विभिन्न प्रस्ताव पारित गर्दै नेमकिपाको २८औँ केन्द्रीय परिषद् सम्पन्न

रासस प्रकाशित: २०७४-९-२८ गते | 72 पटक हेरिएको
विभिन्न प्रस्ताव पारित गर्दै नेमकिपाको २८औँ केन्द्रीय परिषद् सम्पन्न

भक्तपुर : नेपाल मजदुर किसान पार्टीको २८औँ केन्द्रीय परिषद् विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । 

पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा यही पुस २५, २६ र २७ गते भक्तपुरमा सम्पन्न भएको परिषद्ले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्ताव पारित गर्दै सम्पन्न भएको पार्टीले आज जानकारी दिएको छ । 

परिषद्ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने, भूकम्पपीडितको पुनःस्थापना नगर्ने, नेपालको नदीनाला भारतीय एकाधिकार पूँजीलाई दिने, वर्षेनी आउने शीतलहरको पूर्वसावधानी नअपनाउने सरकारको विरोध गर्ने प्रस्ताव पारित गरेको नेमकिपाले जानकारी दिएको छ । त्यस्तै नेपालको सिमानामा भारतीय विस्तारवादले बनाएका बा“ध र तटबन्ध भत्काउनुपर्नेमा राष्ट्रिय प्रस्ताव पारित गरेको छ । 

त्यस्तै अन्तर्राष्ट्रिय प्रस्तावतर्फ इरानको आन्तरिक मामिलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेप, क्युवा र प्रजग कोरियाविरूद्ध अमेरिकाले लगाउ“दै आएको नाकाबन्दी, संयुक्त राष्ट्रसंघको निर्णय विपरीत अमेरिकी साम्राज्यवादले इजरायलको राजधानी जेरूसेलम घोषणा गरेकामा विरोध गरिएको छ । 

परिषद्ले पार्टीको ४४औँ स्थापना दिवस (माघ १० गते)लाई पार्टीको इतिहास, गतिविधि, प्रकाशन अध्ययन गरी छलफल र गोष्ठीसहित मनाउने निर्णय गरेको छ । त्यस्तै कार्ल माक्र्सको द्विशतवार्षिकी सन् २०१८ मई ५ को अवसरमा वर्षभरि नै युरोपको इतिहास र भूगोल, माक्र्स र एंगेल्सको जीवनी, कम्युनिष्ट घोषणापत्र, पूँजीलगायत अन्य माक्र्सवादी साहित्य अध्ययन तथा प्रकाशन गरी छलफल गोष्ठीसहित मनाउने निर्णय गरेको छ । 

परिषद्ले मोहनप्रसाद प्रजापति र राजवीर डंगोललाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत गरेको, छ भने सुरेन्द्रराज गोसाईं, सिर्जना सायजू र राजेन्द्र चवाललाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । परिषद्ले पार्टी सचिव प्रेम सुवालले प्रस्तुत गरेको केन्द्रीय समितिको प्रतिवेदन सुझावसहित पारित गरेको नेमकिपाले जानकारी दिएको छ । 

केन्द्रीय समितिको प्रतिवेदनमा पार्टी गतिविधि, संसद्मा नेमकिपाको संघर्ष, तीन प्रतिशतको मतसीमाविरूद्ध सर्वोच्चमा रिट, सभामुखको निरङ्कुशताविरूद्ध संसद्मा नारा, प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावको क्रान्तिकारी उपयोग, पूँजीवादी पार्टीबाट निर्वाचन आचारसंहिता उल्लङ्घन, राष्ट्रियसभाको निर्वाचन लगायतबारेमा उल्लेख गर्दै चर्चा गरिएको थियो । 

परिषद्मा पार्टी केन्द्रीय सदस्यहरू, पार्टी जिल्ला समिति, जनवर्गीय संगठन र पेशागत संगठनको केन्द्रीय प्रतिवेदन पेश गरिएको थियो । परिषद्मा अध्यक्ष बिजुक्छेले पूँजीवादी व्यवस्थामा देश र जनता हित नहुने भएकाले माक्र्सवाद–लेनिनवादको उदय भएको दाबी गर्दै गर्दै नयाँ पुस्तालाई माक्र्सवाद–लेनिनवादबाट शिक्षित बनाउनुपर्ने बताउनुभयो । 

उहाँले पटकपटक सरकारको नेतृत्व गरेका तर देश र जनताको लागि केही नगर्ने पार्टीहरूले नै चुनावमा आचारसंहिता उल्लङ्घन गरेको टिप्पणी गर्दै जनताले दिएको मत खेर गएको जिकिर गर्नुभयो ।

ओली र हिमानी बिहीबार नेपाल आउँदै, बैंककमा के–के भयो कुराकानी ? यस्तो छ खुलाशा !

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह बिहिबार स्वदेश फर्कदै छिन् । गत पुस २१ गते थाइल्याण्डको बैंकक गएकी उनी बिहीबार फर्कन लागेकी हुन् । छोरी पूर्णिकालाई लिएर उनी बैंकक गएक..

यी हुन कांग्रेसका प्रदेश प्रमुख, एमाले–माओवादी आउट, उपेन्द्र–महन्थले पाए एक–एक प्रदेश प्रमुख

काठमाडौं । सरकारले आज प्रदेश प्रमुख नियुक्त गर्दै छ । संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा प्रमुख नियुक्त हुन लागेका हुन् । यसबारेमा..

अजित डोभलको आग्रहमा ओली बैंककमा रोकिए, दिल्लीमा रेणुको ‘खिचडी’ पाक्दै

काठमाडौं । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारका सदस्य अजित डोलको आग्रहमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको बैंकक बसाइ लम्बिएको खुलासा भएको छ । भारतीय प्रधानमन्त्रीका..

ओलीे बैंकक जाँदा ‘रअ’का प्रमुखले दिल्ली छाडे, प्रचण्ड शसंकित

काठमाडौं । माओवादीसँगको पार्टी एकीकरण प्रक्रियालाई एमालेका दोस्रो तहका नेताहरूले नरुचाएपछि अध्यक्ष केपी ओली संकटमा परेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल &lsq..

पूर्वराजा शाह र योगी आदित्यनाथबीच राजसंस्था र हिन्दू राष्ट्रबारे नयाँ सहमति!

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका नेता योगी आदित्यनाथबीच भेटवार्ता भएको छ। भारतको लखनउस्थित सरकारी निवासमा भएको भेटवा..

एमालेको मतले चुनाव जितेका राजेन्द्र महतोले प्रधानमन्त्री देउवामाथि लगाए यस्तो आरोप

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले यो सरकार संविधान विपरितको बाटोमा हिडेको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा संघियता मास्ने काममा लागे..


माघ १३ गतेबाट नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो यातायात रोकिने
माघ १३ गतेबाट नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो यातायात रोकिने

चितवन : रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम गरिने भएको छ ।  जिल्ला..

राष्ट्रपतिद्वारा प्रथम क्रिकेट महोत्सव उद्घाटन
राष्ट्रपतिद्वारा प्रथम क्रिकेट महोत्सव उद्घाटन

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम क्रिकेट महोत्सवको आज यहाँ उद्घाटन गर्नुभयो ।  मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित उक्त महोत्सवको उ..

आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहमा निर्भर
आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहमा निर्भर

रत्ननगर, चितवन : राष्ट्रिय योजना आयोगले सरकारको ७.२ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने जनाएको छ ।  आयोगका सदस्य डा सुनिल..

प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान
प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान

काठमाडौँ : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । आयोग प्राङ्गणमा आज आयोजित स..