प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन : मन्त्री थापा

रासस प्रकाशित: २०७४-९-२७ गते | 318 पटक हेरिएको
प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन : मन्त्री थापा

पोखरा : कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई नभएको बताउनु भएको छ । 

पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा लक्ष्मी ग्रुपको मुख्य प्रायोजनमा आजदेखि पोखरा प्रदर्शनी केन्द्रमा शुरु भएको सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेलाको उद्घाटन गर्दै उहाँले प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ मत संख्याले मात्रै तोक्न सक्ने अधिकार संविधानमा रहेको स्पष्ट पार्नुभयो । 

प्रदेश सभाको कार्य सञ्चालन गर्ने स्थान तोक्ने र प्रदेश प्रमुखको नियुक्ति भने छिट्टै गरिने बताउँदै मन्त्री थापाले निजी क्षेत्रलाई अलग गरेर मुलुकको समृद्धि र आर्थिक विकास सम्भव नहुने विचार व्यक्त गर्नुभयो । 

प्रदेशसभाका सदस्य विन्दुकुमार थापाले मेला र महोत्सवले आर्थिक क्रियाकलापलाई चलायमान बनाउने बताउँदै भ्रष्टाचारलाई अन्त्य गरी अब सत्ता पक्ष र प्रतिपक्षी विकास र समृद्धिको बाटोमा अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, महासंघको प्रदेश नं ४ का अध्यक्ष सञ्जीवबहादुर कोइराला, प्रजिअ तारानाथ अधिकारी, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशी लगायतका वक्ताले मेलाको उपादेयतामाथि प्रकाश पार्नुभएको थियो । 

‘लगानीको संवद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ शुरु गरिएको सो मेला माघ ८ गतेसम्म चल्नेछ । मेलामा औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, बैंकिङ, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधि प्रदर्शनी, दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, लत्ताकपडा, शृङ्गारका सामानको बिक्री–वितरणका लागि २९० वटा स्टल राखिएको छ । 

मेलालाई थप आकर्षण बनाउन लोकदोहोरी, नेपालका ख्यातिप्राप्त ब्याण्डको सांगीतिक कार्यक्रम, लोक नृत्य, रत्यौली प्रतियोगिता जस्ता कार्यक्रम पनि राखिएको छ । टिकट काटेर मेला अवलोकन गर्ने एकजना भाग्यशाली दर्शकलाई मेलाको अन्तिम दिन लक्की ड्रबाट एकवटा कार दिइने बताइएको छ । 

ओली र हिमानी बिहीबार नेपाल आउँदै, बैंककमा के–के भयो कुराकानी ? यस्तो छ खुलाशा !

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह बिहिबार स्वदेश फर्कदै छिन् । गत पुस २१ गते थाइल्याण्डको बैंकक गएकी उनी बिहीबार फर्कन लागेकी हुन् । छोरी पूर्णिकालाई लिएर उनी बैंकक गएक..

यी हुन कांग्रेसका प्रदेश प्रमुख, एमाले–माओवादी आउट, उपेन्द्र–महन्थले पाए एक–एक प्रदेश प्रमुख

काठमाडौं । सरकारले आज प्रदेश प्रमुख नियुक्त गर्दै छ । संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा प्रमुख नियुक्त हुन लागेका हुन् । यसबारेमा..

अजित डोभलको आग्रहमा ओली बैंककमा रोकिए, दिल्लीमा रेणुको ‘खिचडी’ पाक्दै

काठमाडौं । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारका सदस्य अजित डोलको आग्रहमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको बैंकक बसाइ लम्बिएको खुलासा भएको छ । भारतीय प्रधानमन्त्रीका..

ओलीे बैंकक जाँदा ‘रअ’का प्रमुखले दिल्ली छाडे, प्रचण्ड शसंकित

काठमाडौं । माओवादीसँगको पार्टी एकीकरण प्रक्रियालाई एमालेका दोस्रो तहका नेताहरूले नरुचाएपछि अध्यक्ष केपी ओली संकटमा परेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल &lsq..

पूर्वराजा शाह र योगी आदित्यनाथबीच राजसंस्था र हिन्दू राष्ट्रबारे नयाँ सहमति!

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका नेता योगी आदित्यनाथबीच भेटवार्ता भएको छ। भारतको लखनउस्थित सरकारी निवासमा भएको भेटवा..

एमालेको मतले चुनाव जितेका राजेन्द्र महतोले प्रधानमन्त्री देउवामाथि लगाए यस्तो आरोप

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले यो सरकार संविधान विपरितको बाटोमा हिडेको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा संघियता मास्ने काममा लागे..


माघ १३ गतेबाट नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो यातायात रोकिने
माघ १३ गतेबाट नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो यातायात रोकिने

चितवन : रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम गरिने भएको छ ।  जिल्ला..

राष्ट्रपतिद्वारा प्रथम क्रिकेट महोत्सव उद्घाटन
राष्ट्रपतिद्वारा प्रथम क्रिकेट महोत्सव उद्घाटन

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम क्रिकेट महोत्सवको आज यहाँ उद्घाटन गर्नुभयो ।  मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित उक्त महोत्सवको उ..

आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहमा निर्भर
आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहमा निर्भर

रत्ननगर, चितवन : राष्ट्रिय योजना आयोगले सरकारको ७.२ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने जनाएको छ ।  आयोगका सदस्य डा सुनिल..

प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान
प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान

काठमाडौँ : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । आयोग प्राङ्गणमा आज आयोजित स..