सरकारकाे निर्णय विरुद्ध उत्रिदैँ यी १४ मजदूर संगठनले गरे यस्ताे आन्दोनलकाे घोषणा, अाेली सरकारमाथि देखियाे यस्ताे खतरा!

नेपालपाना प्रकाशित: २०७५-४-२५ गते | 9751 पटक हेरिएको
सरकारकाे निर्णय विरुद्ध उत्रिदैँ यी १४ मजदूर संगठनले गरे यस्ताे आन्दोनलकाे घोषणा, अाेली सरकारमाथि देखियाे यस्ताे खतरा!

काठमाडौँ– सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमले आफूहरुको श्रमको अपमान गरेको भन्दै केही  मजदूर संगठनहरुले त्यसकाे विराेध जनाएका छन्। नेपाल कम्युनिष्ट पार्टी निकटसहित १४ मजदूर संगठनहरुले  एकै साथ विराेध जनाउँदै नयाँ आन्दोनलका कार्यक्रम घोषणा गरेका छन् ।  
संयुक्त ट्रेड युनियन संघर्ष समितिले आधारभूत पारिश्रमिक २२ हजार तोक्न माग पनि गरेका छन् ।

शुक्रबार काठमाडौमा संयुक्त पत्रकार सम्मेलन गर्दै मजदूर संगठनहरुले साउन १५ गतेको निर्णय खारेज गर्नुपर्ने आफ्नो मागलाई सरकारले बेवास्ता गरेको गुनासो गरे । उनीहरुले सरकारले आफ्ना मागप्रति वेवास्ता गरेकाले संघर्षका नयाँ कार्यक्रम घोषणा गरेको बताए ।

यसअघि सरकारले मजदूरहरुको न्यूनतम पारिश्रमिक १३ हजार ४५ रुपैयाँ तोकेको थियो । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा आन्दोलनमा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका महासचिव रामेश्वर श्रेष्ठ, स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका महासचिव खगेन्द्र प्याकुरेल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष चिरागमानसिंह कुँवर, राष्ट्रिय (हाल समाजवादी) लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्रका अध्यक्ष नवराज दहाल,।मधेसी ट्रेड युनियन महासंघका अध्यक्ष पल्टन ठाकुर, नेपाल ट्रेड युनियन महासंघ स्वतन्त्रका अध्यक्ष इन्द्रदेव मिश्रको हस्ताक्षर छ ।

त्यस्तै, राष्ट्रिय कर्मचारी महासंघ नेपाल, अध्यक्ष गोपालसिंह धामी, नेपाल समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्वाङ, नेपाल ट्रेड युनियन फेडरेशन, अध्यक्ष मधु बिसी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमिल्सेना, प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरी, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष नारायण सापकोटा, क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष राजन तिमिल्सेना र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष अमर झाक्रीले पनि हस्ताक्षर गरेका छन् ।
 


मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा
मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

–लक्ष्मीप्रसाद सापकोटा  पर्वत। लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन शुरु..

मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ
मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ

ताप्लेजुङ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका केही मन्त्रीलाई हटाएर युवा नेता योगेश भट्टराईलाई मन्त्री बनाउने चर्चा चलेसँग नेता भट्टराई सरकार र पार्टीक..

राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि
राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भएको आरोप लगाएका छन् । राजतन्त्रका प्रतिक चिह्न श्रीपेच लगायतलाई संग्रहालयमा सा..

रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी
रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले दुई जना मन्त्री थप्ने तयारी थालेको छ । विभिन्न कारणबाट असन्तुष्ट रहेका माधवकुमार नेपाललाई सन्तुष्ट बनाउने उद्येश्यले ओलीले नेता..