सांसद निरु पालले झुठ बाेलेकाे पुष्टि भएपछि यसरी थर्काए गृहमन्त्री थापाले, बालुवाटारमा हंगामा!

प्रकाशित: २०७५-४-२३ गते | 74053 पटक हेरिएको
सांसद निरु पालले झुठ बाेलेकाे पुष्टि भएपछि यसरी थर्काए गृहमन्त्री थापाले, बालुवाटारमा हंगामा!

काठमाडौँ । प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई चल्दाचल्दै उनको पक्षमा कोही व्यक्तिले सांसद निरु पाललाई राती साढे आठ बजे तरकारी बजारमै कञ्चटमा पेस्तोल ताकिएको कुरा एक हप्ता पुग्दा पनि कतैबाट पुष्टि हुन सकेको छैन ।

निरुले सुनाएअनुसार उनको कोठा रहेको मध्यबानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसपछाडि साउन १५ गते साँझ साढे ८ बजे अज्ञात हतियारधारी व्यक्तिहरु मोटरसाइकलमा आए । दीपकराज जोशी संसदीइ सुनुवाइबाट अनुमोदन नभएमा ठीक नहुने भनी कञ्चटमा पेस्तोल तोके । यदी उनी अनुमोदित भएनन् भने ‘बा’ केपी ओलीले पनि तलाईं बचाउन सक्दैनन् भने । र, उनीसँग रहेको आइफोन लुटियो । यस्ता खबर पाउनासाथ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल टेकुस्थित प्रहरी परिसरका हाकिमहरुसँग कराए, किन अहिलेसम्म केही पत्ता नलगाएको भनेर । प्र

हरी परिसरले एसपी रामदत्त जोशीको संयोजकत्वमा एउटा छानविन टोली बनाएको छ । तर, केही पत्ता लागेको छैन । प्रहरीले अनुसन्धान थाल्यो, लुटिएको भनिएको मोबाइलको लोकेशनबाट । उनले जुन समय आफ्नो अन्तिममा १४० नम्बर भएको मोबाइल लुटियो भनेकी छिन्, अनुसन्धानमा त्यो मोबाइल लुटियो भनिएको ७–८ घण्टासम्म आफ्नै कोठातिर चलेको देखिन्छ । नियमित नम्बरहरुमा फोन गएको छ, आएको पनि छ । तर, जब भोलिपल्ट यो कुरा उठाइन् र सर्वत्र जिज्ञासाको विषय बन्यो, यसपछि मोबाइल स्वीच अफ हुन्छ ।

प्रहरीले निरुलाई आशंका गरेको व्यक्ति कोही छन् कि भनेर सोध्दा केही नाम दिइन् । त्यसमध्ये केही व्यक्तिलाई प्रहरीले फेला पार्यो, सोध्यो, तर पुष्टि भएन । केही व्यक्तिले विदेश जाने चाहनामा आर्थिक कारोबार गरेको र पैसा फिर्ता माग्दा उल्टै हप्कीदप्की सुन्नुपरेको बताए । त्यस्ता व्यक्तिलाई पक्राउ गर्दा उल्टै निरुलाई अप्ठेरो पर्ने भएपछि प्रहरीले छाड्यो । निरुले दाबी गरेको घटनाका न प्रत्यक्षदर्शी निस्किएका छन् न त दोषी नै । त्यसो त निरु पालले झुठो बयान दिएको यो पहिलो घटना होइन । २०५६ सालमा उनी नेपाली काँग्रेसबाट तत्कालिन नेकपा एमालेमा प्रवेश गरेकी हुन् ।

कर्ण चन्द युवा संघको जिल्ला अध्यक्ष हुँदा उनले निरुलाई महिला विभागको सदस्य बनाएका थिए । तर, दुई वर्षअघि एक दैनिक पत्रिकारलाई २०५० सालमा दासढुंगा दुर्घटनामा निधन भएका मदन भण्डारीसँगको नक्कली संस्मरण सुनाइन् । यसबापत धेरै आलोचना भयो । युवा संघमा ४० वर्षको उमेर हद तोकिएपछि नागरिकता लुकाएर र जन्ममिति ढाँटेर अध्यक्ष भएकी थिइन्, आजको जनआस्था साप्ताहिकमा समाचार प्रकाशित छ ।


सडक दुर्घटनामा दुई जनाको मृत्यु, सात घाइते
सडक दुर्घटनामा दुई जनाको मृत्यु, सात घाइते

रामेछाप – रामेछाप नगरपालिका–२ खरानेपाखामा शनिबार साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।  मृत्य..

दशैंका दिन हराए पत्रकारका छोरा, प्रहरी परिचालन
दशैंका दिन हराए पत्रकारका छोरा, प्रहरी परिचालन

काभे्रपलाञ्चोक । पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन् । सम्राट बिहान ढुंग..

कम्युनिस्ट शासनमा बढ्यो असुरक्षा, दशैंको राति खुकुरी हानेर युवकको हत्या
कम्युनिस्ट शासनमा बढ्यो असुरक्षा, दशैंको राति खुकुरी हानेर युवकको हत्या

उर्लाबारी । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट शासनमा दण्डहीनता बढ्दै गएपछि आपराधिक घटनामा पनि बढोत्तरी भएको छ । बलात्कार, हत्या, हिंसाका घटना बढिरहेका बेला..

दशैंको दिन ग्यास सिलिन्डरले लियो एक जनाको ज्यान, दुई घाइते
दशैंको दिन ग्यास सिलिन्डरले लियो एक जनाको ज्यान, दुई घाइते

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिन्डर विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका..