छोरा प्रकाशको स्मृतिमा थामिएनन् प्रचण्डका आँशु


नेपाल पाना प्रकाशित: २०७५-८-३ गते
छोरा प्रकाशको स्मृतिमा थामिएनन् प्रचण्डका आँशु

काठमाडौं । गत वर्ष आजकै दिन अर्थात मंसिर ३ गते देहत्याग गरेका पुत्र प्रकाश दाहलको स्मृति कार्यक्रममा प्रचण्ड भक्कानिएका छन् ।ललितपुरको खुमलटारस्थित निवासमा सोमबार बिहान स्मृति सभा आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्ने क्रममा नेकपाका अध्यक्ष समेत रहेका प्रचण्डले छोरा प्रकाश दाहालको निधनले घर सम्हाल्ने की पार्टी भन्ने स्थिति आएको भन्दै आम रुपमा सबैको साथ र सहयोगपछि दुवै कुरा सम्हालेको स्मरण गरे ।

उनले भने देश, जनता, नेता, कार्यकर्ताले साथ नदिएको भए आफ्नो परिवार बिघटन हुनसक्थ्यो भन्दा गला अवरुद्ध भएको थियो । त्यतिबेला उनले आँसु थाम्न सकेनन् ।

प्रकाश परिपक्व हुँदै गएको बेला असामयीक निधन भएको र त्यसबाट ठूलो क्षति पुगेको प्रचण्डले बताए ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपा संयोजक महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुको उपस्थिति थियो । तर, कार्यक्रममा प्रधानमन्त्री ओली र प्रचण्डले मात्र बोलेका थिए ।

कार्यक्रममा प्रचण्डले दिवंगत छोरा प्रकाश र छोरी ज्ञानुको नामबाट खोलिएको ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ घोषणा गरेका थिए । कार्यक्रममा प्रकाश दाहालको स्मृतिमा निर्माण गरिएको स्मृति ग्रन्थ पनि सार्वजनिक गरिएको थियो ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी
हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी

काठमाडौं । आईतबार बेलुकी बारा र पर्सामा चलेको हावाहुरीको गति ९० किलोमिटरभन्दा बढी रहेको पाईएको छ ।  निकै ढिला गरि जल तथा मौसम विज्ञान विभागले गरेको विश्लेषणअनुसार पोखर..

पाकिस्तानमा हिन्दुहरूमाथि अत्याचार भईरहँदा कतिञ्जेल आँखा चिम्लने ?
पाकिस्तानमा हिन्दुहरूमाथि अत्याचार भईरहँदा कतिञ्जेल आँखा चिम्लने ?

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पाकिस्तानको सिन्धका दुई हिन्दु किशोरीहरुलाई जबर्जस्ती धर्म परिवर्तन गर्न लगाई मुसलमानहरुले निकाहा गर्न बाध्य पारेको बारे ट्वीट गरिन् । लगत्..

सगरमाथाको काखमा किन पु-याइँदैछ सडक ?
सगरमाथाको काखमा किन पु-याइँदैछ सडक ?

सोलुखुम्बु । चालू आर्थिक वर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ । गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पु-याउने गाउँपालिकाले जनाएको छ । जिल..

जंगबहादुरलाई कपडा बेच्न भित्रिएका मारवाडी, जसले खडा गरे व्यवसायिक साम्राज्य !
जंगबहादुरलाई कपडा बेच्न भित्रिएका मारवाडी, जसले खडा गरे व्यवसायिक साम्राज्य !

काठमाडाैं । वि.सं. १९१२ मा नेपाल र भोटबीच युद्ध भयो । यो युद्धमा सघाएबापत नेपालका श्री ३ जंगबहादुरले मारवाडीहरुको उच्चडमल परिवारका एक सदस्यलाई तक्मा नै दिए । जंगबहादुरकै आग्रह..