जसलाई लिएर अख्तियारभित्र विरोध शुरु भइसकेको छ । अनुसन्धानको दायरामा तानिएका र अख्तियारमा बयान दिइरहेका जो कोहीसँग पनि अख्तियारका कुनै पनि कर्मचारीले बाहिर भेट गर्न नमिल्ने आचारसंहिता हुँदा हुँदै सुवेदीले भने अर्यालसँग भेटेर आफ्नो मर्यादाकै खिल्ली उडाएका छन् ।

निलम्वित पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की र भारतिय राजदूतावाससँग नजिक रहेका सुवेदी अख्तियारमा ‘पावरफूल’ कर्मचारीका रुपमा चिनिन्छन् । स्रोतका अनुसार आफ्नो मुद्दा मिलाईदिएको खण्डमा आकर्षक उपहार दिने आश्वसन दिएर अर्यालले सुवेदीलाई प्रभावमा पारेका छन् । मुद्दा मिलाएर अख्तियारकै आयुक्त बन्ने लक्ष्य बोकी हिंडेका अर्यालमाथि पदिय दुरुपयोग गरी झण्डै पाँच करोड रुपैयाँ (गैर कानुनी सम्पत्ति) आर्जन गरेको अभियोगमा अख्तियारले छानविन गरिरहेको छ । फागुनको पहिलो साता अख्तियार प्रमुख बस्नेतको पदावधि सकिने भएपछि रिक्त रहने आयुक्त पदमा जान अर्यालले आफ्नो मुद्दा मिलाउन खोजेका हुन् ।

पछिल्लो समय अख्तियारकै आयुक्त नविन घिमिरे आफूमाथि पूर्वाग्राहि रुपमा लागि परेको भन्दै अर्यालले घिमिरे विरुद्धसमेत विभिन्न नेताहरुकहाँ लविङ गरिरहेका छन् । बस्नेतको ठाउँमा घिमिरे प्रमुख आयुक्त बन्ने पक्का पक्की भएपछि बस्नेत जानु अघि नै मुद्दा मिलाउने डिजाइनमा अर्याल लागि परेका हुन् । उता, अर्यालले बुझाएको सम्पत्ति विवरण चित्त बुझ्दो नदेखिएपछि अख्तियारले पटक–पटक बयान लिई अर्यालमाथि अनुसन्धान गरिरहेको छ । अर्यालले हुन्डी कारोबारी पवन सरीयाको समूहसँग मिलेर अकूत सम्पत्ति आर्जन गरेको उजुरीमाथि पनि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

अर्यालले सिन्धुलीको दुधौलीदेखि भक्तपुरको सूर्यविनायकमा आफन्तको नाममा भ्रष्टाचारबाट आर्जन गरेको रकमले सयौं रोपनी जग्गा खरिद गरेको अनुसन्धानका क्रममा खुलिसकेको छ । अर्यालले सम्पत्ति विवरणमा पुख्र्यौली घर सिराहाको आँप बिक्री गरी आर्जित सम्पत्ति भनेर उल्लेख गरे पनि त्यसमा कुनै मेल नखाएको खुलेको छ । 

अख्तियारका निलम्वित पूर्व प्रमुख लोकमानसिंह कार्कीको निर्देशनमा कार्कीका सम्धी रोहीणी थपलियालाई प्रहरीको सामान खरिदको टेण्डर दिंदा कमिसन खाएको विषयमा पनि अर्यालमाथि अनुसन्धान भइरहेको स्रोतले बतायो । प्रहरीको लत्ता कपडा र रासन खरिदमा समेत ठेकेदारबाट अर्यालले एक पूर्व एआईजी मार्फत करोडौं कमिसन बुझेको पनि अनुसन्धानका क्रममा खुलेको छ । 


कम्युनिस्ट शासनमा सुनको मूल्य पनि आकाशियो, ६ वर्ष यताकै उच्च
कम्युनिस्ट शासनमा सुनको मूल्य पनि आकाशियो, ६ वर्ष यताकै उच्च

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकार मूल्यबृद्धि नियन्त्रणमा असफल भएपछि बजारमूल्य आकाशिँदै भइरहेको छ । दैनिक उपभोग्य वस्तुदेखि विलासिताका सामा..

ओली सरकारलाई बाइपास गर्दै प्रहरीपछि कर्मचारी पनि प्रदेशले आफैं भर्ना गर्ने
ओली सरकारलाई बाइपास गर्दै प्रहरीपछि कर्मचारी पनि प्रदेशले आफैं भर्ना गर्ने

काठमाडौं  । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संघीयता कार्यान्वयनमा ढिलासुस्ती गरिरहेका कारण प्रदेश सरकारहरू संघीय सरकारलाई बाइपास गर्दै अगाडि बढ्न थाल..

यसरी मनाउँदैछन शीर्ष नेताले दशै
यसरी मनाउँदैछन शीर्ष नेताले दशै

काठमाडौं । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका अधिकांश शीर्ष नेताले काठमाडौंमै दसैं मनाउने भएका छन् । दसैं मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानम..

ओली सरकारको अर्काे कुटनीतिक असफलता, छिमेकी भारतलाई मनाउन नसक्दा यत्रो घाटा
ओली सरकारको अर्काे कुटनीतिक असफलता, छिमेकी भारतलाई मनाउन नसक्दा यत्रो घाटा

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छिमेकसँग कुटनीतिक सम्बन्ध सुमधुर गर्नमा पनि असफल भएको छ । कुटनीतिक असफलताका कारण केही दिनअघि छिमेकी भारतस..