वाम गठबन्धनबारे झलनाथ खनालको नयाँ खुलासा, एमाले र माओवादीबीच यतिसम्मको विवाद

प्रकाशित: २०७४-९-१५ गते | 1008 पटक हेरिएको
वाम गठबन्धनबारे झलनाथ खनालको नयाँ खुलासा, एमाले र माओवादीबीच यतिसम्मको विवाद

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको पार्टी एकता प्रक्रियालाई सबैले चुनौतिपूर्ण मानेका छन् । कतिपयले आगामी चुनावका लागि गरिएको चुनावी तालमेल मात्रै हो भन्ने टिप्पणीसमेत गरेका छन् । यसै सम्बन्धमा ऋषि धमलाले नेकपा एमालेका नेता झलनाथ खनालसँग कुराकानी गरेका छन् । पूर्व प्रधानमन्त्री तथा एमालेका पूर्व अध्यक्षसमेत रहेका खनालसँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको सहमति दिगो हुन्छ ?
नेकपा एमाले माओवादीसँग मिलेर चुनावी अभियानमा एकतावद्ध भएर अगाडि बढ्छ । पार्टी एकताको जुन प्रक्रिया थालनी भएको छ, यसका दुईवटा चरण छ्, पहिलो चरण भनेको आगामी निर्वाचनमा तालमेल र दोस्रो चरण भनेको पार्टी एकीकरण हो । यो दुईवटै कुराहरु कठीन छ ।

माओवादीले त पार्टी एकता गर्न गाह्रो छ भनेको छ नि ?
गाह्रो भएकै कारणले नेकपा एमालेले पहलकदमी लिएको हो । सजिला सजिला काम त नेकपा एमालेका देब्रे हातका खेलहरु हुन् । पार्टी एकता चाँही दाहिने हातले सुरु गरेका छौँ । अब ऐतिहासिक एकता हुन्छ ।

दुई दलबिचमा कुरा नमिलेका विषय धेरै छन्, एकता कसरी सम्भव छ ?
हाम्राबीचमा विवादका कुरा गर्नुहुन्छ भने एक भारी विवाद छन् । एक घ्याम्पो विवादहरु छन् । वैचारिक क्षेत्रमा विवाद होलान्, सैद्धान्तिक रुपमा विवाद होलान् । राजनीतिक रुपमा विवाद होलान् । नीतिगत रुपमा विवाद होलान् । हामीसँग विवाद मात्रै छैन, एकरुपता पनि छ । एकरुपता र विवादका विषयलाई विश्लेषणात्मक र माक्र्सवादी दृष्टीकोणबाट हेर्नुपर्छ । एकताका प्रक्रियाहरुलाई सिमेन्टेड गर्दै विवाद समाधान गर्नुपर्छ ।

एकाले बहुदलीय जनवादमा विश्वास गर्नुहुन्छ, माओवादी साम्यवादको लक्ष्यमा छ । यो अवस्थामा पार्टी एकताका लागि चुनौति होइन ?
एकता र विवादका पक्ष दुवै छन् । विवादका विषयमा जति पनि मुद्दाहरु छन्, ति मुद्दाहरु हल गर्न नसकिने कुनै पनि छैनन् । विवादका विषयमा गम्भीर रुपमा छलफल गर्दै गएपछि समाधानका उपाहरु निकाल्न सक्छौँ ।

पदको बाँडफाँट कसरी मिलाउनुहुन्छ ? पद बिना त कोही पनि राजनीति गर्न चाँहदैनन् नि ?
पदहरु भनेका अवसरहरु हुन् । लक्ष्य र आदर्श प्राप्त गर्नका लागि संघर्ष गर्दै गएपछि उपलब्धिहरु प्राप्त हुन्छन् । उपलब्धिले अवसर ल्याउँछ । त्यसपछि पदहरु न्यायोचित रुपमा वितरण गर्नुपर्छ । हामी सजिलै पद भागबण्डा गराउँछौँ । यो कुरा स्वभाविक हो । अहिले हामी बसिरहेको पद छोडेर अरु कुनै पद आइलाग्छ भने हामी स्विकार गर्न तयार छौँ । एउटै पदले कसैको जीवन वित्ने होइन । आलोपालो गछौँ ।

चुनावी तलमेलमा कसलाई कुन क्षेत्र दिने भन्नेमा सहमति हुन सकेको छैन । एकता कसरी सम्भव छ ?
हामीसँग भूगोल छ । भूगोलका विषयमा भद्रगोल पनि छ । अरु धेरैखालका गोलहरु पनि छन् । नेकपा एमाले र माओवादी मिलेपछि रानीतिक गोल हुन्छ ।

कार्यकर्ताको निर्णयलाई कार्यकर्ताले मान्छन् ?
वामपन्थी एकतालाई कुनै पनि कार्यकर्ता वा समर्थकले दुई हात उठाएर स्वागत गर्छन् । हामी सुरुदेखि नै वामपन्थी एकताको पक्षमा थियौँ । एउटा कम्युनिष्टले अर्को कम्युनिष्टलाई विहानदेखि बेलुकासम्म गाली मात्रै गरिरहन्थे । त्यस्ता मान्छेहरुसमेत अहिले एकताको पक्षमा छन् ।

