किन घट्दैछन् अधिकांश जलविद्युत् कम्पनीका शेयर

रमेश लम्साल/रासस   प्रकाशित: २०७५-४-१५ गते | 1323 पटक हेरिएको
किन घट्दैछन् अधिकांश जलविद्युत् कम्पनीका शेयर

काठमाडौँ । सरकारले नेपालको पानी जनताको लगानी, घर घरमा बिजुली, जन जनमा शेयरको अवधारणा लागू गरेर सबै नेपाली नागरिकलाई शेयर उपलब्ध गराउने योजना अगाडि बढाएको छ । 

सबै नागरिकलाई शेयर दिने र जलविद्युत् आयोजनाको स्वामित्व महसुस गराउने योजना बनाए पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १९ जलविद्युत् कम्पनीमध्ये एकाध कम्पनीको मात्रै शेयर मूल्य रु ५०० भन्दा माथि छ । धेरैजसो कम्पनीको शेयर मूल्य न्यूनतम बिन्दुमा छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार चिलिमे जलविद्युत् कम्पनीको मात्रै शेयर मूल्य रु ७४० छ । यस्तै बुटवल पावर कम्पनीको मूल्य रु ४३६ छ । बाँकी रहेका १६ वटा कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ । 

गत फागुनमा थप शेयर निष्काशन गरेपछि बुटवल पावर कम्पनीको शेयरसमेत बजारमा निरन्तर ओरालो लागिरहेको छ । सरकारले सबै नागरिकलाई शेयर उपलब्ध गराउने बताइरहँदा शेयर बजारमा भने जलविद्युत् कम्पनीको उपस्थिति चिन्ता गर्नुपर्ने अवस्थामा पुगेको छ । 

नेशनल हाइड्रो पावर कम्पनीको शेयर त खरीद मूल्यभन्दा पनि तल झरेको छ । सो कम्पनीको प्रतिकित्ता शेयर रु ८६ मा खरीद बिक्री भइरहेको छ । गत वर्ष रु ६५६ मूल्यमा खरीद बिक्री भएको अपि पावर कम्पनीको शेयर हाल रु २७४ मा खरीद बिक्री भइरहेको छ । यस्तै अरुण कोबेलीको रु २५५, अरुण भ्यालीको रु १४०, बरुण हाइड्रोपावर कम्पनीको शेयर रु १४१ मूल्यमा खरीद बिक्री भइरहेको छ । 

निरन्तर ओरालो लागेको शेयर बजारमा अरु समूहजस्तै जलविद्युत् कम्पनीको शेयर मूल्य पनि ओरालो लागेको छ । यस्तो अवस्थाले ठूला लगानीकर्तालाई तत्काल बेफाइदा नभए पनि साना लगानीकर्तालाई भने समस्या पारेको छ । 

स्टकका अनुसार छ्याङ हाइड्रो पावरको शेयर रु १२८ मा खरीद बिक्री भइरहेको छ । हिमालयन पावर पार्टनरको रु २७४, खानीखोला हाइड्रो पावरको रु १०६ मा शेयर खरीद बिक्री भइरहेको छ । सो कम्पनीको शेयर गत वर्ष पनि रु २०५ बिक्री भएको थियो । 

यस्तै नेपाल हाइड्रो डेभलपमेन्टको रु १६५, न्यादी समूहको रु १६०, राधी विद्युत् कम्पनीको रु २३२, रैराङ हाइड्रोको रु १५५, रिडी हाइड्रो पावरको रु १२२, सानिम माइक्रोको रु ३१९, सिनर्जी पावरको रु ११८ र युनाइटेड मोदीको प्रतिकित्ता रु १६६ मा शेयर खरीद बिक्री भएको छ । 

शेयर बजारमा जलविद्युत् कम्पनीको शेयर नाजुक अवस्थामा नै छ । पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाले हकप्रद तथा बोनस शेयर वितरण गर्ने प्रक्रियालाई तीव्रता दिएका कारण पनि शेयर बजारमा दबाब परेको छ । 

शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर लगातार गिरावट भइरहँदा नेपाल धितोपत्र बोर्डले विभिन्न १० वटा जलविद्युुत् कम्पनीलाई गत आवमा साधारण शेयर बिक्रीका लागि अनुमति दियो । यस्तै शेयर बिक्रीको तयारीमा रहेका कम्पनीको संख्या ११ छन् । 

शेयर बजारको नियामक निकाय उक्त बोर्डले भने लगानीकर्ताले आफ्नै विवेक प्रयोग गरेर कुन कम्पनीको शेयरमा लगानी गर्ने भन्ने निक्र्योल गर्दा राम्रो हुने सुझाव दिएको छ । 

बजार घट्दैमा आत्तिने र बजार बढ्दैमा मात्तिने अवस्था नरहेको भन्दै विवेक प्रयोग गरेर शेयर खरीद गर्दा उपयुक्त हुने र बजारले नै मूल्य निर्धारण गर्ने भएकाले लगानीकर्ता नै जिम्मेवार बन्नुपर्ने बोर्डका प्रवक्ता नीरज गिरीको भनाइ छ । 

