अन्ततः गोविन्द केसीलाई ‘पावर’ देखाउँदा यसरी आफै फसे गोपाल पराजुली

नेपाल पाना प्रकाशित: २०७४-९-२७ गते | 5516 पटक हेरिएको
अन्ततः गोविन्द केसीलाई ‘पावर’ देखाउँदा यसरी आफै फसे गोपाल पराजुली

काठमाडौं । आफ्नोविरुद्धमा राजीनामा र छानविन माग गर्दै अनसन बसेका डा गोविन्द केसीलाई ‘पावर’ देखाउन खोज्दा प्रधानन्यायाधीश गोपाल पराजुली आफै फन्दामा परेका छन्। अनसन बसेका केसीलाई अदालतको अवहेलनामा रातारात पक्राउ गर्न लगाउदा पराजुली आफै फसेका हुन्।

सर्वोच्च अदालतले गोविन्द केसीको माग सम्बोधन गर्दै बुधबार प्रधानन्यायाधीश पराजुलीमाथि छानविन अघि बढाउने आदेश दिएको छ। साथै विवादास्पद पराजुलीका दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको हो।

वरिष्ठ चिकित्सक डा गोविन्द केसीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइपछि जारी भएको आदेशमा भनिएको छ, ‘प्रधानन्यायाधीश गोपाल पराजुलीको काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट लिइएका दुवै नागरिकताको प्रतिलिपि झिकाउनुका साथै न्याय परिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिसमेत झिकाउनू।’

सर्वोच्च अदालतमा मंगलबार बयान लिँदा प्रधानन्यायाधीश पराजुलीको दुई वटा नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा डा केसीले प्रश्न उठाएका थिए। आदेशमा अदालतले प्रा डा शशी शर्मालाई आइओएमका डिनमा पुनःबहाली गर्न प्रधानन्यायाधीश पराजुली सहभागी भएर गरेको फैसलाको मिसिलसमेत झिकाउन भनिएको छ।

अदालतले सो मुद्दामा सुनुवाइ सकिएपछि डा केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिँदै भनिएको छ, ‘डा केसीको स्वास्थ्य अवस्थालाई समेत विचार गरी हाललाई उहाँलाई साधारण तारेखमा राखी निजको तर्फबाट बहसमा उपस्थित हुन वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीको जिम्मामा छोडी बाँकी कारबाही गर्नू।’

डा. केसीद्वारा जारी प्रेस विज्ञप्तिमा विभिन्न कुरा लेखिएको भए तापनि अदालतमा बयान दिँदा अदालतप्रति सम्मान दर्शाउने अभिव्यक्ति उनबाट आएको सन्दर्भलाई जोड्दै इजलाशले आफ्नो आदेशमा डा केसीकै बयानलाई यसरी उद्धरण गरेको छ, ‘न्याय सम्पादन गर्ने न्यायाधीशलाई म सम्मान गर्दछु, अदालतलाई घृणा हुने अभिव्यक्ति मैले दिएको छैन, स्वच्छ आलोचना मात्र नहेरी अदालतल लगायतलाई घच्घच्याएको हुँ।’

सर्वोच्च अदालतले डिनमा प्रा डा शशी शर्मालाई आइतबार पुनःबहाली गरेको उल्लेख गर्दै सो फैसलाको विरुद्धमा सोमबारदेखि अनशन शुरु गरी प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग गरेका थिए। सोमबार नै सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा डा केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे सर्वोच्च अदालतमा उपस्थित गराउन गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा आदेश दिएको थियो।

डा केसीलाई प्रहरी हिरासतबाट ८ः४५ बजे नै सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो। बयान दिन भने निकै ढिलाइ भएका कारण मंगलबार डा केसीसँग बयानमात्र लिएर समयाभावका कारण सुनुवाइ शुरु हुन सकेको थिएन । बुधबार सुनुवाइ शुरु भएर आदेश आएको हो।

उनले तारेख बुझेर गएका छन् भने आगामी फागुन ८ गते पेशी तोकिएको छ। उनले अनशनलाई भने आफ्नो माग पूरा नभएसम्म निरन्तरता दिने घोषणा गरेका छन्।


बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह
बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह

काठमाडाैं । नेपालमा जन्मिएका गाैतम बुद्धलाई भारतमा जन्मिएको भन्ने कार्यक्रममा सांसद गयो भन्दै नेपालका केहि मानिसहरु भारतको गुलामी गर्न खोजेको भन्दै कपिलवस्तु क्षेत्र..

डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !
डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !

काठमाडाैं । विखण्डनकारी सिके राउतले देश टुक्र्याएरै छाड्ने चेतावनी दिएका छन् ।  मधेस नेपाल होइन र हुने छैन भन्दै हिडेका राउतले आफूलाई युरोपिएन यूनियनको बलियो साथ रहेका..

मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !
मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !

काठमाडाैं । तराई मधेसमा मुस्लिम र मधेसी समुदायमा एकलाैटी राज गर्ने भित्री गेमप्लान रचेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले 'मदरसा बोर्ड' गठन गर्न प्रद..

उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !
उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी सचिवालय बैठक केहि समयकालागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आय..