आेली जीले पार्टी नै हाँक्न सक्नु भएन देशको कुरा के गर्नुः नेता झलनाथ खनाल


नेपाल पाना प्रकाशित: २०७५-८-३ गते 03:00:19 PM
आेली जीले पार्टी नै हाँक्न सक्नु भएन देशको कुरा के गर्नुः नेता झलनाथ खनाल

सरकारको गति शून्य भइरहेको भन्ने टिप्पणी सार्वजनिक रुपमै उठ्न थालेको बेला नेकपा भित्रै आन्तरिक विवादले चरम रुप लिएको छ । पार्टीमा प्रधानमन्त्री केपी शर्मा आेलीको प्रवृति हावी भएको गुनासा चारै तिर फैलिएका छन् । तर, प्रधानमन्त्री आेलीले कसैलाई नसुन्ने अवस्था नआएको भन्नेबारे कुनै टिप्पणी गरेका छैनन् । आेली बेला बेला आफना कार्यकर्तालाई अरिङ्गाल बन्न भन्छन त कहिले माहुरी बन्न निर्देशन दिन्छन् । पार्टी एकीकरण समेत अन्याैलतामा फसेको छ । यीनै समसामयीक विषयवस्तुमाथि रहेर नेपालपानाकर्मीले नेकपाका नेता झलनाथ खनालसँग गरेको कुराकानीको संपादीत अंशः

पछिल्लो समय देशको अवस्थालाई कसरी हेर्नुभएको छ ?

हाम्रो देश परिवर्तनको प्रवाहमा छ । सामान्तवादको हजारौँ वर्षको युग र राजतन्त्रको युगबाट मुक्त भएर लोकतान्त्रिक युगमा प्रवेश गरेका छौँ । अहिले कम्युनिष्ट पार्टीको सरकार छ । तर यो सरकारले सात महिनाको अवधिमा उल्लेखनीय काम गर्न सकेन ।

सरकारको कामबारे पार्टीभित्र छलफल हुँदैन ?

नियमित रुपमा पार्टीको सचिवालय बैठक बस्ने सकेको छैन । स्थायी कमिटी र केन्द्रिय कमिटिको बैठक पनि नियमित बस्न सकेको छैन । संविधानले भनेअनुसारको समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा पार्टीभित्र गम्भीर बहस हुन सकेको छैन । सृजनात्मक रुपमा नयाँ काम सुरु हुन सकेन ।

पार्टी एकीकरण प्रक्रिया पनि टुङ्ग्याउन सक्नुभएन नि ?

केही समय पार्टी एकीकरण प्रक्रियाले व्यस्त भयौँ । तर एकीकरण टुप्पोमा मात्रै भएको छ । तल्लो तहमा अझै हुन सकेको छैन । तल्लो तहको कमिटिहरु विघटन गर्ने काम ब्लण्डर मिस्टेक हो । अहिलेसम्म पनि ति कमिटिहरुमा एकीकरण गर्न सकिएको छैन । तल्लो तहसम्म नीति, योजना र भिजन दिन सकिएको छैन । एकीकरणपछि माथिल्लो तह पनि प्रभावकारी हुन सकेको छैन । आवश्यक रुपमा बैठकहरु बस्न सकेको छैन ।

तपाईहरुलाई जनताले विश्वास गरेर मत दिए । तर सत्तारुढ दल र सरकार किन जिम्मेवार बन्न सकेन ?

पार्टीको बैठक र बहसहरु नहुने, सरकार आफ्नै ढंगले चल्ने प्रवृत्तिले काम हुन नसकेको हो । सरकारको गति र प्रभावकारिता कमजोर देखिएको छ ।

नेकपाभित्र नेताहरुको गुटका कारण पनि पार्टी र सरकार कमजोर भयो भन्ने टिप्पणी छ नि ?

विगतमा नेकपा एमाले र माओवादीका गुटहरु अहिले कायम छैनन् । विगतका गुटहरु अहिले ब्ल्कमा रुपान्तरण भएका छन् । ब्ल्कहरुलाई पनि विलिन बनाएर एकढिक्का बनाएर लैजानुपर्छ ।

तपाईहरु आफैँ गुट चलाउनुहुन्छ । कसरी एकढिक्का बन्छ ?

