महिला अधिकारकर्मीहरुले झपारेपछि कानुनमन्त्री तामाङले ३ कराेड जनतासँग यसरी मागे माफी

नेपालपाना प्रकाशित: २०७५-४-६ गते | 25039 पटक हेरिएको
महिला अधिकारकर्मीहरुले झपारेपछि कानुनमन्त्री तामाङले ३ कराेड जनतासँग यसरी मागे माफी

काठमाडौं । कानुन,न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङले एक कार्यक्रममा महिला जमातकाे अस्मितालार्इ ठेस पुग्नेगरी दिएकाे अभिब्यक्ति प्रति प्रेस विज्ञप्ति निकाल्दै क्षमा मागेका छन्।

मन्त्री तामाङले दिएकाे उक्त अभिब्यक्तिलार्इ लिएर समाजिक संजाल लगायत राजनैतिक दलका नेता, महिला मनावअधिकारकर्मीहरुले चर्काे अालाेचना गर्न थालेपछि क्षमा मागेका हुन्।

डा. केसीकाे मागकाे विषयलार्इ जाेडेर मन्त्री तामाङले नेपालमा प्रयाप्त मेडिकल कलेज नहुँदा विदेशमा डाक्टरकाे सर्टिफिकेट लिदाँ नेपाली चेलीहरु दुर्व्यवहार सहन बाध्य भएकाे गत शुक्रबार एक विद्यालयकाे कार्यक्रममा बताएका थिए।

’नेपालमा मेडिकल कलेज खोल्न नदिने अनि जसले पढन चाहेको छ, उ बिदेश पढन जाने र त्यहा कहिल्यै नपाएकाे दु:ख विद्यार्थीहरुले पाउने गरेकाे मैले पीडित पक्षबाट नै सुनेको छु।’ डा. केसीकाे माग प्रति इंकित गर्दै उनले साेही कार्यक्रममा भनेका थिए।

त्यस्तै उनले साेही कार्यक्रममा बंगालादेशमा डाक्टर पढन जाने नेपाली छात्रा विद्यार्थीहरुले डाक्टरको प्रमाण पत्र लिन धेरै समस्या भोग्नु परेकाे बताएका थिए । साथै मन्त्री तामाङले उनीहरु पढेर मात्र डाक्टरको प्रमाण पत्र पाउन सक्दैनन र चाहेर नचाहेर पनि आफ्नो शरीर सुम्पन बाध्य हुने अभिब्यक्ति दिएका थिए।

तर मन्त्री तामाङले दिएकाे त्याे अभिब्यक्ति कसैकाे अस्मितामाथि ठेस पुग्ने उद्देश्य नरहेकाे सार्वजनिक विज्ञप्ति मार्फत स्पष्ट पारेका छन्।

 


भोलि हुँदैछ ओली सरकारका मन्त्री फेर्ने कुरा, गृहमन्त्री बादलदेखि को–को छन् खतरामा ?
भोलि हुँदैछ ओली सरकारका मन्त्री फेर्ने कुरा, गृहमन्त्री बादलदेखि को–को छन् खतरामा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्युनिस्ट सरकारप्रति दिनदिनै असन्तुष्टि बढ्दै जान थालेपछि अन्ततः सरकारका मन्त्री फेरिने भएका छन् । भोलि आईतबार हुने नेपाल कम्युनि..

ओली सरकारमाथि गम्भीर आरोप, समाजमा सरकारको यस्तो ताण्डब नृत्य !
ओली सरकारमाथि गम्भीर आरोप, समाजमा सरकारको यस्तो ताण्डब नृत्य !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुईतिहाईको दम्भ देखाएर लोकतान्त्रिक..

कांग्रेसले जितेको नगरपालिकामा थोरै खर्चमा बन्दैछ कार्यालय भवन, सरकारी बजेट बच्यो
कांग्रेसले जितेको नगरपालिकामा थोरै खर्चमा बन्दैछ कार्यालय भवन, सरकारी बजेट बच्यो

वालिङ । नेपाली कांग्रेसका नेता छायाराम खनालले नगर प्रमुख (मेयर) पदमा जितेको स्याङ्जाको भिरकोट नगरपालिकामा सरकारी बजेट बचाएर कार्यालय भवन बन्न शुरू भएको छ । आफ्नै भवन नभएर स..

बडादशैं हर्षाेल्लासपूर्वक मनाइँदै, दशमीको टीका साइत ०९ बजेर ५१ मिनेटमा
बडादशैं हर्षाेल्लासपूर्वक मनाइँदै, दशमीको टीका साइत ०९ बजेर ५१ मिनेटमा

काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरूको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ ।  दशैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज..