नक्कली नेपाली रुपैयाँ बनाउने दुई भारतीय पक्राउ

रासस प्रकाशित: २०७४-९-२८ गते | 490 पटक हेरिएको
नक्कली नेपाली रुपैयाँ बनाउने दुई भारतीय पक्राउ

भीमदत्तनगर । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

बिहीबार राति विशेष सुराकीका आधारमा बेलौरीको दशगजा क्षेत्रमा खटिएको ब्यूरोको टोलीले नेपाली रु एक हजारको नक्कली नोट बनाइरहेको अवस्थामा भारतको पिलिभित जिल्ला सारतपुरी बलाह बजारघाटका २२ वर्षीय बलवीर सिंह र १९ वर्षीय कृष्ण सिंहलाई पक्राउ गरेको क्षेत्रीय अनुसन्धान ब्यूरोका प्रहरी सहायक निरीक्षक केशव जोशीले जानकारी दिनुभयो । 

अभियुक्तहरुको साथबाट रु एक हजारको नोट बनाउन लागि काटेका कागज, विभिन्न केमिकल र मेसिनसमेत ब्यूरोले नियन्त्रणमा लिएको उहाँले बतानुभयो । “हामी एक महिनादेखि नक्कली नोट बनाउने गिरोहबाट विशेष निगरानीमा थियौँ ।” 

प्रहरी सहायक निरीक्षक जोशीले भन्नुभयो, “पक्राउ परेका अभियुक्तहरु लामो समयदेखि भारतमै बसेर नोट बनाउन सक्रिय थिए ।” उहाँले विभिन्न उपायबाट अभियुक्तलाई नोट छाप्न भन्दै सीमा क्षेत्रसम्म ल्याइपु¥याउँदै नियन्त्रणमा लिन सफल भएको बताउनुभयो । 

“अभियुक्तहरुले भारतकै हिमाञ्चलबाट नक्कली रुपैयाँ बनाउने मेसिल ल्याएको प्रारम्भिक अनुसन्धानबाट देखियो ।” जोशीले भन्नुभयो, “नक्कली नोट बनाउन ठूलो गिरोह सक्रिय छ ।” पक्राउ परेका अभियुक्त र भेटिएका सामानसहित ब्यूरोले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीको जिम्मा लगाएको छ ।

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..

यी हुन मधेसमा इयुका असली एजेण्ट, जातीय द्धन्द्ध मच्चाउन जर्मन राजदूतबाट पाए खतरनाक मिसन

काठमाडौं । त्रिभुवन विश्व विद्यालयको प्राध्यापक समेत रहेका एनजिओकर्मी विजयकान्त कर्णका गतिविधिले ठूलो प्रश्न र आशंका उब्जाएको छ । मधेस र मधेसीका नाममा युरोपियन युनियनबाट ठूलो..

एमाले–कांग्रेसको सरकार बनाउने जेन्टलमेन सहमति, सञ्जय गौतमलाई उपप्रधामन्त्रीमा प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेसबीच संयुक्त सरकार बनाउनेबारेमा गृहकार्य तीब्र रुपमा चलेको छ । दुबै दलका सीमित नेताहरूले नयाँ सरकार गठनका बारेमा तयारी थालेका हुन् ।..


'प्रधानमन्त्री ओली संघीयता विरोधी हुन्' : संघीय गठबन्धन
'प्रधानमन्त्री ओली संघीयता विरोधी हुन्' : संघीय गठबन्धन

काठमाडाैँ । पहिचानमा आधारित संघीय गठबन्धनमा अाबद्ध विभन्न राजनीतिक दलहरुले वर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली पहिचान विरोधी भएको आरोप लगाएका छन्। ग..

ओली–दाहालबीच वार्ता, पार्टी एकीकरणमा कुराकानी
ओली–दाहालबीच वार्ता, पार्टी एकीकरणमा कुराकानी

काठमाडौं ।  एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी..

लागुऔषध कारोवारी र अपराधीको सफाया गर्न आइजिपी खनालले ल्याए नयाँ योजना
लागुऔषध कारोवारी र अपराधीको सफाया गर्न आइजिपी खनालले ल्याए नयाँ योजना

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो रहेको बताएका छन्। यसका लागि उनले स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने योजना ल्या..

शिक्षक महासंघका अध्यक्ष चार विद्यार्थीका अभिभावक
शिक्षक महासंघका अध्यक्ष चार विद्यार्थीका अभिभावक

ललितपुर । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा चारजना विद्यार्थीका अभिभावक बनेका छन् । उनले बुधवार चारजना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई रुद्रायणी मावि..