मैले सबै नेताहरुलाई के भनिरहेको छु भने, गुट छोड्नुहोस् । गुटगत राजनीति गर्नु भनेको अपराध हो । पार्टीलाई विभाजित गर्ने, फुटाउने र पार्टीलाई बर्बाद गर्ने काम हो । त्यसैले यस्तो काम बन्द गर्नुहोस् । यद्यपी अहिले पनि ९० प्रतिशत कार्यकर्ता गुटको विरुद्धमा छन् । तर नेताहरु नै गुटको विरुद्धमा लाग्न सकेका छैनन् । अहिले पनि पार्टी एकीकृत भइसकेको छैन । नयाँ कम्युनिष्ट पार्टीभित्र गुटबन्दी रहनुहुँदैन भन्ने मेरो चाहना हो । जसले गुटगत राजनीति गर्छ त्यो अपराधी हो ।

दुई तिहाई बहुमतको समर्थन पाएको सरकार छ । केपी ओली शक्तिशाली प्रधानमन्त्री बनेको ९ महिना हुन लागिसक्यो । उहाँले काम गर्न सक्नुहुन्छ भन्ने विश्वास छ ?

केपी ओली प्रधानमन्त्री भए पनि वा अरु भए पनि गर्नुपर्ने काम एउटै हो । गर्छु भनेर प्रतिवद्धता जनाएका कामहरु गर्न सके मात्रै हामी संविधानलाई कार्यान्वयन र्न सक्छौँ । काम गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? कुनै कुर्सीमा बस्दा त्यो कुर्सीले बताएको दायित्व पूरा गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? यो त सबैले उठाउने प्रश्न हो ।

प्रभावकारी रुपमा काम गर्न सक्नुभएन भने प्रधानमन्त्री ओलीले कुर्सी छोड्नुपर्छ भन्ने तपाईको निष्कर्ष हो ?

मलाई के मात्रै भन्न मन लागेको छ भने हरेक व्यक्तिले पदमा बसिसकेपछि निश्चित दायित्व पूरा गर्नसक्नुपर्छ । दायित्व र जिम्मेवारी बहन गर्न सकिदैन भने त कुर्सी छोड्नैपर्छ । म ओलीलाई सफल हुनका लागि, लोकप्रिय प्रधानमन्त्री बन्नका लागि शुभकामना दिन्छु । मैले अझै पनि प्रधानमन्त्री ओलीबाट आशा गरेको छु । उहाँ सफल भए हामी सबै सफल हुन्छौँ । उहाँ हामी सबै चढेको जहाजको सारथी हो । तर उहाँले जहाजमा प्वाल पारिदिनुभयो भने हामी सबै डुब्छौँ ।



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





‘निर्मला प्रकरणको सबै प्रमाण नष्ट भएको छैन, केही समय पर्खिनुस’
‘निर्मला प्रकरणको सबै प्रमाण नष्ट भएको छैन, केही समय पर्खिनुस’

उत्तमराज सुवेदी, प्रवक्ता, नेपाल प्रहरी पछिल्लो समय नेपाल प्रहरीलाई निर्मला पन्त प्रकरणले रनभुल्ल पारेको छ । निर्मलाको बलात्कारपछि हत्या भएको १ सय ५० दिनसम्म पनि अपराधी पत्..

संविधान संशोधनमा थोरै तलमाथि भए सरकारमा एक मिनेट बस्दैनाैंः प्रदीप यादव
संविधान संशोधनमा थोरै तलमाथि भए सरकारमा एक मिनेट बस्दैनाैंः प्रदीप यादव

काठमाडाैं । युवा नेता तथा पर्सा जिल्ला क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादव नेपाली राजनीतिमा एक चम्किला तारा जस्तै उदयीमान नेताका रुपमा चिनिन्छन् । ..

हिन्दु राष्ट्र पुनर्स्थापन र ज्ञानेन्द्रलाई राजा बनाउन अन्तिम लडाई गरिने, यी हुन् कमाण्डर (भिडियो सहित) 
हिन्दु राष्ट्र पुनर्स्थापन र ज्ञानेन्द्रलाई राजा बनाउन अन्तिम लडाई गरिने, यी हुन् कमाण्डर (भिडियो सहित) 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूहरु हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि अन्तिम लडाई लड्ने उद्धघोष गरेका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलि..