पुनः निर्माणका बेला इँट्टाको अभाव, भूकम्पपीडित प्रभावित, बढ्दै इँट्टाको मूल्य

रासस प्रकाशित: २०७४-९-२७ गते | 304 पटक हेरिएको
पुनः निर्माणका बेला इँट्टाको अभाव, भूकम्पपीडित प्रभावित, बढ्दै इँट्टाको मूल्य

भक्तपुर : भूकम्पले भत्काएका घरको पुनः निर्माण तीव्र गतिमा भइरहेको समयमा उत्पादन नहुँदा इँट्टाको चरम अभाव भएको छ । इँट्टा उत्पादन नहुँदा बन्दै गरेका घरको निर्माण रोकिएकाले भूकम्प प्रभावित यसको प्रत्यक्ष मारमा परेका छन् । 

सूर्यविनायक नगरपालिका–१ का मोहन बस्नेतले घर बनाउन शुरु गरे पनि इँट्टा अभाव भएपछि काम रोकिएको बताउनुभयो । इँट्टा नपाइएको, सिमेन्ट र डण्डीको पनि मूल्य वृद्धि गर्दा घर निर्माणमा समस्या आएको उहाँले गुनासो गर्नुभयो । 

भक्तपुर नगरपालिका–३ का पुरुषोत्तम श्रेष्ठले पनि घर निर्माणका क्रममा इँट्टा अभावका कारण केही समयलाई निर्माण कार्य रोक्नु परेको बताउनुभयो । माघको पहिलो सातामा इँट्टा पाइन्छ भनेकाले इँट्टा कुरेर बसेको उहाँको भनाइ थियो । यी दुई पात्र नमूना मात्रै हुन् । भक्तपुरमा इँट्टा सकिएपछि उपत्यकाभित्रकै भवन निर्माणमा असर परेको बताइएको छ । भक्तपुर इँट्टा व्यवसायी संघले भवन निर्माणको गति तीव्र भएको र स्टक इँट्टा सकिएकाले इँट्टाको अभाव भएको जनाएको छ । 

संघका अध्यक्ष नातिभाई ह्याम्बाले पुनः निर्माणको काम धेरै भएको र उपत्यका बाहिरबाट समेत अत्यधिक इँट्टाको माग भएकाले यस वर्ष चाँडै नै स्टक सकिँदा इँट्टाको अभाव भएको बताउनुभयो । कोइलाको अभावका कारण नयाँ इँट्टा उत्पादनमा समेत प्रभाव परेको बताउँदै उहाँले नयाँ इँट्टा उत्पादन शुरु भएसँगै इँट्टाको अभाव कम हुने उल्लेख गर्नुभयो । इँट्टा व्यवसायीका अनुसार अब उत्पादन हुने इँट्टाको मूल्यसमेत वृद्धि हुनेछ । कोइलाको मूल्य वृद्धि भएको, ढुवानी भाडामा वृद्धि भएको र नगरपालिकालाई कर तिर्नुपर्ने भएकाले इँट्टाको मूल्य वृद्धि हुने व्यवसायीको भनाइ छ । 

संघका अध्यक्ष ह्याम्बाले कोइला र ढुवानी भाडासमेत वृद्धि भएकाले व्यवसायी मारमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षसम्म भारतबाट कोइला प्रतिटन २४ हजारमा ल्याउने गरिएकामा यस वर्ष भारतमा कोइलाको मूल्य वृद्धि भएको छ, यस वर्ष कोइला प्रतिटन २७ हजार ५०० तिर्नु परेको छ, गत वर्षसम्म कोइला ल्याउँदा ढुवानी २४ हजार थियो, यस वर्ष ढुवानीमा समेत वृद्धि गरेर एक टिप कोइलाको ढुवानी रु ३८ हजार लिएका छन् ।” 

विगतका वर्षमा इँट्टा भट्टाले जिविसलाई रु ७५ हजार बुझाए पुग्नेमा यस वर्षदेखि प्रत्येक इँट्टा भट्टाले नगरपालिकालाई वार्षिक रु तीन लाख करसमेत तिर्नुपर्ने भएकाले यसको मार व्यवसायीले खेप्नु परेको बताउँदै उहाँले इँट्टामा मूल्य वृद्धि हुनसक्ने बताउनुभयो । इँट्टा अभाब र मूल्य वृद्धि हुने भएपछि यसको प्रत्यक्ष मार भूकम्प प्रभावितले समेत व्यहोर्नुपर्ने भएको छ ।

ओली र हिमानी बिहीबार नेपाल आउँदै, बैंककमा के–के भयो कुराकानी ? यस्तो छ खुलाशा !

