चिसोका कारण तीन वर्षीय बालकको मृत्यु

रासस प्रकाशित: २०७४-९-२७ गते | 3827 पटक हेरिएको
चिसोका कारण तीन वर्षीय बालकको मृत्यु

गौशाला । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा बुधबार चिसोका कारण एक तीनवर्षीय बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मनरा सिस्वा नगरपालिका–५ बस्ने रञ्जीत ठाकुरका छोरा तीन वर्षीय मोहित ठाकुर रहेको मृतकका हजुरआमा प्रेमा देवीले बताउनुभयो । 

लगातारको असहनीय जाडोकाबीच चार÷पाँच दिन अगाडि आफ्नै घर अगाडि खेलिरहेका बालक ठाकुर चिसो लागेर अचानक बिरामी भई लडेका थिए । चिसो लागेर बिरामी भएका बालक ठाकुरलाई परिवारजनले तत्कालै भारत बिहारको सीतामढी जिल्लाको पुपरी लगेर उपचार गराएका थिए । 

तर त्यहाँ पनि उनलाई सञ्चो नभएपछि भारतकै सिमरी थप उपचारका लागि लगिएको र त्यहीँको उपचार चलिरहेकै बेला बुधबार पुनः अत्यधिक चिसोले उनको श्वासप्रश्वास अवरुद्ध भएर घरमै मृत्यु भएको उनकी हजुरआमा प्रेमा देवीले बताउनुभयो । 


सावधान ! दशैंमा धेरै रक्सी खाँदा गयो ज्यान 
सावधान ! दशैंमा धेरै रक्सी खाँदा गयो ज्यान 

गोरखा । दशैंका बेला अत्यधिक मदिरा सेवनका कारण एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेका छन् । सा..

निर्मला पन्तको गाउँमा दशैं खल्लो, प्रधानमन्त्री ओली र मन्त्रीहरू रमाइलो गर्दै
निर्मला पन्तको गाउँमा दशैं खल्लो, प्रधानमन्त्री ओली र मन्त्रीहरू रमाइलो गर्दै

कञ्चनपुर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएकाले कञ्चनपुर साउन महिनादेखि शोकमा छ । बलात्कारी–हत्या पत्ता लगाउन देशभर आन्दोलन हुँदा पनि कम्युनिस्..

यी डाक्टरले गरे ओली सरकारलाई असफल घोषणा, बताए प्रचण्डदेखि माधव नेपालको विवरण
यी डाक्टरले गरे ओली सरकारलाई असफल घोषणा, बताए प्रचण्डदेखि माधव नेपालको विवरण

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफलतातर्फ उन्मुख भएको घोषणा गरेका छन् ।..

दशैंका अवसरमा सामूहिक भोज
दशैंका अवसरमा सामूहिक भोज

बलेवा । दशैंका बेला घरघरमा खसी काट्ने परम्पराको अन्त्य गर्न भन्दै जैमिनीनगरपालिका–१ जलुकेनी, अर्खलापाटाका २० परिवार सामूहिक खसी काटेर दशैं भोज गरेका छन् ।  सबैको..