स्टकका अनुसार आज बजार २।९१ बिन्दुले घटेको छ । यस्तै क वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।५४ बिन्दुले घटेर २५१।०८ बिन्दुमा पुगेको छ । आज कूल १६३ कम्पनीको पाँच लाख ७८ हजार ९३३ कित्ता शेयर रु १६ करोड ७७ लाख ३९ हजार ६९७ मा खरीद बिक्री भएको छ । 

आज तीन उपसमूहको शेयर बढ्दा सात उपसमूहको शेयर भने घटेको छ । बैंकिङ २।२६, होटल १७।१८, निर्जीवन बीमा २४।९५, उत्पादन ५।३६ अन्य २।४६, माइक्रोफाइनान्स ५।६१, बीमा २७।६१ बिन्दुले घटेको छ । यस्तै विकास बैंक ३।११, जलविद्युत् २।९८ र फाइनान्स समूहको शेयर ०।७८ बिन्दुले बढेको छ । 

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

श्रममन्त्री बिष्टले गरे सनसनी पूर्ण खुलासा, 'अब कतार जान एक रुपैयाँ पनि तिर्नु पर्दैन'

गृहमन्त्री थापाले सुन तस्करी बारे सुशासन समितिलार्इ दिएको जवाफ सरासर झुठ, प्रहरीले नै झुठको यसरी गरे पर्दाफास !

डा. केसीको एउटा माग पुरा नहुँदै फेरि उठाए यस्तो अर्को मुद्दा, के फेरि बस्लान अनसन?

नुवाकोट बस दुर्घटना अपडेट: ५७ घाइते, ८ जनाको अवस्था गम्भिर

बाढीले अनामनगर र बिजुली बजार प्रभावित

साउन २४ को एक निर्णयले नेकपामा ल्यायो यस्तो उथलपुथल, उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष सम्मले कुनै पद नपाउने

प्रचण्ड यसकारण उत्तर कोरियाको भ्रमण स्थागित गरेर जादैँछन भारत, खुल्याे भित्री रहस्य!

म अत्मसमर्पण गरेको होइन् भन्दै राज्यमन्त्री शर्माले गरे असई विकको हत्या बारे सनसनी पूर्ण खुलासा!

काठमाडौँ । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आफू फरार अपराधी नभएको दाबी गरेका छन् । सोमबार जिल्ला अदालत..

प्रकाण्डका छाेराले सर्वाेच्चकाे साथ पाएपछि अाेलीलार्इ दिए यस्ताे काउण्टर !

काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव नेतृत्व समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रवक्ता प्रकाण्डलाई ४८ घन्टाभित्र अ..

ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल

काठमाडौँ । पार्टी एकिकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई दुईवटा विषयले बेला–बेलामा झस्काइ रहेको हुन्छ । पहिलो घटना– एमाले&n..

यी सात राजनैतिक दलसँग मिलेर काँग्रेसले गर्यो ठुलो आन्दोलनको घोषणा, तनावमा परे ओली !

काठमाडौं । नेपाली कांग्रेससहित सात राजनीतिक दलले कर वृद्धिको विरोधमा चितवनमा आन्दोलन थालेका छन्। रत्ननगर नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले आइतब..


हिमालयन बैंकमाथि तीन अर्व हिनामिना गरेको आरोप
हिमालयन बैंकमाथि तीन अर्व हिनामिना गरेको आरोप

काठमाडौं। म्याक्स मनि एस.डी.एच.डिले हिमालयन बैंकका बिरुद्धमा तीन अर्व रुपैया बिगो दाबी गरेको छ ।  रिपोर्टर्स क्लब नेपालमा म्याक्स मनि एस.डी.एच.डिका लगानीकर्ता अब्दा हमिदल..

खोटाङमा एडिबी सहयोग
खोटाङमा एडिबी सहयोग

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा खानेपानी व्यवस्थापनका लागि एशियाली विकास बैंक ९एडिबी० ले सहयोग गर्ने भएको छ । नगरप्रमुख दीपनारायण रिजाल र खानेपानी तथा ढल विकास वि..

राष्ट्रिय वाणिज्य बैंकमा टोकन प्रणाली शुरु
राष्ट्रिय वाणिज्य बैंकमा टोकन प्रणाली शुरु

भद्रपुर । राष्ट्रिय वाणिज्य बंैक भद्रपुरले भीड व्यवस्थापन गर्न आजदेखि टोकन प्रणाली शुरु गरेको छ । ग्राहकले सहजरुपमा रकम झिक्ने, जम्मा गर्ने र अन्य बंैकिङ कार्य सरल र..

लगानीकर्तालाई १० वर्षसम्म कर छुट
लगानीकर्तालाई १० वर्षसम्म कर छुट

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग विधेयक, २०७५ को मस्यौदा तर्जुमा गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सैद्धान्त..