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह बिहिबार स्वदेश फर्कदै छिन् । गत पुस २१ गते थाइल्याण्डको बैंकक गएकी उनी बिहीबार फर्कन लागेकी हुन् । छोरी पूर्णिकालाई लिएर उनी बैंकक गएक..

यी हुन कांग्रेसका प्रदेश प्रमुख, एमाले–माओवादी आउट, उपेन्द्र–महन्थले पाए एक–एक प्रदेश प्रमुख

काठमाडौं । सरकारले आज प्रदेश प्रमुख नियुक्त गर्दै छ । संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा प्रमुख नियुक्त हुन लागेका हुन् । यसबारेमा..

अजित डोभलको आग्रहमा ओली बैंककमा रोकिए, दिल्लीमा रेणुको ‘खिचडी’ पाक्दै

काठमाडौं । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारका सदस्य अजित डोलको आग्रहमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको बैंकक बसाइ लम्बिएको खुलासा भएको छ । भारतीय प्रधानमन्त्रीका..

ओलीे बैंकक जाँदा ‘रअ’का प्रमुखले दिल्ली छाडे, प्रचण्ड शसंकित

काठमाडौं । माओवादीसँगको पार्टी एकीकरण प्रक्रियालाई एमालेका दोस्रो तहका नेताहरूले नरुचाएपछि अध्यक्ष केपी ओली संकटमा परेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल &lsq..

पूर्वराजा शाह र योगी आदित्यनाथबीच राजसंस्था र हिन्दू राष्ट्रबारे नयाँ सहमति!

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका नेता योगी आदित्यनाथबीच भेटवार्ता भएको छ। भारतको लखनउस्थित सरकारी निवासमा भएको भेटवा..

एमालेको मतले चुनाव जितेका राजेन्द्र महतोले प्रधानमन्त्री देउवामाथि लगाए यस्तो आरोप

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले यो सरकार संविधान विपरितको बाटोमा हिडेको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा संघियता मास्ने काममा लागे..


प्रदेशको केन्द्र र प्रमुखबारे आन्दोलन नगर्न एमालेको कडा निर्देशन
प्रदेशको केन्द्र र प्रमुखबारे आन्दोलन नगर्न एमालेको कडा निर्देशन

काठमाडौं । एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले काम चलाउनका रुपमा अस्थायी राजधानी तोकेकाले आन्दोलनमा सहभागी नहुने एमालेका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।&nb..

आफ्नै हैसियत भुलेर उपराष्ट्रपति पुन किन पुगे ओलीलाई भेट्न बालकोट ?
आफ्नै हैसियत भुलेर उपराष्ट्रपति पुन किन पुगे ओलीलाई भेट्न बालकोट ?

काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनले एमालेका अध्यक्ष केपी ओलीलाई बालकोटमा पुगेर भेटेका छन् । बिहीबार बैंककबाट उपचार गरेर फर्किएका ओलीलाई शुक्रबार बिहान उपराष्ट्रपति पुनल..

प्रदेशमा समानुपातिकबाट को-को बने सांसदहरू ? (नामसहित)
प्रदेशमा समानुपातिकबाट को-को बने सांसदहरू ? (नामसहित)

काठमाडौं । निर्वाचन आयोगले प्रदेससभा सदस्य निर्वाचनतर्फको समानुपातिकको विजयी उम्मेदवारको नामावली सार्वजानिक गरेको छ । आयोगले बिहीबार विजयी उम्मेदवारको नामावली सार्वजनिक गरे..

बलायरले कांग्रेस छाड्छु भनेपछि देउवाले कसैले नसोँचेको जवाफ, के थियो त जवाफ ?
बलायरले कांग्रेस छाड्छु भनेपछि देउवाले कसैले नसोँचेको जवाफ, के थियो त जवाफ ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् भौतिक योजना, पूर्वाधार तथा यातायातमन्त्री वीरवबहादुर बलायरले प्रदेशको केन्द्र तोकिएको विषयमा प्रधानमन्त्री शेरबहादुर देउ..