घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

नेपाल पाना प्रकाशित: २०७५-६-३ गते | 53851 पटक हेरिएको
घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइयो ।

व्यापक विरोध हुने ठानिएको प्रदेश २ मा समेत सरकारका कर्मचारीले नै भएपनि संविधान दिवस मनाए । संघिय सरकारले काठमाडाैंको टुडिँखेलस्थित सैनिक मञ्चमा बिहान ७ वजेदेखि भव्य कार्यक्रमको आयोजना गरेर मनायो । तर, आफै सहभागी सरकारको कार्यक्रममा नगएर गुप्त वसे एक जना सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले हिजो मात्रै निर्वाचनमा भाग लिने तर संविधान दिवस मनाउन्नाैं भन्नु अत्यन्तै लज्जास्पद कुरा हो भन्दै टिप्पणी गरे । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा आेलीसंको टेलिफोन वार्तामा यादवले म कार्यक्रममा आऊँछु भनेर वचन समेत दिएका थिए ।

सोहि अनुरुप सैनिक मञ्चमा कार्यक्रमको सुरुवात हुने समय भन्दा झण्डै ५ मिनेट अगाडी पुगेका प्रधानमन्त्री आेलीले कानेखुसि गर्दै खै त उपेन्द्र जी भनेपछि भने एकाएक सन्नाटा छाएको थियो ।

यता उपेन्द्र यादव भने फोन स्विच्ड अफ गरेर बसेको स्रोतले जनाएको छ । यादव कार्यक्रममा जाने सोचमा रहेका थिए तर, प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउत र फोरमकी उपाध्यक्ष रेणु यादवले पार्टी फुटाउने चेतावनी दिएपछि हच्किएको स्रोतको दावी छ ।  


बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह
बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह

काठमाडाैं । नेपालमा जन्मिएका गाैतम बुद्धलाई भारतमा जन्मिएको भन्ने कार्यक्रममा सांसद गयो भन्दै नेपालका केहि मानिसहरु भारतको गुलामी गर्न खोजेको भन्दै कपिलवस्तु क्षेत्र..

डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !
डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !

काठमाडाैं । विखण्डनकारी सिके राउतले देश टुक्र्याएरै छाड्ने चेतावनी दिएका छन् ।  मधेस नेपाल होइन र हुने छैन भन्दै हिडेका राउतले आफूलाई युरोपिएन यूनियनको बलियो साथ रहेका..

मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !
मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !

काठमाडाैं । तराई मधेसमा मुस्लिम र मधेसी समुदायमा एकलाैटी राज गर्ने भित्री गेमप्लान रचेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले 'मदरसा बोर्ड' गठन गर्न प्रद..

उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !
उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी सचिवालय बैठक केहि समयकालागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आय..