नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

नेपाल पाना प्रकाशित: २०७५-६-५ गते | 47733 पटक हेरिएको
नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अनन्त'ले इन्चार्ज पूर्व एमालेको भागमा परेपछि आफ्नी श्रीमतिलाई अध्यक्ष बनाएरै छाडेका छन् । 

नेकपामा पूर्वमाआेवादीबाट अन्य नेताहरु समेत आकांक्षी रहेको बुझिएपनि प्रचण्ड आेलीलाई घुर्क्याएरै नेपालको राजनीतिज्ञ तथा रुपान्तरित व्यवस्थापिका संसदकी सभामुख आेनसरी घर्तीलाई अध्यक्षमा सिफारिस गर्न बर्षमान सफल भएका हुन् । 

संघियतापछिको कान्छो जिल्ला बनेको रुकुम पूर्वका नेता तथा पूर्व वाइसीएल अध्यक्ष गणेशमान पुनको समेत चर्चा रहेपनि दलबहादुर राना अटाउँदा पूर्वआपुर्ति मन्त्री समेत रहि सकेका पुनलाई बाइपास गरिएको स्रोतको दावी छ । 

प्रदेश ५ मा इन्चार्जमा शंकर पोखरेल, अध्यक्षमा आेनसरी घर्ती, सह-इन्चार्जमा दलबहादुर राना र सचिवमा जगप्रसाद शर्मा रहेका छन् । 

तर, नेपालको युवा संगठनलाई चलाएमान बनाएर वाइसीएलको सफल नेतृत्व गरेका सालिन नेता गणेशमान पुन 'रश्मी'लाई यसरी पाखा लगाउनुमा नेता बामदेव गाैतमको समेत हात रहेको स्रोतको दावी छ । नेकपाका अध्यक्ष प्रचण्डले बामदेवलाई रुकुम पूर्वबाट सांसद बनाउने खेलमा वर्तमान सांसद कमला रोकालाई राजीनामा दिन सुझाएको तर, रोकाले जनताको मतलाई अपमान नगर्ने भन्दै इन्कार गरेकाले यो अवस्था आएको स्रोतको दावी छ । 

यसअघि नेता पुन र रानाको अध्यक्षमा चर्चा समेत चलेको थियो । पहिलो संविधानसभामा उनी समानुपातिकबाट सभासद् बनिन् । झलनाथ खनाल नेतृत्वको सरकारमा १३ दिने युवा तथा खेलकुद मन्त्री भइन् । दोस्रो संविधानसभा निर्वाचनमा उनले रोल्पा–२ बाट जितेर उपसभामुख बनेकी थिइन भने, कमला रोका नेता गणेशमान पुनकी श्रीमति हुन् । 


दशैंका बेला कम्युनिस्ट प्रधानमन्त्री ओलीले निकाले जनता ढाँट्ने नयाँ उपाय !
दशैंका बेला कम्युनिस्ट प्रधानमन्त्री ओलीले निकाले जनता ढाँट्ने नयाँ उपाय !

भद्रपुर – चुनावका बेला बृद्धभत्ता ५ बजार पुर्याउने भनेर बजेट ल्याउँदा जनतालाई झुक्याएका कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर फेरि जनतालाई ढाँट्..

दशैंमा गन्हाउँदैछ काठमाडौं, कम्युनिस्ट मेयर निकम्मा सावित
दशैंमा गन्हाउँदैछ काठमाडौं, कम्युनिस्ट मेयर निकम्मा सावित

काठमाडौं । काठमाडौं महानगरपालिकामा निर्वाचित मेयर विद्यासुन्दर शाक्यले चुनावका बेला मोनोरेलदेखि स्मार्ट सिटीसम्मका गफ दिएका थिए । तर, मेयरको शासन निकम्मा हुँदा महानगरपालिका दश..

भारतले बनाएको रेलमार्ग हेरेपछि भारतको गुणगानमा उत्रिए कम्युनिस्ट मन्त्री
भारतले बनाएको रेलमार्ग हेरेपछि भारतको गुणगानमा उत्रिए कम्युनिस्ट मन्त्री

धनुषा । नक्कली राष्ट्रवाद देखाउन भारतको आलोचना गर्दै चुनाव जितेका कम्युनिस्ट नेताहरू अहिले भारतकै सहयोगमा नेपालमा विकास भएपछि भारतको गुणगान गाउन थालेका छन् । भौतिक पूर्वाधा..

आज महाअष्टमी मनाइँदै, त्रिशक्तिको पूजाआजासहित देशभरका शक्तिपीठमा मेला
आज महाअष्टमी मनाइँदै, त्रिशक्तिको पूजाआजासहित देशभरका शक्तिपीठमा मेला

काठमाडौं – नेपालीको महान् पर्व विजयादशमी अन्तर्गत आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व बुधबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ..