अख्तियारले अाेलीलार्इ पनि छाेडेन, घुससहित यसरी परे पक्राउ, अब कसले बचाउँला ?

रासस प्रकाशित: २०७५-४-२३ गते | 21567 पटक हेरिएको
अख्तियारले अाेलीलार्इ पनि छाेडेन, घुससहित यसरी परे पक्राउ, अब कसले बचाउँला ?

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्वेक्षक हरि ओली र कार्यालय सहयोगी अमरलाल श्रेष्ठलाई आज रु १५ हजार घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।

जग्गाको कित्ताकाट ट्रेस नक्शा तयार पार्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिइरहेको भनिएको अवस्थामा आयोगको टोलीले उनीहरुलाई रकमसहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

यसैगरी आयोगले भूमिसुधार कार्यालय मोरङका नासु दामोदर खतिवडाविरुद्ध बिगो रु ३० हजार जरिवाना र कैद सजाय माग दावी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आमाका नाममा मोहियानी हक कायम भएको जग्गा बाँडफाँड गरी नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग आयोगको कार्यालय इटहरीले खतिवडालाई रु ३० हजार घुसबापतको रकम लिइसकेको भनिएको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कसूर गरेको देखिन आएको जनाई आरोपपत्र दायर गरिएको प्रवक्ता दंगालले जानकारी दिए ।


मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा
मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

–लक्ष्मीप्रसाद सापकोटा  पर्वत। लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन शुरु..

मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ
मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ

ताप्लेजुङ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका केही मन्त्रीलाई हटाएर युवा नेता योगेश भट्टराईलाई मन्त्री बनाउने चर्चा चलेसँग नेता भट्टराई सरकार र पार्टीक..

राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि
राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भएको आरोप लगाएका छन् । राजतन्त्रका प्रतिक चिह्न श्रीपेच लगायतलाई संग्रहालयमा सा..

रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी
रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले दुई जना मन्त्री थप्ने तयारी थालेको छ । विभिन्न कारणबाट असन्तुष्ट रहेका माधवकुमार नेपाललाई सन्तुष्ट बनाउने उद्येश्यले ओलीले नेता..