निर्मलाको लागि न्याय माग्दै सांसद नविना लामाले मागिन प्रधानमन्त्रीको राजीनामा !

नेपाल पाना प्रकाशित: २०७५-५-३१ गते | 570864 पटक हेरिएको
निर्मलाको लागि न्याय माग्दै सांसद नविना लामाले मागिन प्रधानमन्त्रीको राजीनामा !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अनेरास्ववियु अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य माननीय नविना लामाले सरकारको कडा आलोचना गरेकी छन् । 

कञ्चनपुरमा भएको १३ वर्षीया बालिकामाथिको बलात्कार पछिको हत्यामा संलग्नलाई कारवाहीको दायरमा ल्याउन सरकार चुकेको भन्दै लामाले प्रधानमन्त्री आेलीको आलोचना गरेकी हुन् । देशमा महिलाहरु खुलेआम हिड्न नसक्ने अवस्था आएकोमा आक्रोस व्यक्त गरेकी लामाले महिला हिंसा रोक्ने कुरा आकासको फल आँखा तरि मर भने जस्तै बन्न पुगेको भन्दै उनले आेलीको विरोध गरेको स्रोतले जनाएको छ । सरकारले अनुसन्धान गरेर दोषी पत्ता लगाउन नसक्ने स्थिति हो भने सरकार बाटै बिदा लिनु पर्ने समेत जनाएको स्रोतको दावी छ । 

सरकारको तलव सुविधाबाट चलेका अनुसन्धानमा संलग्न प्रहरी अधिकृतलाई नै विश्वास गर्न नसक्ने वातावरणको सिर्जना नहुनु दुखद् कुरा हो भन्दै लामाले निर्मलाको न्यायको निम्ति सरकारले हिम्मत जुटाउन सक्नु पर्ने जनाएकी छन् । केहि दिनदेखि निर्मलाको न्यायको खोजीमा आम सर्वसाधारण सडकमा उत्रेर व्यापक प्रदर्शन गरिरहेका छन् । 

सरकारले एकपछि अर्को गर्दै अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई निलम्बन गरे पनि सरकारको अनुसन्धान फितलो भएको र प्रमाणहरु मेटाउने काम भएको भन्दै आक्रोशित सर्वसाधारणले सडकमबाटै सरकारको राजीनामा माग गरिरहेका समेत छन् । 


बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह
बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह

काठमाडाैं । नेपालमा जन्मिएका गाैतम बुद्धलाई भारतमा जन्मिएको भन्ने कार्यक्रममा सांसद गयो भन्दै नेपालका केहि मानिसहरु भारतको गुलामी गर्न खोजेको भन्दै कपिलवस्तु क्षेत्र..

डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !
डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !

काठमाडाैं । विखण्डनकारी सिके राउतले देश टुक्र्याएरै छाड्ने चेतावनी दिएका छन् ।  मधेस नेपाल होइन र हुने छैन भन्दै हिडेका राउतले आफूलाई युरोपिएन यूनियनको बलियो साथ रहेका..

मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !
मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !

काठमाडाैं । तराई मधेसमा मुस्लिम र मधेसी समुदायमा एकलाैटी राज गर्ने भित्री गेमप्लान रचेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले 'मदरसा बोर्ड' गठन गर्न प्रद..

उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !
उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी सचिवालय बैठक केहि समयकालागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आय..