माथिल्लो तामाकोशीको कार्यप्रगतिका बारेमा मन्त्री पुनको चासो


रासस प्रकाशित: २०७५-८-३ गते 02:04:46 PM
माथिल्लो तामाकोशीको कार्यप्रगतिका बारेमा मन्त्री पुनको चासो

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कार्य प्रगतिका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चासो व्यक्त गर्नुभएको छ । आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत भए पनि विद्युत् उत्पादन हुने समय पर धकेलिएको र लागत समेत बढ्दै गएका कारण मन्त्री पुनले चासो व्यक्त गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ । 

आयोजनाको काम पछिल्ला दिनमा प्रभावकारी नभएको भन्दै मन्त्री पुनले समस्या समाधान गरी छिटोभन्दा छिटो विद्युत् उत्पादन शुरु हुने वातावरण तयार पार्नसमेत नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठलाई निर्देशन दिनुभयो । 

शुरुमा आयोजनाको लागत रु ३५ अर्ब रहेको भए पनि पछिल्लो दिनमा निर्माण सामग्रीको मूल्य बढेको, अमेरिकी डलरमा भएको मूल्य वृद्धिका कारण लागत बढेर रु ७० अर्बको हाराहारीमा पुग्ने अवस्था देखिएको छ । त्यसमा लागत अवधिको ब्याजसमेत जोडिएको छ । 

आयोजनाको भौतिक निर्माणको काम करीब करीब सकिने अवस्थामा पुगेको भए पनि केही निर्माण व्यवसायीले समयमा काम नगरिदँदा विद्युत् उत्पादन मिति नै पर सर्न पुगेको छ । सुरुङभित्र जडान गर्नुपर्ने ठूला पाइप आयातमा समस्या देखिएको छ । लामोसाँघु–जिरी सडकखण्ड मर्मतमा ढिलाइ हुँदा निर्माण सामग्री आयातमा ढिलाइ भएको भन्दै पछिल्ला दिनमा आयोजनाको सुरुङमा जडान हुने पाइप आयोजना स्थल पुग्न सकेको छैन । 

आयोजनाको सुरुङभित्र रहेका दुई वटा ठाडो सुरुङ ९३७० मिटर र ३१० मिटर० मा पाइप जडान गर्ने काम पूर्ण हुन सकेको छैन । आयोजनाले आगामी असारमा परीक्षण उत्पादन शुरु गर्ने र आगामी कात्तिकदेखि व्यावसायिक उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । विगतमा आगामी पुस मसान्तदेखि नै परीक्षण उत्पादन शुरु गर्ने कार्यतालिका तय गरिएको थियो । 

मन्त्री पुनले आयोजनामा देखिएको समस्या समाधानका लागि स्थलगत अनुगमन गर्ने र आयोजना स्थलमा नै समस्या समाधान गर्ने तयारी गर्नुभएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललाई मिलाएर काम गराउने तयारीमा आफूहरु लागेको जानकारी दिनुभयो । 

हाइड्रोमेकानिकल कामको जिम्मा भारतीय ठेकेदार कम्पनी टेलम्याको रहेको छ भने इलेक्ट्रोमेकानिकलको जिम्मा एन्ड्रिज हाइड्रोको रहेको छ । सुरुङभित्र जडान गर्नुपर्ने ५९ वटा पाइप प्राधिकरणको सुनकोशी विद्युत् गृहमा रहेको छ । 

“आयोजनालाई गति दिने र तोकिएको समयमा नै सम्पन्न गराउने तवरले मन्त्रीज्यूले चासो दिनुभएको हो, त्यसलाई सहजरूपमा लिँदै आयोजना स्थलमा देखिएको समस्या समाधानका लागि हामी प्रतिबद्ध भएर लागेका छौँ”, प्रवक्ता डा न्यौपानेले भन्नुभयो । 



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





धितोपत्र बजारमा यस साता पनि असन्तुलित
धितोपत्र बजारमा यस साता पनि असन्तुलित

काठमाडौं । धितोपत्र बजारमा यस साता कूल १७३ कम्पनीको शेयर कारोबार भए पनि कारोवार रकम एक अर्बसमेत पुग्न सकेन । निरन्तर ओरालो लाग्दै आएको बजार यस साता पनि असन्तुलित रह्यो । ..

हेर्नुहोस डलरदेखि रियालसम्मको सटही दर (सूचीसहित)
हेर्नुहोस डलरदेखि रियालसम्मको सटही दर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३१ पैसा तोकेको छ । यस्तै, युरो एकको खरिददर १..

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा तोकेको छ । यस्तै, युरो एकको खरिददर १२८..

शिवम सिमेन्टको आईपीओ आजदेखि, प्रतिकित्ता भाउ ३०० रुपैयाँ, न्यूनतम भर्न १५ हजार रुपैयाँ चाहिने
शिवम सिमेन्टको आईपीओ आजदेखि, प्रतिकित्ता भाउ ३०० रुपैयाँ, न्यूनतम भर्न १५ हजार रुपैयाँ चाहिने

काठमाडौं । शिवम् सिमेन्टले आजदेखि ४४ लाख कित्ता साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता ३०० रुपैयाँको दरमा ४१ लाख २० हजार कि..