राजपा नेतालाई प्रधानमन्त्री ओलीले भेट्न मानेनन्, देखियो ठुलै खतराको संकेत !

नेपाल पाना प्रकाशित: २०७५-४-२५ गते | 18186 पटक हेरिएको
राजपा नेतालाई प्रधानमन्त्री ओलीले भेट्न मानेनन्, देखियो ठुलै खतराको संकेत !

काठमाडौ ।  सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न खोज्दा ब्यस्त रहेको भन्दै समय नदिएकोमा गुनासो गरेका छन्। विगतमा गरिएको ३ बुँदे सहमतिको कार्यान्वयनबारे जानकारी लिन अध्यक्षमण्डलका सबै सदस्यहरुले प्रधानमन्त्रीलाई सामूहिक भेटेर अल्टिमेटम दिन खोज्दा भेट्न समय नदिएकोमा अक्रोशित भएका छन्।

संविधान संशोधन लगायत सरकार गठन हुँदाको समयमा भएको ३ बुँदे सहमति कार्यान्वयनबारे जानकारी लिन राजपा नेताहरुले चासो देखाएपछि समय नपाएको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले बताए ।

संविधान संशोधनलगायतका विषयमा ३ बुँदे सहमति गरेर राजपाले वर्तमान सरकारलाई सर्मथन गरेको थियो । सहमति कार्यान्वयन नभएको भन्दै गत बुधबार अध्यक्षमण्डलको वैठकले बिहीबार नै प्रधानमन्त्रीलाई भेटेर अल्टिमेटम नै दिने निर्णय गरेको थियो ।

संविधान संशोधन, मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा फिर्ता, रेशम चौधरीलाई सांसद पदको सपथ दिलाउने र मधेसको समग्र विकास निमार्णको खाकाबारे विगतमा सरकारसँग निर्णय भएको अध्यक्षमण्डलका संयोजक ठाकुरले बताए ।

राजपाका एक नेताका अनुसार सरकारले हामी सँग गरेको सहमतिलार्इ चाँडो भन्दा चाँडो निकास नदिए समर्थन फिर्ता लिने प्रबल सम्भावना रहेको बताए।
सहमति सुनवार्इ नभए समर्थन फिर्ता लिने पार्टीमा आन्तरिक छलफल समेत भइरहेको उनको भनार्इ छ।


भोलि हुँदैछ ओली सरकारका मन्त्री फेर्ने कुरा, गृहमन्त्री बादलदेखि को–को छन् खतरामा ?
भोलि हुँदैछ ओली सरकारका मन्त्री फेर्ने कुरा, गृहमन्त्री बादलदेखि को–को छन् खतरामा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्युनिस्ट सरकारप्रति दिनदिनै असन्तुष्टि बढ्दै जान थालेपछि अन्ततः सरकारका मन्त्री फेरिने भएका छन् । भोलि आईतबार हुने नेपाल कम्युनि..

ओली सरकारमाथि गम्भीर आरोप, समाजमा सरकारको यस्तो ताण्डब नृत्य !
ओली सरकारमाथि गम्भीर आरोप, समाजमा सरकारको यस्तो ताण्डब नृत्य !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुईतिहाईको दम्भ देखाएर लोकतान्त्रिक..

कांग्रेसले जितेको नगरपालिकामा थोरै खर्चमा बन्दैछ कार्यालय भवन, सरकारी बजेट बच्यो
कांग्रेसले जितेको नगरपालिकामा थोरै खर्चमा बन्दैछ कार्यालय भवन, सरकारी बजेट बच्यो

वालिङ । नेपाली कांग्रेसका नेता छायाराम खनालले नगर प्रमुख (मेयर) पदमा जितेको स्याङ्जाको भिरकोट नगरपालिकामा सरकारी बजेट बचाएर कार्यालय भवन बन्न शुरू भएको छ । आफ्नै भवन नभएर स..

बडादशैं हर्षाेल्लासपूर्वक मनाइँदै, दशमीको टीका साइत ०९ बजेर ५१ मिनेटमा
बडादशैं हर्षाेल्लासपूर्वक मनाइँदै, दशमीको टीका साइत ०९ बजेर ५१ मिनेटमा

काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरूको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ ।  दशैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज..