प्रकाशमान अब देउवालाई नमान्ने: कोइराला परिवारलाई पनि आउट गर्दै बनाए आफ्नै गुट(को-को छन् गुटमा)

युनाइटेड पोष्ट प्रकाशित: २०७४-९-२७ गते | 10006 पटक हेरिएको
प्रकाशमान अब देउवालाई नमान्ने: कोइराला परिवारलाई पनि आउट गर्दै बनाए आफ्नै गुट(को-को छन् गुटमा)

काठमाडौं । गुटको राजनीतिबाट माथि उठेर कम्युनिष्टहरूको मुकाबिला गर्नुपर्ने बेला नेपाली कांग्रेसभित्र विभिन्न थरिका गुटउपगुटहरू सल्बलाइ रहेका छन् । निर्वाचनमा पराजित भएको चन्द्र भण्डारीसहितको गुट केही मत्थर भएका बेला अर्को गुटले फेरि टाउको उठाएको छ ।

नवीन्द्रराज जोशी, प्रकाशमान सिंहसहितको अर्को गुटले नेपाली कांग्रेसमा सुद्धीकरण भनेर भेला गर्न थालेको छ । सिंहको निर्देशनमा सोमबार र मंगलबार दुई दिन काठमाडौंमा गोप्य भेला भएका छन् । सिंहको योजनामा भएको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, डा.रामशरण महतसहितका नेताहरू उपस्थित रहेका थिए । जोशीसहितका नेताहरूको यो गुटले सभापतिबाट शेरबहादुर देउवालाई हटाएर सिंहलाई अगाडि बढाउने योजना बनाएको स्रोतको भनाई छ । भेलामा देउवालाई हटाउने प्रस्ताव नआए पनि देउवाले बनाएको संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिबाट राजीनामा दिएर असहयोग गर्ने सम्मको योजना बनेको छ ।

केन्द्रीय कार्यसमितिको बैैठक बोलाउन लगाएर देउवालाई महासमिति बैठक तथा विशेष महाधिवेशनसम्मका लागि दवाव दिने योजनामा सिंह समूह लागेको छ । सिंहले अबको संसदमा आफू संसदीय दलको नेता बन्ने गरेर अर्को गुट जन्माएको आरोप पनि लागेको छ । यो गुटमा जोशी, दीपक गिरी, धनराज गुरुङ, सुरेन्द्र पाण्डे, बद्री पाण्डे, प्रदीप पौडेल, सरिता प्रसाइँसहितका नेताहरू सक्रिय भएर लागेका छन् । सिंहको समूहले भण्डारीलाई भने मिसाएको छैन ।

कोइराला परिवार निकट रहेका भण्डारीले गुट परिवर्तन गरेर देउवा गुटमा प्रवेश गरेकाले विश्वास नगरि सिंहको गुटले ‘नो इन्ट्री’ गरेको हो ।

गुल्मीबाट नराम्रोसँग पराजित भएका भण्डारीले सभापति देउवाका कारण हार्नुपरेको भनेर हिँडेका छन् । भण्डारीलाई गगन थापा, विश्वप्रकाश शर्मासहितका केही नेताहरूलाई साथ दिएका छन् ।

एमाले–माओवादी केन्द्रले कांग्रेसविरुद्ध विभिन्न लाञ्छना लगाएर कमजोर बनाउने प्रयास गरिरहेका बेला एक भएर त्यसको मुकाविला गर्नुपर्ने बेला सिंहले समेत अर्को गुट निर्माण गरेकोमा धेरैले रहस्यका साथ हेरेका छन् । यो समूहमाथि कांग्रेसको हितभन्दा पनि आफ्नो हित कसरी हुन्छ भनेर सक्रिय भएको आरोप लागेको छ ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

शिक्षामन्त्रीले मुख नखाेलेपछि नेकपाकै विद्यार्थी संगठन अाेर्लिए, मन्त्री बचाउँ भन्दै पुगे अाेली कहाँ

डा.केसीका यी कमाण्डरले मागे कानुनमन्त्रीको राजीनामा, अाेली पर्ने भए फेरि सर्वाेच्चकाे झमेलामा

सांसद नविना लामा डा. केसीकाे पक्षमा बाेल्दै अाेलीलार्इ यसरी थर्काइन्, बालुवाटारमा खैलाबैला !!!

