सांसद बन्न मरिहत्ते गर्ने नेता वामदेव, चाले यस्ताे खतरनाक कदम, प्रचण्डलार्इ नै पारे यस्ताे जालमा!

नेपाल पाना प्रकाशित: २०७५-६-८ गते | 9961 पटक हेरिएको
सांसद बन्न मरिहत्ते गर्ने नेता वामदेव, चाले यस्ताे खतरनाक कदम, प्रचण्डलार्इ नै पारे यस्ताे जालमा!

काठमाडाैँ । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि नेकपाका नेता ९तत्कालीन एमालेका उपाध्यक्ष० वामदेव गौतम उपनिर्वाचनमार्फत संसद्मा जान लागिपरेका छन्। ०७० को निर्वाचनमा जन्मथलो प्यूठानबाट उम्मेदवार बनेका उनी ठूलो मतान्तरले विजयी बनेका थिए।

तर बर्दियामा तत्कालीन एमाले र माओवादी गठबन्धनको मत कांग्रेसको भन्दा धेरे हुँदा पनि उनले निर्वाचनमा सफलता प्राप्त गर्न सकेनन्। उनी कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित बनेका थिए। गौतमले यसअघि ०५६ र ०६४ मा पनि निर्वाचनमा हार व्योहोरेका थिए।

निर्वाचन हारेयता गौतमले पुनः सांसद बन्नका लागि झन्डै एक दर्जन प्रयास गरेका छन्। तर उनका प्रयास भने निरन्तर असफल हुँदै गइरहेका छन् । निर्वाचनमा पराजय भोगेपछि गौतमले सुरुमा बर्दिया २ कै माओवादी केन्द्रका सांसद सन्तकुमार थारूलाई राजीनामा गराएर संसद बन्ने प्रयास गरेका थिए।त्यसका लागि उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई साथ लिएर बर्दिया २ मा सांसद बन्ने प्रयास गरेका थिए।

सांसद थारू उनलाई पद छोड्न तयार नभएपछि त्यो प्रयास असफल भएको थियो। त्यसपछि उनले दाहालकै सहयोगमा पूर्वी रुकुममा कमला रोकालाई राजीनामा गराएर सांसद बन्न खोजेका थिए तर उनको त्यो प्रयास पनि असफल भयो।

ओलीलाई घेराबन्दी गर्न वामदेव कार्ड

वामदेवले निर्वाचन हारेपछि उनलाई संसद्मा ल्याउन पार्टी अध्यक्ष पुष्पकमल दाहालले भूमिका खेलिरहेको नेकपा ९पूर्व एमाले० का एक नेता दाबी गर्छन्। दाहालले अर्का अध्यक्ष ओलीसँगको आफ्नो बार्गेनिङ बलियो बनाउन सांसद बनाउन लागिपरेको ती नेता बताउँछन्।

‘अहिले अध्यक्ष दाहालको भूमिका सेरोमोनियल मात्र हो, उहाँ आफ्नो भूमिका बढाउन चाहनुहुन्छ, त्यसका लागि वामदेवलाई कार्डका रूपमा प्रयोग गर्न सांसद बनाउन लागिरहनुभएको छ,’ ती नेताले भने। ओलीलाई घेराबन्दी गर्ने रणनीतिअनुसार दाहालले गौतमलाई अघि सारेको ती नेताको दाबी छ।, यो खबर आजको नागरिक दैनिकमा छ ।


मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा
मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

–लक्ष्मीप्रसाद सापकोटा  पर्वत। लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन शुरु..

मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ
मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ

ताप्लेजुङ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका केही मन्त्रीलाई हटाएर युवा नेता योगेश भट्टराईलाई मन्त्री बनाउने चर्चा चलेसँग नेता भट्टराई सरकार र पार्टीक..

राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि
राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भएको आरोप लगाएका छन् । राजतन्त्रका प्रतिक चिह्न श्रीपेच लगायतलाई संग्रहालयमा सा..

रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी
रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले दुई जना मन्त्री थप्ने तयारी थालेको छ । विभिन्न कारणबाट असन्तुष्ट रहेका माधवकुमार नेपाललाई सन्तुष्ट बनाउने उद्येश्यले ओलीले नेता..