बलात्कारीलाई आजीवन काराबासको सजायको कानून बनाउने तयारी

रासस प्रकाशित: २०७५-४-२५ गते | 1092 पटक हेरिएको
बलात्कारीलाई आजीवन काराबासको सजायको कानून बनाउने तयारी

काठमाडौँ । सरकारले बलात्कारीलाई आजीवन कारावासको सजाय हुने गरी विद्यमान कानूनमा संशोधन गर्ने तयारी गरेको छ । 

बलात्कारीलाई आजीवन काराबास हुने गरी कानून संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुुगी छलफलमा रहेको महिला, बालबालिका तथा समाजक कल्याणमन्त्री थममाया थापा मगरले जानकारी दिनुभयो । 

समाजमा महिला र बालिकामाथि बलात्कारको घटना बढ्दो रुपमा देखिएपछि बलात्कारीलाई आजीवन काराबास सजायको व्यवस्थासहित कानून संशोधन गर्न लागेको उहाँले बताउनुभयो । 

प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा मन्त्री थापाले बलात्कारको सजाय सम्बन्धमा कानूनमा हुन लागेको संशोधनबारे जानकारी दिँदै १० वर्ष मुनिका बालिका, क वर्गका अपांग महिला तथा ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई बलात्कार गर्नेलाई आजीवन काराबास हुने गरी कानूनमा संशोधन गर्न लागेको बताउनुभयो । 

समितिको बैठकमा सत्तापक्ष तथा प्रतिपक्ष दलका सांसदले बलात्कारीलाई कडाभन्दा कडा कानून ल्याई सजाय गर्न माग गर्ने व्यवस्था गर्न सरकारलाई सुुझाव दिनुभएको थियो । 

बैठकमा अधिकांश सांसदले समाजमा महिला र बालिका असुरक्षित बन्ने अवस्था आएकोमा चिन्ता व्यक्त गर्दै नियन्त्रणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

बालिकामाथि बलात्कार र बलात्कारपछि हत्या भएको घटनाले आक्रोशित बनाएको उल्लेख गर्दै महिला सांसदहरुले बलात्कार नियन्त्रण गर्न बलात्कारीको लिंग छेद्न गर्ने, फाँसी दिने वा आजीवन काराबास गर्ने जनदबाब आइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले कडा सजाय र कानूनले मात्र बलात्कारका घटना रोकिन गाह्रो हुने बताउँदै बलात्कार घटना रोक्न नागरिकस्तरमा जनचेतना बढाउनुपर्ने तथा स्थानीय सरकार बलियो र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । 

बलात्कारसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन भएमा समाजमा विकृति फैलाउने घटना नियन्त्रणमा आउन सक्ने विश्वास व्यक्त गर्नुभयो । 

सांसद गंगा चोैधरी, पवित्र निरौला, लक्ष्मी परियार, विमला विश्वकर्मा, विमला नेपाली, कलिला खातुनलगायतले बलात्कारीलाई कठोर दण्ड सजायको व्यवस्था गर्नका साथै आजीवन जेल चलान गर्नुपर्ने माग गर्नुभयो । 

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगको भावी कार्ययोजनाका सम्बन्धमा पनि छलफल भएको थियो । 

सो अवसरमा सांसदले समाजमा महिलाविरुद्ध हिंसाको घटना बढीरहँदा महिला मन्त्रालय र महिला आयोगले सोचेअनुरुप प्रभावकारी रुपमा काम गर्न नसकेको गुणासो गर्नुभयो । 

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

श्रममन्त्री बिष्टले गरे सनसनी पूर्ण खुलासा, 'अब कतार जान एक रुपैयाँ पनि तिर्नु पर्दैन'

गृहमन्त्री थापाले सुन तस्करी बारे सुशासन समितिलार्इ दिएको जवाफ सरासर झुठ, प्रहरीले नै झुठको यसरी गरे पर्दाफास !

डा. केसीको एउटा माग पुरा नहुँदै फेरि उठाए यस्तो अर्को मुद्दा, के फेरि बस्लान अनसन?

नुवाकोट बस दुर्घटना अपडेट: ५७ घाइते, ८ जनाको अवस्था गम्भिर

बाढीले अनामनगर र बिजुली बजार प्रभावित

साउन २४ को एक निर्णयले नेकपामा ल्यायो यस्तो उथलपुथल, उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष सम्मले कुनै पद नपाउने

प्रचण्ड यसकारण उत्तर कोरियाको भ्रमण स्थागित गरेर जादैँछन भारत, खुल्याे भित्री रहस्य!

म अत्मसमर्पण गरेको होइन् भन्दै राज्यमन्त्री शर्माले गरे असई विकको हत्या बारे सनसनी पूर्ण खुलासा!

काठमाडौँ । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आफू फरार अपराधी नभएको दाबी गरेका छन् । सोमबार जिल्ला अदालत..

प्रकाण्डका छाेराले सर्वाेच्चकाे साथ पाएपछि अाेलीलार्इ दिए यस्ताे काउण्टर !

काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव नेतृत्व समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रवक्ता प्रकाण्डलाई ४८ घन्टाभित्र अ..

ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल

काठमाडौँ । पार्टी एकिकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई दुईवटा विषयले बेला–बेलामा झस्काइ रहेको हुन्छ । पहिलो घटना– एमाले&n..

यी सात राजनैतिक दलसँग मिलेर काँग्रेसले गर्यो ठुलो आन्दोलनको घोषणा, तनावमा परे ओली !

काठमाडौं । नेपाली कांग्रेससहित सात राजनीतिक दलले कर वृद्धिको विरोधमा चितवनमा आन्दोलन थालेका छन्। रत्ननगर नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले आइतब..


श्रममन्त्री बिष्टले गरे सनसनी पूर्ण खुलासा, 'अब कतार जान एक रुपैयाँ पनि तिर्नु पर्दैन'
श्रममन्त्री बिष्टले गरे सनसनी पूर्ण खुलासा, 'अब कतार जान एक रुपैयाँ पनि तिर्नु पर्दैन'

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले अब कतार जान एक रुपैयाँ पनि तिर्न नपर्ने बताएक छन्। उनले केही समयभित्रै रोजगारीका लागि कतार जान कामदारलार्इ एक र..

बाढीले अनामनगर र बिजुली बजार प्रभावित
बाढीले अनामनगर र बिजुली बजार प्रभावित

काठमाडौँ।  धोविखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजार क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।  काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे..

साउन २४ को एक निर्णयले नेकपामा ल्यायो यस्तो उथलपुथल, उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष सम्मले कुनै पद नपाउने
साउन २४ को एक निर्णयले नेकपामा ल्यायो यस्तो उथलपुथल, उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष सम्मले कुनै पद नपाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) को एक निर्णयले उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्षले कुनै पद नपाउने उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष निराश भएका छन् । साउन २४ गते..

प्रचण्ड यसकारण उत्तर कोरियाको भ्रमण स्थागित गरेर जादैँछन भारत, खुल्याे भित्री रहस्य!
प्रचण्ड यसकारण उत्तर कोरियाको भ्रमण स्थागित गरेर जादैँछन भारत, खुल्याे भित्री रहस्य!

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तर कोरिया भ्रमणको कार्यक्रम स्थगित गरेका छन् । उत्तर कोरियाको राष्ट्रिय दिवस समारोहमा सहभागी हुन प्रचण्डला..