अहिले पनि नेपालमा धेरै कम्युनिष्ट पार्टीहरु छन् । तिनीहरुलाई सहमति गराउन सक्नुहुन्छ ?
कम्युनिष्टहरु विभाजन हुँदै जाँदा तीन दर्जनभन्दा कम्युनिष्ट शक्तिहरु देखा परे । तिनीहरुलाई एकता गरेर निर्माण गरिएको पार्टी नेकपा एमाले हो । हामीसँग एकता प्रक्रियाका अत्यन्त महत्वपूर्ण अनुभवहरु छन् । अनुभवका भण्डारका ज्ञानलाई मनन गर्दै नेपालका कम्युनिष्टहरुलाई एकीकृत गर्नेछौँ । सत्तरीको दशक कम्युनिष्टहरुको एकताको दशक बन्नेछ ।

नेपालका कम्युनिष्टहरु त पार्टीको नामको साइनबोर्ड राखेर अध्यक्ष वा महासचिव हुँ भन्दै पदको धाक लागाउनेहरु छन् । यसको अन्त्य गर्न सकिन्छ ?
तपाईले महत्वपूर्ण कुरा गर्नुभयो । यसले नेपालका कयौँ कम्युनिष्टहरुलाई गजबको व्यङ्ग्य पनि गर्नुभयो । अब यो प्रवृत्तिबाट सबै मुक्त हुनुपर्छ । अलग अलग अगेना बनाउने, अलगअलग कसौँडीमा दाल पकाउने र बाक्लो दाल खाने जुन प्रवृत्ति छ, यसले नेपालको कम्युनिष्ट आन्दालनलाई घात गरेको छ । त्यसैले अब सबै एकतावद्ध भएर जानुपर्छ ।

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..

यी हुन मधेसमा इयुका असली एजेण्ट, जातीय द्धन्द्ध मच्चाउन जर्मन राजदूतबाट पाए खतरनाक मिसन

काठमाडौं । त्रिभुवन विश्व विद्यालयको प्राध्यापक समेत रहेका एनजिओकर्मी विजयकान्त कर्णका गतिविधिले ठूलो प्रश्न र आशंका उब्जाएको छ । मधेस र मधेसीका नाममा युरोपियन युनियनबाट ठूलो..

एमाले–कांग्रेसको सरकार बनाउने जेन्टलमेन सहमति, सञ्जय गौतमलाई उपप्रधामन्त्रीमा प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेसबीच संयुक्त सरकार बनाउनेबारेमा गृहकार्य तीब्र रुपमा चलेको छ । दुबै दलका सीमित नेताहरूले नयाँ सरकार गठनका बारेमा तयारी थालेका हुन् ।..


अन्तत: वाम गठबन्धन टुट्ने र राजसंस्था फर्किने निश्चित, यस्ता छन् आधारहरु
अन्तत: वाम गठबन्धन टुट्ने र राजसंस्था फर्किने निश्चित, यस्ता छन् आधारहरु

काठमांडौ ।  पूर्व राजा ज्ञानेन्द्र शाहलाई तीन पटकसम्म राजा हुने योग परेको भविष्यवाणी गरेपछि चर्चामा पुगेकी सविता सरु शर्मा आचार्यले पछिल्लो पटक वाम गठवन्धनमा संकट आइपर्ने..

फिल्म उद्योगमा नयाँ ट्रेन्ड सेट गर्न खोज्दैछु : नायिका ऋचा 
फिल्म उद्योगमा नयाँ ट्रेन्ड सेट गर्न खोज्दैछु : नायिका ऋचा 

फिल्मी दुनियामा ‘गुमनाम’ भएको लख काटिँदैगर्दा ऋचा शर्मा निर्मात्रीका रुपमा  उभिइन्, केही समय अघि ‘आधा लभ’ लिएर । त्यसताका आफैले अभिनय गरेको लुट&..

कांग्रेससँग फेरि सहकार्य गर्नेबारे प्रचण्डको सनसनीपूर्ण खुलासा, ओलीलाई काउन्टर
कांग्रेससँग फेरि सहकार्य गर्नेबारे प्रचण्डको सनसनीपूर्ण खुलासा, ओलीलाई काउन्टर

– पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष माओवादी केन्द्र नेपालको राजनीति कतातिर जाँदैछ ? संविधान नबन्दासम्म सबै नेपाली जनतालाई चिन्ता र चासो थियो । संविधान..

जब एमाले नेता नेम्वाङले नै गिरिजा प्रसाद कोइरालालाई सम्झिदै काँग्रेसको खुलेरै प्रशंशा गरे
जब एमाले नेता नेम्वाङले नै गिरिजा प्रसाद कोइरालालाई सम्झिदै काँग्रेसको खुलेरै प्रशंशा गरे

आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस । नेपालको राजनीतिक आन्दोलनमा कोइरालाको भूमिका निर्णायक महत्वपूर्ण मानिन्छ । यसै सन्दर्भमा ऋषि धमलाले नेकपा एमालेका नेता सुवासचन्द्र नेम्व..