क्षमताभन्दा बढी कैदीबन्दी

रासस प्रकाशित: २०७५-४-२५ गते | 1050 पटक हेरिएको
क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज । बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीन सय क्षमताको कारागारमा हाल ६५८ जनालाई राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण सुरक्षा चुनौती बढेको जेलर श्यामलाल लामिछाने बताउनुहुन्छ । 

नेपालगञ्ज १० स्थित बाँके कारागारका दुई भवन र पर्खाल जीर्ण हुँदै गएका छन् । कैदीको संख्या बढेसँगै कारागारबाट निस्केको फोहर हाताभित्र फालिने र ढल निकासको पर्याप्त व्यवस्था नहुँदा वरिपरिको वातावरण दुर्गन्धित बनेको र फोहर बढी भएकाले कैदी पनि अधिक संख्यामा बिरामी भएका छन् । 

कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घनाबस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सुरक्षा चुनौती थपिएको बताएको छ । कारागारको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी खटिएका छन् । “क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घनाबस्तीको बीचमा कारागार हुनुका कारण सुरक्षा चुनौती बढेको हो” जेलर लामिछानेको भनाइ छ । 

कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० मा स्थापना गर्दाका बखत आसपासका क्षेत्रमा बस्ती नरहे पनि अहिले कारागार वरिपरि बाक्लो बस्ती छ । अहिलेको कारागार सुरक्षा र क्षमताका दृष्टिकोणले उपयुक्त नभएपछि बाँकेको गनापुरमा खुल्ला कारागार निर्माणको काम शुरु गरिएको छ । 

नौवस्तामा तीन हजार कैदीबन्दी अट्नसक्ने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ । यी दुबै कारागार निर्माण भएपछि नेपालगञ्जको मानव बस्तीको बीचमा रहेको बाँके जिल्ला कारागारलाई विस्थापित गरिने जेलर लामिछानेको भनाइ छ । १० बिघा क्षेत्रफलमा पाँच वर्षभित्र सक्नेगरी दुईवटा कारागार भवन निर्माण गर्न लागिएको हो । 

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

श्रममन्त्री बिष्टले गरे सनसनी पूर्ण खुलासा, 'अब कतार जान एक रुपैयाँ पनि तिर्नु पर्दैन'

गृहमन्त्री थापाले सुन तस्करी बारे सुशासन समितिलार्इ दिएको जवाफ सरासर झुठ, प्रहरीले नै झुठको यसरी गरे पर्दाफास !

डा. केसीको एउटा माग पुरा नहुँदै फेरि उठाए यस्तो अर्को मुद्दा, के फेरि बस्लान अनसन?

नुवाकोट बस दुर्घटना अपडेट: ५७ घाइते, ८ जनाको अवस्था गम्भिर

बाढीले अनामनगर र बिजुली बजार प्रभावित

साउन २४ को एक निर्णयले नेकपामा ल्यायो यस्तो उथलपुथल, उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष सम्मले कुनै पद नपाउने

प्रचण्ड यसकारण उत्तर कोरियाको भ्रमण स्थागित गरेर जादैँछन भारत, खुल्याे भित्री रहस्य!

म अत्मसमर्पण गरेको होइन् भन्दै राज्यमन्त्री शर्माले गरे असई विकको हत्या बारे सनसनी पूर्ण खुलासा!

काठमाडौँ । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आफू फरार अपराधी नभएको दाबी गरेका छन् । सोमबार जिल्ला अदालत..

प्रकाण्डका छाेराले सर्वाेच्चकाे साथ पाएपछि अाेलीलार्इ दिए यस्ताे काउण्टर !

काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव नेतृत्व समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रवक्ता प्रकाण्डलाई ४८ घन्टाभित्र अ..

ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल

काठमाडौँ । पार्टी एकिकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई दुईवटा विषयले बेला–बेलामा झस्काइ रहेको हुन्छ । पहिलो घटना– एमाले&n..

यी सात राजनैतिक दलसँग मिलेर काँग्रेसले गर्यो ठुलो आन्दोलनको घोषणा, तनावमा परे ओली !

काठमाडौं । नेपाली कांग्रेससहित सात राजनीतिक दलले कर वृद्धिको विरोधमा चितवनमा आन्दोलन थालेका छन्। रत्ननगर नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले आइतब..


नुवाकोट बस दुर्घटना अपडेट: ५७ घाइते, ८ जनाको अवस्था गम्भिर
नुवाकोट बस दुर्घटना अपडेट: ५७ घाइते, ८ जनाको अवस्था गम्भिर

नुवाकोटमा मिनी ट्रकलाई साइड दिँदा सडकबाट बस खसेर दुर्घटना भएको छ । जिल्लाको विदुर नगरपालिका–९ लामाटारमा बस दुर्घटना भएको हो ।  सो दुर्घटनामा ५७ जना यात्रु घाइते भएक..

ने.क.पा. विरुद्ध नेकपाकै नेताले अायाेगमा उजुरी दिएपछि अाेली र प्रचण्ड दुवै जंगिए!
ने.क.पा. विरुद्ध नेकपाकै नेताले अायाेगमा उजुरी दिएपछि अाेली र प्रचण्ड दुवै जंगिए!

काठमाडौं । केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) विरुद्ध फेरि उजुरी परेको छ। दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको हो । ऋषि..

विभागले सोध्यो ७३ उद्योगलाई स्पष्टीकरण
विभागले सोध्यो ७३ उद्योगलाई स्पष्टीकरण

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले १६ उद्योगको सामान उत्पादन तथा बिक्री वितरण बन्द गरेको छ । आर्थिक वर्ष २०७४।७५ मा मापदण्डभन्दा बाहिर गएर उद्योग सञ्चालन गरेको भन्..

रोकिराखिएकोे दुई ट्रकमा आगलागी
रोकिराखिएकोे दुई ट्रकमा आगलागी

नवलपरासी, २९ साउन  पूर्वी नवलपरासीको गैँडाकोटमा रोकिराखिएकोे दुई ट्रकमा आज आगलागी भएको छ ।  भृकुटीचोकमा रोकिराखिएको ना २ ख ८४८७ र ना २ ख २५४८ नं का ट्रकमा आगला..