राजपाकाे साथ पाएपछि जहाँ नेकपाकाे पकड छैन् त्यहाँ गएर कांग्रेसले गर्दैछ अाेली विरुद्ध यस्ताे खतरनाक तयारी

जागिरको लाेभमा पर्दा दुई युवती भइन् बलात्कारकाे शिकार, युवा पक्राउ अधबैसेँ फरार

महिला अधिकारकर्मीहरुले झपारेपछि कानुनमन्त्री तामाङले ३ कराेड जनतासँग यसरी मागे माफी

‘चिकित्सक केसीको अनशन : स्वास्थ्यको मौलिक हकको उल्लङ्घन’

कानून मन्त्री तामाङ भन्छन्: बंगलादेशमा अध्ययनरत्त नेपाली चेली आफ्नो शरीर बेचेर प्रमाणपत्र लिन्छन् !

काठमाण्डौ । संघिय सरकारका कानून मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा अध्यनरतरत्त नेपाली चेलीहरु आफ्नो शरीर बेचेर एमबीबीएसको प्रमाणपत्र लिने गरेको बताएका छन् । राजधानीको एक..

डा. गोबिन्द केसीमाथि प्रधानमन्त्री ओलीले लगाए यस्तो संगिन आरोप, अब के गर्लान केसी?

काठमाडौँ। २१ दिनदेखि आमरण अनशनरमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलार्इ प्रधानमन्त्री केपी अाेलीले  भारतकाे इसारमा अनशन बसेकाे अारेाप लगएका छन्। प्रम अाेलीले&nbs..

पार्टी छाेडेपछि सभामुख महराले पहिलाे पटक अाेलीलार्इ साथ दिदैँ गरे सदनमा यस्ताे निर्णय!!!

काठमाडाैँ । चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछिकाे लागि सारिएकाे छ। सभामुख कृष्ण बहादुर महराले एक..


यसकारण ओली-प्रचण्ड भए आमुने-सामुन्ने, नेकपामा बबण्डर !
यसकारण ओली-प्रचण्ड भए आमुने-सामुन्ने, नेकपामा बबण्डर !

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग जायज रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरूले बताएका छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओल..

पश्चिम सेतीमा फेरि गुहारिँदै चिनियाँ कम्पनी
पश्चिम सेतीमा फेरि गुहारिँदै चिनियाँ कम्पनी

काठमाडौं । चालू आर्थिक वर्षको बजेटमार्फत पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको सरकाले फेरि एकपटक चिनियाँ कम्पनी गुहार्ने भएको छ । ..

सिन्डिकेटधारी यातायात समितिको सम्पत्ति अव राष्ट्रियकरण
सिन्डिकेटधारी यातायात समितिको सम्पत्ति अव राष्ट्रियकरण

काठमाडौं । सरकारले सिन्डिकेटधारी यातायात समितिको स्वामित्वमा रहेको सबै सम्पत्ति सञ्चालन खर्च कटाएर राष्ट्रियकरण गर्ने भएको छ ।  असार ३१ गते गृहमन्त्री रामबहादुर थापा,..

सभामुख–उपसभामुख कहिलेसम्म एउटै दलको ?
सभामुख–उपसभामुख कहिलेसम्म एउटै दलको ?

काठमाडौं ३१ असार । संविधानको धारा ९१ (२) मा भनिएको छ, ‘प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।’ त्यस्तै, प्रदेशसभाको हकमा पनि स..