उम्मेदवारको नामले राजपामा विवाद

नयाँ पत्रिकाबाट प्रकाशित: २०७४-९-२८ गते | 965 पटक हेरिएको
उम्मेदवारको नामले राजपामा विवाद

निर्वाचन आयोगको कमजोरीका कारण राजपाभित्र समानुपातिक उम्मेदवारको नामले विवाद बढेको छ । राजपाले प्रदेशमा पाएको समानुपातिक संख्याअनुसार बन्दसूचीका नाम पठाए पनि आयोगले अस्वीकार गरेपछि समस्या बढेको हो । राजपाले प्रदेश २ मा पाएको १० सिटमा नाम बुझाएको थियो । तर, ती नाम बन्दसूचीको क्रमसंख्याअनुसार नभएको भन्दै आयोगले सच्याउन पत्र पठाएको छ । 

राजपाले बुझाएको बन्दसूचीमा ५४ जनाकै नाम मधेसी समुदायबाट क्लस्टरबाट मात्रै राखेको थियो । त्यसमा मधेसी, थारू, दलित, खसआर्य, मुस्लिमको क्लस्टर छुट्टाछुट्टै बनाउनुपर्ने थियो । दलले एउटै समुदाय वा जातीय क्लस्टरको सूची बुझाए पनि आयोगले दललाई सच्च्याउन निर्देशन दिनुपर्ने थियो । त्यस्तो केही नगरी आयोगले सबै सूची मधेसी कोटालाई स्वीकार गरेको थियो ।

राजपाले प्रदेश २ मा १० सिटमा सात महिला र तीनजना पुरुषलाई मधेसी कोटाभित्रका पनि दलित, मुस्लिम, थारू र मधेसीको क्लस्टर मिलाएर नाम पठाएको थियो । तर, आयोगले सूचीमा मधेसी मात्रै भएको भन्दै १० सिटमा सातजना महिला र तीनजना पुरुषलाई क्रमसंख्याअनुसार पठाउन पत्र पठाएको छ ।

तर, राजपाभित्र अहिले आयोगको पत्रअनुसार गर्ने कि नगर्ने भन्नेमा विवाद छ । मधेसका दलित, मुस्लिम र थारू आयोगको पत्र स्वीकार गर्न नहुने बताइरहेका छन् भने केही मधेसी नेता भने आयोगको पत्रअनुसार नामावली पठाउनुपर्ने तर्क गरिरहेका छन् ।

तर, राजपाभित्र अहिलेसम्म समानुपातिकको नाम टुंगो लगाएर आयोगमा बुझाउनेबारे निर्णय हुन नसकेको महासचिव केशव झाले जानकारी दिए । झाका अनुसार आयोगको गलत कदमविरुद्ध अदालत जाने कि भन्नेबारे पनि छलफल भइरहेको छ ।

त्यसैगरी, प्रदेश नम्बर ५ को बन्दसूचीमा पनि थारू र खर्सआयलाई मधेसी लेखिएको छ । समानुपातिकमा पाएको एक सिटमा खसआर्य महिला पठाउनुपर्ने हुन्थ्यो । तर, राजपाले मुस्लिम पुरुष मोहम्मद कादिर शेख पठाएको छ । सूचीअनुसार विना पन्तको नाम पठाउनुपर्ने थियो ।

त्यस्तै, प्रदेश नम्बर ७ पुरुषलाई महिला भनिएको छ । समानुपातिक बन्दसूचीमा अम्वादत्त तिवारी पुरुष हुन् तर थारू महिलामा नाम लेखिएको छ र कृष्णकुमारी राना महिला हुनुपर्नेमा पुरुषमा सूचीकृत गरिएको छ । राजपाले उक्त प्रदेशमा पाएको एक सिटमा सुनीता चौधरीको नाम पठाएको थियो । तर, आयोगले उनको सट्टा क्रमसंख्याको सुरुमा रहेकी मालामाति राना पठाउन भनेको छ ।

राजपाले आयोगसँग छलफल गर्ने 
राजपा अध्यक्षमण्डलले आयोगसँग छलफल गर्न लागेको छ । राजपाका नेताहरूले दिएको जानकारीअनुसार शुुक्रबार महन्थ ठाकुरसहितको टोली आयुक्तहरूसँग छलफलका लागि जान लागेको छ । ठाकुरसहितको एक पक्ष प्रदेश २ का १० वटा सिट आयोगले दिएको निर्देशनअनुसार बन्दसूचीको क्रमसंख्याअनुसार नै पठाउने मनस्थितिमा छ ।


कम्युनिस्ट शासनमा सुनको मूल्य पनि आकाशियो, ६ वर्ष यताकै उच्च
कम्युनिस्ट शासनमा सुनको मूल्य पनि आकाशियो, ६ वर्ष यताकै उच्च

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकार मूल्यबृद्धि नियन्त्रणमा असफल भएपछि बजारमूल्य आकाशिँदै भइरहेको छ । दैनिक उपभोग्य वस्तुदेखि विलासिताका सामा..

ओली सरकारलाई बाइपास गर्दै प्रहरीपछि कर्मचारी पनि प्रदेशले आफैं भर्ना गर्ने
ओली सरकारलाई बाइपास गर्दै प्रहरीपछि कर्मचारी पनि प्रदेशले आफैं भर्ना गर्ने

काठमाडौं  । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संघीयता कार्यान्वयनमा ढिलासुस्ती गरिरहेका कारण प्रदेश सरकारहरू संघीय सरकारलाई बाइपास गर्दै अगाडि बढ्न थाल..

यसरी मनाउँदैछन शीर्ष नेताले दशै
यसरी मनाउँदैछन शीर्ष नेताले दशै

काठमाडौं । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका अधिकांश शीर्ष नेताले काठमाडौंमै दसैं मनाउने भएका छन् । दसैं मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानम..

ओली सरकारको अर्काे कुटनीतिक असफलता, छिमेकी भारतलाई मनाउन नसक्दा यत्रो घाटा
ओली सरकारको अर्काे कुटनीतिक असफलता, छिमेकी भारतलाई मनाउन नसक्दा यत्रो घाटा

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छिमेकसँग कुटनीतिक सम्बन्ध सुमधुर गर्नमा पनि असफल भएको छ । कुटनीतिक असफलताका कारण केही दिनअघि छिमेकी भारतस..