पाँचसय मेगावाटको विद्युत् निर्माणमा पहल गर्छु : नगर प्रमुख

रासस प्रकाशित: २०७४-९-२८ गते | 448 पटक हेरिएको
पाँचसय मेगावाटको विद्युत् निर्माणमा पहल गर्छु : नगर प्रमुख

बाजुरा : बडीमालिका नगरपालिका प्रमुख पदम बडुवालले नगरको आर्थिक विकासका लागि भएका स्रोतसाधनको प्रयोग गर्ने बताउनुभएको छ । 

बिहीबार ऐसावादी बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिक साधारण सभाको कार्यक्रममा आगामी दिनमा सहकारी र विद्युत् नै आर्थिक समृद्धिको आधार हुने बताउनु भयो । 

उहाँले नगरपालिकाको विकासका लागि पाँच वर्ष नगरवासीका लागि नै खर्चने बताउनुभयो । नगरवासीले नियमित विद्युत् प्रयोग गर्न नपाएका कारण आगामी दिनमा विद्युत् उत्पादन गर्ने संस्थासँग सहकार्य गरी ५०० मेगावाटको विद्युत् निर्माणका लागि पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो । 

उहाँले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, डोटी र विश्व बैंकको एक टोली बडीमालिका नगरपालिका–६, कोर्धमा रहेको कोर्धालीगाड लघुजलविद्युत्को अनुगमनमा यही माघ १५ आउने भएकाले उहाँहरुसँग पानीको क्षमता हेरी विद्युत् निकाल्न सहयोगका लागि अपिल गर्ने बताउनुभयो । 

नगर प्रमुख बडुवालले सहकारीमार्फत आयआर्जनका कार्य गर्न आग्रह गर्नुभएको छ । बडीमालिका नगरपालिका–६ कोर्धमा आलु खेतीको प्रशस्त सम्भावना रहेकाले सबैले व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले केरा, कागती र अन्य फलफूल खेती गर्न सकिने भएकाले कृषकले व्यवसाय गर्दै आर्थिक समृद्धि ल्याउनुपर्ने बताउनुभयो । 

सहकारीले बचत र ऋण लगानी मात्र गर्ने नभई उत्पादनमुखी कार्यमा लाग्नुपर्ने नगर प्रमुख बडुवालले भन्नुभयो । तरकारी खेती र अन्य आयआर्जनका कार्य गरे सहकारी उत्पादनमुखी बन्नेमा आफु विश्वस्त रहेको पनि उहाँले बताउनुभयो ।

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..

यी हुन मधेसमा इयुका असली एजेण्ट, जातीय द्धन्द्ध मच्चाउन जर्मन राजदूतबाट पाए खतरनाक मिसन

काठमाडौं । त्रिभुवन विश्व विद्यालयको प्राध्यापक समेत रहेका एनजिओकर्मी विजयकान्त कर्णका गतिविधिले ठूलो प्रश्न र आशंका उब्जाएको छ । मधेस र मधेसीका नाममा युरोपियन युनियनबाट ठूलो..

एमाले–कांग्रेसको सरकार बनाउने जेन्टलमेन सहमति, सञ्जय गौतमलाई उपप्रधामन्त्रीमा प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेसबीच संयुक्त सरकार बनाउनेबारेमा गृहकार्य तीब्र रुपमा चलेको छ । दुबै दलका सीमित नेताहरूले नयाँ सरकार गठनका बारेमा तयारी थालेका हुन् ।..


स्वाजिल्याण्डका राजाले आँखिर किन परिवर्तन गरे देशको नाम?
स्वाजिल्याण्डका राजाले आँखिर किन परिवर्तन गरे देशको नाम?

काठमाडौं।अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयाले आफ्नो देशको नाम परिवर्तनको घोषणा गरेका छन्। देश स्वतन्त्र भएको ५० वर्ष पुगेको अवसरमा उनले आफ्नो दे..

नर्समाथि बलात्कार प्रयास गर्ने एमबिबिएसका विद्यार्थी पक्राउ
नर्समाथि बलात्कार प्रयास गर्ने एमबिबिएसका विद्यार्थी पक्राउ

स्टाफ नर्समाथि बलात्कार प्रयास गर्ने एमबिबिएसका एक विद्यार्थीलार्इ माेरङ प्रहरीले पक्राउ गरेकाे छ।पक्राउ पर्नेमा सप्तरी बलान बिहुल गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका मनिष म..

बदरीनारायणको प्राण प्रतिष्ठामा राष्ट्रपति भण्डारी सरिक
बदरीनारायणको प्राण प्रतिष्ठामा राष्ट्रपति भण्डारी सरिक

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले तारकेश्वर नगरपालिका–२ स्थित काभे्रस्थलीमा आज भगवान् बदरीनारायणको प्राण प्रतिष्ठा कार्यक्रममा सरिक हुनाका साथै मन्दिरको उद्घाटन..

गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर  अध्ययन
गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर अध्ययन

– प्रकाश सिलवाल  काठमाडौँ। सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस..