थाइल्याण्ड पुगेर ओलीले यसरी सम्झिए पृथ्वीनारायण शाहलाई, राजसंस्थाप्रति देखाए सम्मान

नेपाल पाना प्रकाशित: २०७४-९-२७ गते | 2287 पटक हेरिएको
थाइल्याण्ड पुगेर ओलीले यसरी सम्झिए पृथ्वीनारायण शाहलाई, राजसंस्थाप्रति देखाए सम्मान

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले पृथ्वीनारायण शाहकै कारण सबैले नेपाली भनेर गर्व गर्न पाइएको बताएका छन् ।

राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै ओलीले पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्ने बताएका हुन् । ‘विभिन्न टुक्रामा विभाजित यस भूगोललाई एकीकरण गरेर नेपालको स्वरुपमा बदल्ने योगदान तत्कालीन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा हाम्रा पिता पुर्खाहरूले गरेका हुन्’, उनले भनेका छन्, ‘जसका कारण आज हामीले नेपाली भनेर गर्व गर्न पाएका छौं ।

इतिहासको यस संरचनालाई बेलाबखतमा विभिन्न तत्वहरूले विखण्डन गर्न पनि नखोजेका होइनन् ।’ ओलीले भनेका छन्, ‘तर नेपालीहरूले यस्ता प्रयासलाई सजिलै परास्त गरेर अखण्ड नेपालको रुपमा कायम राखेका छन् ।’ ओलीले अझै पनि नेपाललाई विभिन्न नाममा विखण्डन गर्न खोज्ने तत्वहरू रहेको बताएका छन् । उनले भने, ‘विखण्डनकारी तत्वहरू कमजोर भइसकेका छन् ।’


मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा
मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

–लक्ष्मीप्रसाद सापकोटा  पर्वत। लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन शुरु..

मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ
मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ

ताप्लेजुङ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका केही मन्त्रीलाई हटाएर युवा नेता योगेश भट्टराईलाई मन्त्री बनाउने चर्चा चलेसँग नेता भट्टराई सरकार र पार्टीक..

राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि
राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भएको आरोप लगाएका छन् । राजतन्त्रका प्रतिक चिह्न श्रीपेच लगायतलाई संग्रहालयमा सा..

रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी
रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले दुई जना मन्त्री थप्ने तयारी थालेको छ । विभिन्न कारणबाट असन्तुष्ट रहेका माधवकुमार नेपाललाई सन्तुष्ट बनाउने उद्येश्यले ओलीले नेता..