डा. गोविन्द केसी पक्षधर अधिवक्ता अर्याल भन्छन्: लोकमान ढाल्यौँ, अब ओली

नयाँपत्रिकाबाट प्रकाशित: २०७४-९-२८ गते | 1949 पटक हेरिएको
डा. गोविन्द केसी पक्षधर अधिवक्ता अर्याल भन्छन्: लोकमान ढाल्यौँ, अब ओली

काठमाडौं  ।  चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का प्रा.डा. गोविन्द केसी पक्षधरले अबको आन्दोलन एमाले अध्यक्ष केपी ओलीकेन्द्रित हुने बताएका छन् । बिहीबार माइतीघर मण्डलामा गरेको विरोध सभामा केसीसमर्थकले एमाले माफियाको पार्टी भएको आरोप लगाए ।

स्वास्थ्य उपचारका लागि थाइल्यान्ड प्रस्थान गर्ने क्रममा बुधबार ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग ‘निर्वाचन आयोगलाई कानुनी असहजता भए डा. गोविन्द केसीलाई सोध्नु’ भनेर अभिव्यक्ति दिएपछि उनका समर्थक आक्रोशित भएका हुन् ।

केसीका सहयोगी अधिवक्ता ओमप्रकाश अर्यालले एमाले माफियाको पार्टी भएको भन्दै ओलीले नैतिकताका आधारमा पार्टी अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने बताए ।

केसीका सहयोगी अधिवक्ता ओमप्रकाश अर्यालले एमाले माफियाको पार्टी भएको भन्दै ओलीले नैतिकताका आधारमा पार्टी अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने बताए ।

अधिवक्ता अर्यालले केसीविरुद्ध पटकपटक ओलीको अभिव्यक्ति आएको बताए । ‘अबको केसीको आन्दोलन एमाले अध्यक्ष ओलीविरुद्ध हो,’ उनले भने, ‘ओलीको नक्कली राष्ट्रवाद हामीले निरन्तर नियालिरहेका छौँ । यस्तो नक्कली राष्ट्रवाद ढालेरै छाड्छौँ ।’ उनले डा. केसीलाई मरे पनि मरोस् भन्ने र विरोध गर्ने मान्छेहरू ओलीको संरक्षणमा रहेको आरोप लगाए ।

लोकमान ढाल्यौँ, अब ओली

केसीका सहयोगी डा. अभिषेकराज सिंहले लोकमानतन्त्रको अन्त्य गरिसकेकाले अब ओलीको पालो आएको बताए । ‘लोकमानलाई ढाल्ने यिनै आन्दोलनकारी हुन्, यसले नै ओली शासन ढालेर देखाउनेछौँ,’ सिंहले भने, ‘हामी उनलाई ज्ञानको पाठ सिकाउँछौँ ।’ सामान्य रूपमा बिरामी भएको अवस्थामा तीन करोड नेपालीले तिरेको करबाट उपचारका लागि विदेश जानु लज्जाको विषय भएको पनि उनले बताए । 


कम्युनिस्ट शासनमा सुनको मूल्य पनि आकाशियो, ६ वर्ष यताकै उच्च
कम्युनिस्ट शासनमा सुनको मूल्य पनि आकाशियो, ६ वर्ष यताकै उच्च

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकार मूल्यबृद्धि नियन्त्रणमा असफल भएपछि बजारमूल्य आकाशिँदै भइरहेको छ । दैनिक उपभोग्य वस्तुदेखि विलासिताका सामा..

ओली सरकारलाई बाइपास गर्दै प्रहरीपछि कर्मचारी पनि प्रदेशले आफैं भर्ना गर्ने
ओली सरकारलाई बाइपास गर्दै प्रहरीपछि कर्मचारी पनि प्रदेशले आफैं भर्ना गर्ने

काठमाडौं  । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संघीयता कार्यान्वयनमा ढिलासुस्ती गरिरहेका कारण प्रदेश सरकारहरू संघीय सरकारलाई बाइपास गर्दै अगाडि बढ्न थाल..

यसरी मनाउँदैछन शीर्ष नेताले दशै
यसरी मनाउँदैछन शीर्ष नेताले दशै

काठमाडौं । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका अधिकांश शीर्ष नेताले काठमाडौंमै दसैं मनाउने भएका छन् । दसैं मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानम..

ओली सरकारको अर्काे कुटनीतिक असफलता, छिमेकी भारतलाई मनाउन नसक्दा यत्रो घाटा
ओली सरकारको अर्काे कुटनीतिक असफलता, छिमेकी भारतलाई मनाउन नसक्दा यत्रो घाटा

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छिमेकसँग कुटनीतिक सम्बन्ध सुमधुर गर्नमा पनि असफल भएको छ । कुटनीतिक असफलताका कारण केही दिनअघि छिमेकी भारतस..